तनहुँ । तनहुँको भानु नगरपालिका–५ मा रु नौ करोड लागतमा पुरनडिही अस्पतालको नयाँ भवन निर्माण गरिएको छ । सङ्घीय सरकारको रु नौ करोड ३४ लाखको लागतमा अस्पतालको नयाँ भवन निर्माण गरिएको हो ।
पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी नगरस्तरीय अस्पताल बनाउँदै भवन निर्माण गरिएको र भवनको काम अन्तिम चरणमा पुगेको छ । नगरस्तरीय अस्पतालमा विशेषज्ञ चिकित्सकसहित ३० जना स्वास्थ्यकर्मीको दरबन्दी हुनेछ ।
भवन निर्माणका लागि नेपाल सरकार र घिसिङ, कुँवर जेभी कन्ट्रक्सन प्रालिसँग २०७८ साउन १४ गते ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार निर्माण कार्य २०८० माघ १० गतेभित्र सम्पन्न गर्नुपर्ने भए तापनि ७४ प्रतिशत मात्रै काम सम्पन्न भएको इन्जिनियर निरज साहले जानकारी दिए ।
उनका अनुसार आगामी असोज महिनाभित्र निर्माण सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गरिनेछ । नवनिर्मित अस्पताल भवन दुई तलाको छ ।
हाल पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्रमा गण्डकी प्रदेश सरकार, एकीकृत सेवाअन्तर्गत आयुर्वेदिक चिकित्सक एक जना, जनस्वास्थ्य निरीक्षक एक जना, स्टाफ नर्स दुई जना, अनमी चार जना, अहेव सात जना, ल्याब असिस्टेन्ट एक जना, कार्यालय सहयोगी चार जना छन् ।
अस्पतालका लागि लोकसेवा आयोगद्वारा दुई जना एमबिबिएस डाक्टर, छात्रवृत्ति करारका लागि एक जना डाक्टर सिफारिस भएको छ । उनले भने, “केही दिनमै उहाँहरु अस्पतालमा आएर स्थानीयलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुनेछ ।” हाल अस्पतालबाट दैनिक एक सय भन्दा बढी बिरामीले सेवा लिँदै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: