Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

अमेरिकाको नजर आगामी सातासम्ममा इजराइल–हमास युद्धविरामतिर

खबरडबली संवाददाता

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजराइल र हमासबीच नयाँ युद्धविराम सोमबारदेखि सुरु हुनसक्ने बताएका छन् । उक्त सम्झौतामा कयौँ सय प्यालेस्टिनी बन्दीको बदलामा गाजामा राखिएका दर्जनौँ बन्धकहरूलाई मुक्त गर्न सकिने छ । 

युद्धविराम गराउने लामो प्रयासमा इजिप्ट, कतार, अमेरिका, फ्रान्स र अन्यले इजराइल र हमासबीच मध्यस्थका रूपमा काम गरिरहेका छन् र वार्ता जारी छ । उनीहरूले छ साताका लागि युद्ध रोक्न र गाजामा हमासले अक्टोबर ७ मा दक्षिणी इजराइलमा गरेको आक्रमणले युद्ध सुरु भएपछि बन्दी बनाइएका इजराइली बन्दीहरूको रिहाइको माग गरिरहेका छन् । 

सञ्चारमाध्यमका अनुसार उक्त सम्झौतामा इजराइलले हिरासतमा लिएका कयौँ सय प्यालेस्टिनी बन्दीहरूको रिहाइ पनि सामेल हुन सक्नेछ । सोमबार सम्झौता कहिले सुरु हुन सक्छ भनी सोधिएको प्रश्नमा बाइडेनले भने, “अर्को सोमबारसम्ममा युद्धविराम हुनेछ भन्ने मलाई आशा छ, हामी यसको नजिक छौँ, हामीले अहिलेसम्म काम पूरा गरेका छैनौँ ।” 

एक अज्ञात इजराइली अधिकारीले समाचार साइट येनेटलाई ‘दिशा सकारात्मक’ रहेको बताएका छन् । फ्रान्सेली राष्ट्रपतिका अनुसार कतारका अमिर शेख तमिम बिन हमद अल–थानी मङ्गलबार पेरिस आउँदै छन् । कतारले हमासका नेताहरूलाई आतिथ्यता प्रदान गर्दछ र उसले नोभेम्बरमा एक साताको युद्धविराममा सहयोग गरेको थियो । 

कतारका शासकले साँझ ४ बजे (१५०० जिएमटी) एलिसी प्यालेसमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनसँग भेट्ने कार्यक्रम रहेको र त्यसपछि राजकीय रात्रिभोज हुने राष्ट्रपति कार्यालयले जनाएको छ । आधिकारिक कतार समाचार एजेन्सीका अनुसार शेख तमिमले पहिला दोहामा हमास प्रमुख इस्माइल हानियेहसँग भेट गरे । ‘तत्काल र स्थायी युद्धविराम सम्झौतामा पुग्ने उद्देश्यले’ प्रयासहरूबारे छलफल गरेका थिए । 

कुनै पनि युद्धविराम सम्झौताले गाजापट्टीको सुदूर दक्षिणमा रफाहमा स्थल आक्रमणमा ढिलाइ गर्ने इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले बताए । यसलाई उनले हमासमाथि ‘पूर्ण जित’ हासिल गर्नका लागि आवश्यक रहेको बताएका थिए । युद्धको करिब पाँच महिनापछि गाजापट्टीका प्रत्येक अन्य सहरी क्षेत्रमा इजराइली स्थल सेना सक्रिय भएका कारण करिब १४ लाख प्यालेस्टिनीले रफाहमा शरण मागेका छन् । 

सेनाले इजराइलको युद्ध क्याबिनेटलाई रफाहबाट नागरिकहरूलाई निकाल्ने आफ्नो योजना देखाएको नेतान्याहुको कार्यालयले सोमबार बताएको थियो । यद्यपि ती विस्थापित नागरिक कहाँ जान सक्छन् भन्नेबारेमा कुनै विवरण जारी गरिएको छैन । संयुक्त राष्ट्रसङ्घले रफाहमा कुनै पनि स्थल आक्रमणविरुद्ध बारम्बार चेतावनी दिएको छ । सोमबार महासचिव एन्टोनियो गुटेरेसले आक्रमणले सहायता कामको ‘कफिनमा अन्तिम किला ठोक्ने’ चेतावनी दिएका थिए । 

रफाहले छिमेकी इजिप्टमार्फत अत्यावश्यक सहायताका लागि महत्त्वपूर्ण प्रवेश विन्दुको रूपमा काम गर्दछ । यसलाई गुटेरेसले गाजापट्टीका लागि ‘मानवीय सहायता अभियानको मूल’ बनाउने बताएका छन् । “नागरिकहरूको हत्या गर्ने, घाइते बनाउने, यातना दिने र अपहरण गर्ने हमासको नियतवश कार्यलाई औचित्यपूर्ण भन्न सकिँदैन र प्यालेस्टिनी जनताको सामूहिक सजायलाई कसैले पनि उचित ठहर गर्न सक्तैन”, गुटेरेसले भने । 

कुनै पनि स्थलगत घुसपैठअघि रफाह पनि इजराइलको हवाई आक्रमणबाट अछूतो बनेको छैन । विस्थापित गाजाबासी शरिफ मुअम्मरले सहरमा यस्तै एउटा आक्रमणपछि उनको छोराको शवलाई भग्नावशेषबाट निकालिएको बताए । “यहाँ कोही थिएनन्, बालबालिकामात्र थिए”, उनले रुँदै भने । 

नेतान्याहुले गाजामा अहिले पनि बन्दी बनाइएका बन्धकहरूको भाग्य र सरकारविरोधी आन्दोलनबाट बढ्दो सार्वजनिक दबाबको सामना गर्नुपरिरहेको छ । युद्धका कारण इजराइलमा दुई पटक ढिलाइ भएको नगरपालिका निर्वाचन मङ्गलबार हुँदैछ । निर्वाचनले हमासविरुद्ध इजराइलको करिब पाँच महिनाको युद्धमा जनताको मनस्थिति अनुमान लगाउन सकिन्छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE