एजेन्सी । इजरायलले युद्धविराम र गाजाबाट बन्धकहरूको रिहाइसम्बन्धी छलफलका लागि कायरोमा प्रतिनिधिमण्डल नपठाउने निर्णय गरेको एक इजरायली अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।
बन्धकको सूची प्रदान गर्ने, जीवित तथा मृतक बन्धकको सङ्ख्याको जानकारी दिने र बन्धकको बदलामा इजरायली जेलबाट रिहा हुने प्यालेस्टिनी कैदीहरूको अनुपात निर्धारण गर्ने लगायतका मागहरू सम्बोधन गर्ने बिषयमा युद्धरत पक्षबीच समान धारणा बन्न नसकेपछि इजरायलको यो निर्णय आएको हो ।
कूटनीतिक वार्ताको संवेदनशीलताका कारण अज्ञात रहन रोज्ने इजरायली अधिकारीले प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले मोसादका निर्देशक डेभिड बार्नियासँग समन्वय गरेर हमासले यी शर्तहरू सम्बोधन नगरेको जानकारी प्राप्त गरेपछि यो निर्णय आएको हो ।
यो कदमले गत बिहीबार नेतन्याहूको एक भाषणमा उल्लेखित शर्तहरू पछ्याउँछ । सम्बोधनमा उनले कुनै पनि सम्झौताको साथ अगाडि बढ्नुअघि बन्धकहरूको पहिचानको आवश्यकतामा जोड दिनुपर्ने बताए ।
बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले इजरायलले प्रस्तावित छ हप्ताको युद्धविरामलाई स्वीकार गरेको सङ्केत गरेपनि हमासको प्रतिक्रियाको अभावले कायरो वार्तामा इजरायलको सहभागिता रद्द भएको हो । वार्ताले शत्रुता अन्त्य गर्ने आशा व्यक्त गर्दै हमासको प्रतिनिधिमण्डल आइतबार कायरो आइपुगेको थियो ।
हमास स्रोतका अनुसार वार्तामा बाँकी अड्किएका विषयमा स्थायी युद्धविराम स्थापना, गाजा पट्टीबाट इजरायली सेनाको फिर्ता र दक्षिणबाट विस्थापित व्यक्तिहरूको फिर्तीलाई सहज बनाउनु समावेश छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: