Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

जोगबूढा नदीमा तटबन्ध निर्माण, कुतियाकबरबासीलाई राहत

खबरडबली संवाददाता

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरस्थित जोगबूढा नदीमा तटबन्ध निर्माण गरिएको छ । बाढीले गर्ने कटान नियन्त्रणका लागि तटबन्ध निर्माण गरिएको हो । जनताको तटबन्ध कार्यालय महेन्द्रनगरले जोगबूढा नदीमा यस वर्ष दुई सय एक मिटर तटबन्ध निर्माण गरेको छ । कुतियाकबर जोड्ने जोगबूढा नदीमाथिको झोलुङ्गे पुलबाठ दुई सय मिटर नदीमा कटान नियन्त्रणका लागि तटबन्ध गरिएको जनताको तटबन्ध कार्यालय महेन्द्रनगरका इन्जिनियर करुणाकर पन्तले बताए। “जोगबूढा नदीमा तटबन्ध निर्माणको काम सकिएको छ”, उनले भने, “यस वर्ष महाकाली नदीमा पाँच–छ ठाउँमा तटबन्ध मर्मतको काम हुन्छ ।”

उनका अनुसार महाकाली र जोगबूढा नदी मिसिने ठाउँमा करिब आठ सय मिटर तटबन्ध नयाँ निर्माण तथा मर्मत गरिने छ । दोधारा चाँदनी नगरपालिका–१० स्वास्थ्य चौकी नजिक महाकाली नदीमा गत वर्ष डेढ सय मिटरभन्दा बढी तटबन्ध निर्माण भएको थियो । दोधारा चाँदनी–१ स्थित नेपाल–भारत सीमा प्रारम्भविन्दुमा कङ्क्रिट ब्लक निर्माणको काम भइरहेको इन्जिनियर पन्तले जानकारी दिए । 

महाकाली र जोगबूढा नदीमा तटबन्ध निर्माण तथा मर्मतका लागि गत वर्ष रु १६ करोड बजेट आएको थियो । सो बजेटमा तटबन्ध निर्माण र मर्मतको काम भइरहेको हो । यसको ठेक्का शङ्कर जोशी जेभीले पाएको थियो । “काम सम्पन्न हुँदासम्म बजेट अपुग हुने सम्भावना छ । त्यसैले बजेट थपका लागि जनस्रोत तथा सिँचाइ विभागलाई पत्राचार गरेका छौँ”, उनले  भने ।

जोगबूढा नदीमा तटबन्ध निर्माण भएपछि स्थानीय बासिन्दा खुसी छन् । बर्सेनि कटान र बाढीको चपेटामा पर्ने कुतियाकबरका स्थानीयलाई तटबन्ध निर्माणपछि निकै राहत हुने दोधारा चाँदनी नगरपालिका–१० का अध्यक्ष चन्द्रबहादुर सिंह बताउछन् । “भारतले जोगबूढामा पानी छाडेपछि तटबन्ध निर्माण गर्न सकिँदैनथ्यो । दुई सातामै तटबन्ध निर्माणको काम सकियो”, उनले भने, “यहाँका किसानको खेत कटान तटबन्धले नियन्त्रण गर्ने विश्वास छ ।”

दोधारा चाँदनी–१० मा पर्ने कुतियाकबर बस्तीलाई जोगबूढा र महाकाली नदीले घेरेको छ । बर्सेनि यहाँका स्थानीय कटान र बाढीको समस्या झेल्दै आएका छन् । महाकाली र जोगबूढा नदीको कटानले स्थानीय बासिन्दाको जमिन कटान गरेर यहाँबाट विस्थापित हुने अवस्था आएको छ । जोगबूढामा यस वर्ष तटबन्ध निर्माणपछि त्यहाँबाट आउने बाढी र गर्ने कटान नियन्त्रण हुने आशा पलाएको कुतियाकबरका स्थानीय बासिन्दा खड्के बुढाले बताए । “जोगबूढामा तटबन्ध निर्माण भएपछि झोलुङ्गे पुल भएर बस्ती पस्ने बाढी र हुने कटान रोकिन्छ”, उनले भने, “अझै आठ सय मिटर तटबन्ध निर्माण भए जोगबूढाको समस्या समाधान हुन्थ्यो ।”

कुतियाकबरमा नेपाली सेनाले ‘सेफ हाउस’ पनि निर्माण गरिरहेको छ । कुतियाकबरस्थित महाकाली नदीमा तटबन्ध नभएकाले त्यस क्षेत्रबाट कटानको उच्च जोखिम रहेको उनले बताए । “गत वर्ष महाकालीले दुई बिघा जमिन कटान गर्यो, महाकालीतिर तटबन्ध छैन”, उनले भने, “बर्सेनि हुने कटानले गाउँ नै जाने सम्भावना छ । महाकालीमा पनि तटबन्ध निर्माण गरेर कटान रोक्नुपर्छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अध्यक्ष ओलीका बुवा मोहनप्रसादको पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको...

बालेन शाहलाई संसदीय दलको नेता बनाउन विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाह लाई संसदीय दलको नेता बना...

दार्चुलामा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ ।  भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालि...

दार्चुलामा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ ।  भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालि...

अध्यक्ष ओलीका पिताको निधनमा कांग्रेस र नेकपाका शीर्ष नेताद्वारा दुस्ख व्यक्त

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली का पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ। उनको निधनप्रति नेपाली कांग्रेस र नेकपा दु...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौँ । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री हटाउन थालेको छ ।  सार्वजनिक निजी ...

कपिलबस्तुमा बोक्सी आरोपमा दुर्व्यवहार गर्ने आमा छोरी पक्राउ

कपिलबस्तु। जिल्लाको बाणगंगा नगरपालिका–१ उप्टाहामा एक महिलामाथि बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ परेका छन् । जिल...

काठले च्यापिएर एक जनाको मृत्यु

रुकुम पश्चिम। जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक जनाको मृत्यु भएको छ ।  वडा नं ११ स्थित स्याबाङमा घर बनाउने क्रममा बारीमा रहेको...

डा. स्वर्णिम वाग्लेको चुनावी खर्च २७ लाख

तनहुँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट तनहुँ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफ्नो निर्व...

प्रचण्ड–रवि लामिछानेबीच टेलिफोन संवाद, बालेनसँग भेट भएको समाचार असत्य

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोनमा संवाद भएको ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: