Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

आठ सय वर्ष पुरानो भाजु पखू एवं जलेश्वर मन्दिरको बिजुक्छेँद्वारा उद्घाटन

खबरडबली संवाददाता

भक्तपुर । भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित आठ सय वर्ष पुरानो ऐतिहासिक भाजु पखू र पखूको मध्यभागमा अवस्थित जलेश्वर महादेव मन्दिरको २२ वर्षपछि पुनःनिर्माण सम्पन्न गरी आज उद्घाटन गरिएको छ । 

भक्तपुर नगरपालिकाको कूल रु एक करोड ८७ लाख ३५ हजार ६ सय ३४ को लागतमा पुनःनिर्माण सम्पन्न भएको उक्त पोखरी एवं मन्दिरको आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले उद्घाटन गरे । 

आज भक्तपुर नगरपालिकाले आयोजना गरेको उद्घाटन तथा विमोचन कार्यक्रममा उनले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘भाजु पखू र जलेश्वर मन्दिर पुनःनिर्माण–२०८०’ पुस्तक पनि विमोचन गरे । अध्यक्ष बिजुक्छेँले भक्तपुरको भाजु पखू मानव सभ्यताको एक महत्वपूर्ण उपलब्धि भएको भन्दै लोपोन्मुख अवस्थामा पुगेको राष्ट्रिय धरोहरलाई पुनःजीवन दिने काममा पुरातत्व विभाग, प्रज्ञा–प्रतिष्ठान र विश्वविद्यालहरु अग्रसर हुनुपर्नेमा जोड दिए । 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका अन्य सम्पदाको पुनःनिर्माण जस्तै भाजु पुखू पुनःनिर्माणका क्रममा पुरातत्वविद्, संस्कृतिविद्, इतिहासविद्, वास्तुकलाविद्लगायत सरोकारवालाहरूको सल्लाह र सुझावअनुसार अगाडि बढाएको बताए । 

नेपाल मजदुर किसान पार्टी बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले लोप हुनै लागेको भाज्या पुखूलाई पुनःनिर्माणको सपनाले साकार रुप लिएको बताउँदै भाजु पुखूको पुनःनिर्माण  भक्तपुरका लागि कोसेढुङ्गा साबित भएको बताए । 

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले घाँसेमैदानमा परिणत भएको यस पोखरीलाई २०७४ सालको स्थानीय तहको निर्वाचनपश्चात् सुरु भएको भाजु पुखू पुनःनिर्माणले पूर्णता पाएको चर्चा गरिन । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधाना, इतिहासविद् डा पुरुषोत्तमलोचन श्रेष्ठ, पूर्वन्यायाधीश गौरीबहादुर कार्की, दरबार हेरचाह तथा स्मारक संरक्षण अड्डा भक्तपुरका कार्यालय प्रमुख अरुणा नकर्मी, भक्तपुर क्याम्पसका क्याम्पस प्रमुख सहप्राध्यापक कविता लुइँटेललगायतले पोखरीको पुनःनिर्माणबाट भक्तपुरको इतिहास जीवन्त हुने धारणा राखे । 

विसं २०५८ शिवरात्रिकै दिन सुरु भएको उक्त पुखूको पुनःनिर्माण आज उद्घाटन गरिएको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending