Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

एकै परिवारका तीन सदस्यको चार पुस्तक विमोचन

खबरडबली संवाददाता

काठमाडौं । एकै परिवारका तिन सदस्यका चार पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । ‘मेरा बाल सिर्जनाहरू’ र ‘नेपाललाई नेपाल बनाउने चाहना’, ‘बाल सहभागिता र बालक्लब’ र ‘नीलीमा र क्यामेरा’ कथा सङ्ग्रहको संयुक्त विमोचन भएको छ ।

एक १२ वर्षिय बालक जो नेपाललाई अरु देशले उदाहरणका रूपमा लिनेसक्ने बनाउनका निम्ति कसरी के गरेर अगाडि बढ्नु पर्दछ भन्ने सपना बोकेर पुस्तक लेख्छन् ।

नेपालका विशिष्ट व्यक्तिहरुले नेपाललाई स्वीजरल्याड, जापान, सिङ्गापुर जस्तो बनाउँछौँ भन्दै दिनुभएको मन्तव्यहरुबाट कलिलो मानसिकतामा आफ्नै पहिचानसँग जोडेर विश्वको नमूना देश बनाउने चाहना बोकेर नेपाललाई नेपाल नै बनाउने चाहना आफ्ना कृतिहरु मार्फत प्रस्तुत गरेका छन् ।

ज्ञानकुञ्ज माध्यमिक विद्यालयमा कक्षा ७ अध्ययनरत १२ वर्षीय बालकले राष्ट्र र राष्ट्रियताप्रतिको भाव प्रकट गरेका छन् ।  अर्को पुस्तक कोभिड महामारीका बेलामा उनले रचना गरेका विभिन्न कथा, कविता, निबन्ध र लेखहरुका सङ्ग्रह मेरा बाल सिर्जनाहरु मार्फत प्रस्तुत गरेका छन् ।

यसैगरी विगत १८ वर्ष अगाडि नेपालमा चलेको संशस्त्र द्वन्द्वले बालबालिकामा परेका प्रभावका विषय र बालबालिका तथा किशोरकिशोरीका विभिन्न पीडादायक यथार्थ घटनासँग सम्बन्धित रहेर डा.देवकी आचार्यद्वारा रचना गरिएका १८ वटा कथाहरु सङ्ग्रहीत गरी ‘निलीमा र क्यामेरा’ कथासङ्ग्रह प्रकाशन गरिएको छ भने नेपालमा बाल सहभागिताको उठान र बालक्लबको सुरुवातदेखि अहिलेसम्मको ऐतिहासिक पृष्ठभूमीमा रहेर तिलोत्तम पौडेलद्वारा लिखित ‘बाल सहभागिता र बालक्लब’ नामक पुस्तक सहित चारवटा पुस्तक संयुक्त रूपमा विमोचन गरिएको छ ।

कार्यक्रममा प्रमुख आतिथि पूर्व परराष्ट्र मन्त्रि तथा वरिष्ठ साहित्यकार प्रदिप ज्ञवालीले बालकले लेखेका किताब नेपाललाई नेपाल कसरी बनाउन सकिन्छ भन्ने विशेषता समेटेरे लेखेको पुस्तकले नेतृत्व गर्दै गर्नुभएका व्यक्तित्वहरुलाई समेत मार्ग दर्शनगरेको र हामीले हामी भित्र नै रहेको विशेषतालाई प्राथमिकतामा राखेर देश बनाउनका लागि अगाडि बढ्नु कुरालाई बालकको पुस्तकले प्रेरित गरेको कुरा बताएका थिए ।

कार्यक्रमका प्रा.डा. दयाराम श्रेष्ठले ‘नीलिमा र क्यामेरा’ कथासङ्ग्रहका सबै कथाहरु किशोर साहित्यसँग सम्बन्धित रहेको र किशोरकिशोरीका जीवनमा भोगेका दुःखद घटनाका प्रभावहरु गहन रुपमा प्रस्तुत रहेको कुरा बताए । यसैगरी नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले बालक त्रिदेवको आख्यानात्मक विशेषता राम्रो रहेको र अझै मजबुद र खारिदै जाउन भनेर शुभकामना व्यक्त गरेका थिए ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष तथा साहित्यकार कमला परजुलीले एक घरका तीन सदस्यका चारवटा पुस्तक एकै पटक विमोचन हुनु र तीन पुस्ता एकै मञ्चमा रहेका साहित्यका विधाहरु मार्फत समाजलाई सकारात्मक परिवर्तनमा सन्देश प्रवाहगर्नसक्नु अत्यन्तै उदाहरणीय रहेको कुरा व्यक्त गर्दै लेखकहरुलाई शुभकामना व्यक्त गरे ।

समारोहमा बाल अधिकार अभियान्ता तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य गौरी प्रधानले बाल अधिकार आन्दोलन भित्र पनि बाल सहभागिताको विषय उठान गरेर नेपालमा बालक्लबले कानूनी मान्यता प्राप्त गर्नका निम्ति जिल्लादेखि सर्वोच्चसम्मको ढोका घचघचाएर नेपालमा बालक्लबलले कानूनी मान्यता प्राप्त गर्न सफल भएको कुरा लेखकले आफ्ना पुस्तक मार्फत प्रस्तुत गरेको कुरा उल्लेख गरेका थिए ।

समग्र नेपाली बालबालिकाको तर्फबाट बालबालिका तथा किशोरी प्रतिनिधि, ग्लोबल गल्स लिडर एडभाइजरी गु्रपकी सदस्य सबनम सुनारले तीनै जनाको पुस्तकका विषयमा उल्लेख गर्दै बाल बालिकाका निम्ति यी पुस्तकहरु उपयोगी र हामी बालबालिकाका लागि पनि प्रेरणाको स्रोतको रुपमा रहेको कुरा बताए ।

लेखकहरूका बुवा होमनाथ जैसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लेखक तिलोत्तम पौडेलले गर्नुभएको थियो भने स्वागत डा. देवकी आचार्यले गरेकी थिइन् । कार्यक्रममा लेखकको तर्फबाट त्रिदेव पौडेलले आफ्ना दुई कृतिहरु कोभिड महामारीका बेलामा लकडाउन चलिरहेको समयमा साहित्य रचना गरी पुस्तकाकार रूप प्रदान गरी पुस्तक विमोचन गर्न सफल हुन पुगेको कुरा बताएकी छन् । कार्यक्रममा बाल अधिकार, मानव अधिकारलगायत साहित्यका क्षेत्रका अग्रजहरु सहित करिब २ सय जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।    
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending