Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

पाकिस्तानको २४ औं प्रधानमन्त्रीमा शाहबाज सरिफ निर्वाचित, दाेस्राे कार्याकाल सुरू

खबरडबली संवाददाता

इस्लामबाद । पाकिस्तानमा शाहबाज सरिफ देशको २४ औं प्रधानमन्त्री बनेका छन् । शहबाज सरिफ २०१ मत ल्याएर प्रधानमन्त्रीमा निर्वाचित भएका हुन ।

पीएमएल-एनका अध्यक्ष शहबाज शरीफ २०१ मत प्राप्त गर्दै पाकिस्तानको २४औँ प्रधानमन्त्री निर्वाचित भएको राष्ट्रिय सभाका अध्यक्ष सरदार अयाज सादिकले घोषणा गरेका छन् । प्रधानमन्त्रीका लागि पीटीआईका उम्मेदवार ओमर अयुब खानले ९२ मत प्राप्त गरे ।

आफ्नो जितको घोषणापछि शहबाजले जेठा भाइ नवाजलाई अँगालो हालेकाे पाकिस्तान समाचार संस्था 'डान' ले जनाएकाे छ । उसका अनुसार  प्रधानमन्त्री निर्वाचित भएपछि शाहबाज सरिफले नवाज र उनका सबै सहकर्मीलाई आफूमाथि विश्वास गरेकोमा धन्यवाद दिएका छन् । १ मिनेट २४ घण्टाको भाषणमा शाहबाजले भने– ‘गाजामा प्यालेस्टाइन र भारतमा कश्मीरी माथि दमन भइरहेको छ । यस विषयमा अन्तर्राष्ट्रिय समुदाय मौन छ । हामी सबै मिलेर कश्मीर र प्यालेस्टाइनको स्वतन्त्रताको लागि संसदमा प्रस्ताव पारित गर्नुपर्छ।’

यस अघि शाहबाजले भनेका थिए, ‘मेरो भाइ तीन पटक प्रधानमन्त्री निर्वाचित हुँदा देशमा भएको विकास आफैंमा उदाहरण हो । नवाज शरीफले पाकिस्तानलाई खडा गरेका हुन् भन्नु गलत होइन । अर्कोतर्फ, जुल्फिकार अली भुट्टोको बलिदानलाई देशले कहिल्यै भुल्न सक्दैन ।’

शाहबाज शरीफले देशमा आतंकवाद र यसको जरा उन्मूलन गर्ने वाचा गरेका छन । उनले भने, पीएमएल एन र सहयोगी दलहरूले पाकिस्तानी, मुस्लिम र मानवको रूपमा आफ्नो भूमिका खेल्नेछन् । यस संसदमा पाकिस्तानको डुङ्गा चलाउन सक्ने प्रतिभाशाली व्यक्तिहरू छन् । यसमा पत्रकार, बुद्धिजीवी, राजनीतिज्ञ र धार्मिक नेताहरू पर्छन् ।’

शाहबाजले अगाडी भने, ‘मेरो जेठो भाइ नवाजले देशलाई हानि गर्ने बारे कहिल्यै सोचेका छैनन् । पुरानो शासन (इमरान खानको शासन) लाई उद्धृत गर्दै उनले भने, उनीहरूले सम्पूर्ण विपक्षीहरूलाई जेलमा राखे, उनीहरूले महिला र बालबालिकाको वास्ता गरेनन् ।’

प्रधानमन्त्री शरीफले थप भने– ‘यो नेतृत्व र त्यो नेतृत्वमा फरक छ । हामीले कहिल्यै बदलाको राजनीतिको बारेमा सोचेका छैनौं भन्ने कुराको सम्पूर्ण भेला साक्षी हो । हाम्रो शासनकालमा कुनै पनि भवन भत्किएको छैन । तर, वैशाख ९ गते सेनाको मुख्यालय र सरकारी भवनमा आक्रमण भएको दिन देशले देख्नु लज्जास्पद छ ।’

सरिफ पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएको यो दोस्रो पटक हो । यसअघि सन् २०२२ मा इमरान खानको सरकारको पतनपछि शाहबाज सरिफ देशको प्रधानमन्त्री बनेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE