Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

अमेरिकाको नजर आगामी सातासम्ममा इजराइल–हमास युद्धविरामतिर

खबरडबली संवाददाता

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजराइल र हमासबीच नयाँ युद्धविराम सोमबारदेखि सुरु हुनसक्ने बताएका छन् । उक्त सम्झौतामा कयौँ सय प्यालेस्टिनी बन्दीको बदलामा गाजामा राखिएका दर्जनौँ बन्धकहरूलाई मुक्त गर्न सकिने छ । 

युद्धविराम गराउने लामो प्रयासमा इजिप्ट, कतार, अमेरिका, फ्रान्स र अन्यले इजराइल र हमासबीच मध्यस्थका रूपमा काम गरिरहेका छन् र वार्ता जारी छ । उनीहरूले छ साताका लागि युद्ध रोक्न र गाजामा हमासले अक्टोबर ७ मा दक्षिणी इजराइलमा गरेको आक्रमणले युद्ध सुरु भएपछि बन्दी बनाइएका इजराइली बन्दीहरूको रिहाइको माग गरिरहेका छन् । 

सञ्चारमाध्यमका अनुसार उक्त सम्झौतामा इजराइलले हिरासतमा लिएका कयौँ सय प्यालेस्टिनी बन्दीहरूको रिहाइ पनि सामेल हुन सक्नेछ । सोमबार सम्झौता कहिले सुरु हुन सक्छ भनी सोधिएको प्रश्नमा बाइडेनले भने, “अर्को सोमबारसम्ममा युद्धविराम हुनेछ भन्ने मलाई आशा छ, हामी यसको नजिक छौँ, हामीले अहिलेसम्म काम पूरा गरेका छैनौँ ।” 

एक अज्ञात इजराइली अधिकारीले समाचार साइट येनेटलाई ‘दिशा सकारात्मक’ रहेको बताएका छन् । फ्रान्सेली राष्ट्रपतिका अनुसार कतारका अमिर शेख तमिम बिन हमद अल–थानी मङ्गलबार पेरिस आउँदै छन् । कतारले हमासका नेताहरूलाई आतिथ्यता प्रदान गर्दछ र उसले नोभेम्बरमा एक साताको युद्धविराममा सहयोग गरेको थियो । 

कतारका शासकले साँझ ४ बजे (१५०० जिएमटी) एलिसी प्यालेसमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनसँग भेट्ने कार्यक्रम रहेको र त्यसपछि राजकीय रात्रिभोज हुने राष्ट्रपति कार्यालयले जनाएको छ । आधिकारिक कतार समाचार एजेन्सीका अनुसार शेख तमिमले पहिला दोहामा हमास प्रमुख इस्माइल हानियेहसँग भेट गरे । ‘तत्काल र स्थायी युद्धविराम सम्झौतामा पुग्ने उद्देश्यले’ प्रयासहरूबारे छलफल गरेका थिए । 

कुनै पनि युद्धविराम सम्झौताले गाजापट्टीको सुदूर दक्षिणमा रफाहमा स्थल आक्रमणमा ढिलाइ गर्ने इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले बताए । यसलाई उनले हमासमाथि ‘पूर्ण जित’ हासिल गर्नका लागि आवश्यक रहेको बताएका थिए । युद्धको करिब पाँच महिनापछि गाजापट्टीका प्रत्येक अन्य सहरी क्षेत्रमा इजराइली स्थल सेना सक्रिय भएका कारण करिब १४ लाख प्यालेस्टिनीले रफाहमा शरण मागेका छन् । 

सेनाले इजराइलको युद्ध क्याबिनेटलाई रफाहबाट नागरिकहरूलाई निकाल्ने आफ्नो योजना देखाएको नेतान्याहुको कार्यालयले सोमबार बताएको थियो । यद्यपि ती विस्थापित नागरिक कहाँ जान सक्छन् भन्नेबारेमा कुनै विवरण जारी गरिएको छैन । संयुक्त राष्ट्रसङ्घले रफाहमा कुनै पनि स्थल आक्रमणविरुद्ध बारम्बार चेतावनी दिएको छ । सोमबार महासचिव एन्टोनियो गुटेरेसले आक्रमणले सहायता कामको ‘कफिनमा अन्तिम किला ठोक्ने’ चेतावनी दिएका थिए । 

रफाहले छिमेकी इजिप्टमार्फत अत्यावश्यक सहायताका लागि महत्त्वपूर्ण प्रवेश विन्दुको रूपमा काम गर्दछ । यसलाई गुटेरेसले गाजापट्टीका लागि ‘मानवीय सहायता अभियानको मूल’ बनाउने बताएका छन् । “नागरिकहरूको हत्या गर्ने, घाइते बनाउने, यातना दिने र अपहरण गर्ने हमासको नियतवश कार्यलाई औचित्यपूर्ण भन्न सकिँदैन र प्यालेस्टिनी जनताको सामूहिक सजायलाई कसैले पनि उचित ठहर गर्न सक्तैन”, गुटेरेसले भने । 

कुनै पनि स्थलगत घुसपैठअघि रफाह पनि इजराइलको हवाई आक्रमणबाट अछूतो बनेको छैन । विस्थापित गाजाबासी शरिफ मुअम्मरले सहरमा यस्तै एउटा आक्रमणपछि उनको छोराको शवलाई भग्नावशेषबाट निकालिएको बताए । “यहाँ कोही थिएनन्, बालबालिकामात्र थिए”, उनले रुँदै भने । 

नेतान्याहुले गाजामा अहिले पनि बन्दी बनाइएका बन्धकहरूको भाग्य र सरकारविरोधी आन्दोलनबाट बढ्दो सार्वजनिक दबाबको सामना गर्नुपरिरहेको छ । युद्धका कारण इजराइलमा दुई पटक ढिलाइ भएको नगरपालिका निर्वाचन मङ्गलबार हुँदैछ । निर्वाचनले हमासविरुद्ध इजराइलको करिब पाँच महिनाको युद्धमा जनताको मनस्थिति अनुमान लगाउन सकिन्छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।  मन्थलीस्थित उज...

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending