एजेन्सी । गाजाको बदलिँदो वास्तविकतालाई ध्यानमा राख्दै ‘नयाँ राजनीतिक उपायहरू’ आवश्यक रहेको भन्दै कब्जा गरिएको पश्चिम किनारको केही भागमा शासन गर्दै आएको प्यालेस्टिनी सरकारका प्रधानमन्त्री मोहम्मद श्तेयेहले सोमबार आफ्नो सरकारको राजीनामा घोषणा गरेका छन् ।
“म सरकारको राजीनामा राष्ट्रपति महमुद अब्बासलाई बुझाउँछु”, प्रधानमन्त्री श्तेयेहले भने, “यो राजीनामा गाजापट्टीविरुद्ध आक्रामकता र पश्चिम किनार तथा जेरुसेलममा तनावसँग सम्बन्धित घटनाक्रमलाई ध्यानमा राख्दै आएको हो ।”
उनले गत मङ्गलबार राजीनामा प्रस्ताव गरेको तर सोमबार औपचारिकरूपमा यसलाई ‘लिखितरूपमा’ बुझाउन गइरहेको बताए । अक्टोबर ७ मा इजराइल र प्यालेस्टिनी इस्लामी आन्दोलन हमासबीच युद्ध सुरु भएपछि राष्ट्रपति अब्बासले बढ्दो आक्रोशको सामना गर्नुपरेको छ । धेरै मानिसले इजराइली आक्रमण र पश्चिम किनारमा बढ्दो हिंसाको कडा निन्दा नगरेकामा प्यालेस्टिनी राष्ट्रपतिको आलोचना गरेका छन् ।
पश्चिम किनारमा सीमित शक्तिको प्रयोग गर्ने प्यालेस्टिनी नेतृत्व अब्बासको प्यालेस्टिनी प्राधिकरण र गाजामा शासन गर्ने हमासबीच सन् २००७ पछि विभाजित भएको छ ।अमेरिकालगायत धेरै मुलुकले गाजामा युद्ध समाप्त भएपछि सबै प्यालेस्टिनी क्षेत्रको जिम्मा लिने सुधारिएको प्यालेस्टिनी प्राधिकरणको आह्वान गरेपछि पश्चिम किनारमा सरकारको राजीनामा आएको हो ।
श्तेयेहले राजीनामा घोषणा गर्दै एक संक्षित भाषणमा भने, “अर्को चरण र यसका चुनौतीहरूका लागि गाजापट्टीमा नयाँ वास्तविकतालाई ध्यानमा राख्ने गरी नयाँ सरकारी र राजनीतिक उपायहरूको आवश्यकता छ ।” उनले अन्तर–प्यालेस्टिनी सहमति र ‘प्यालेस्टिनको सम्पूर्ण भूमिमा (प्यालेस्टिनी) प्राधिकरणको शासन विस्तार’ का लागि आह्वान गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: