Ntc summer Offer
Khabar Dabali २९ कार्तिक २०८१ बिहीबार | 14th November, 2024 Thu
Investment bank

नामिबियासँग नेपाल २० रनले पराजित

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल नामिबियासँग पराजित भएको छ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो ।

नामिबियाले दिएको २०७ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा अल आउट हुँदै १८६ रन बनाएको थियो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४८ रन बनाए भने कप्तान रोहित पौडेलले ४२ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले ३२, सोमपाल कामीले ११ बलमा २६ रन तथा गुलशन झाले १२ रन बनाएका थिए ।

नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले सर्वाधिक ४ विकेट लिए भने बेर्नार्ड स्कोल्ज, जान फ्राईलिंक र जान निकोलले २-२ विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै नामिबियाले २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियो ।

नामिबियाका लागि जान निकोलले १०१ रनको शतकीय पारी खेलेका थिए । उनले ३३ बलमा शतक बनाउदै टी-२० मा कम बलमा शतक बनाउने नयाँ रेकर्ड बनाएका छन् । यसअघि नेपालका कुशल मल्लले ३४ बलमा बनाएको शतक टी-२० को रेकर्ड थियो । त्यस्तैमलान क्रुगेरले ५९ ,माइकल भान लिंगेनले २० रन बनाएका थिए । 

नेपाली बलर रोहित पौडेलले २ विकेट लिए भने करण केसी र अविनाश बोहोराले एक एक विकेट लिएका थिए ।

अब सिरिजको अर्को खेल बुधबार नेपाल र नेदरल्याण्डसबीच हुनेछ ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुरक्षाको घेरामा रविको तेस्रो दिनको बयान सुरू, आजै सकिने

भैरहवा। रवि लामिछानेविरुद्ध परेको सहकारी ठगी सम्बन्धी कसुरमा रुपन्देहीको भैरहवामा मंगलबारबाट सुरू भएको बयानलाई बिहीबार पनि निरन्तरता दिइएको छ।  सहक...

शिक्षा मन्त्री भट्टराईबाट सानोठिमीस्थित विभिन्न कार्यालयको निरीक्षण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सानोठिमीस्थित विभिन्न कार्यालयहरूको बिहीबार निरीक्षण गरेकी छन् । विशेष शिक्षा परिषद...

जिसस अध्यक्षका लागि टीका चौधरीलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

धनगढी। नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको अध्यक्षका लागि आफ्नो पार्टीबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सो पार्टीक...

ब्राजिलको सर्वोच्च अदालतबाहिर विस्फोट, एक जनाको मृत्यु

काठमाडौँ । ब्राजिलको सर्वोच्च अदालतबाहिर भएको विस्फोटमा एक जनाको मृत्यु भएको छ । ब्राजिलको सर्वोच्च अदालतको भवन बाहिर बुधबार साँझ विस्फोट भएको हो । ...

ट्रम्पको जितको असर कोप-२९ मा, जलवायु वित्त प्रभावित हुने डर !

काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको विजयले कोप–२९ वार्तामा ठूलो प्रभाव पारेको छ । ट्रम्पले अमेरिकाले दिदै आएको जलवायु वित्त सहयोग र...

धितोपत्र बोर्डको अध्यक्ष छनौट सूचीका तीन जनालाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि छनौट सूचीमा परेका तीनजनालाई अन्तर्वार्तामा बोलाइएको छ । अर्थ मन्त्रालयले छनोट सूचीमा परेक...

गढीमाई मेला: 'नर बली' पछि मात्र हुन्छ पशु बली

रौतहट । विश्व प्रसिद्ध बारास्थित गढीमाई पन्चवर्षीय मेलामा देवीलाई नर बली दिएपछि मात्र सुरु हुन्छ पशु बली । मन्दिरमा पशु बली सुरु हुनु अघि नर बली अर्था...

तनहुँमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

तनहुँ । ४१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-१ थप्रेक मिया गाउँ बस्ने ४६ वर्षीय सफिदिन मियालाई मंगलबार दिउँसो प्रहर...

नेपालको शानदार बलिङ, ८३ रनमा रोकियो युएई

काठमाडौँ । युएईले जारी यू-१९ महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गतको खेलमा नेपाललाई ८४ रनको लक्ष्य दिएको छ । जित्नै पर्ने अवस्थामा रहेको नेपालल...

एमालेले मङ्सिर ७ गते काठमाडौंमा जागरण सभा गर्दै, संयोजन समिति गठन

काठमाडौं । नेकपा एमालेले मङ्सिर ७ गते काठमाडौंमा गर्न लागेको जागरण सभा तयारीको लागि सभा संयोजन समिति गठन गरेको छ ।  नेकपा एमाले काठमाडौं, ललितपुर र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy