झापा । विर्तामोड नगरपालिका–३ स्थित डोमालाल रङ्गशालालाई १४ बिघा जग्गादान गर्ने स्व डोमालाल राजवंशीका परिवार घरबारविहीन बनेपछि खेलप्रेमीले सहयोग जुटाएर दाता परिवारलाई घर बनाउने अभियान सुरु गरेका छन् ।
जग्गादाता स्व डोमालालका पत्नी र दुई छोरा गजेन्द्र र दीपेन्द्रको मृत्यु भइसकेको छ । हाल डोमालालकी एक छोरी ८५ वर्षीया सम्पता राजवंशी र दुई नाति भीम तथा छवि दान दिएकै जग्गामा कच्ची छाप्रो बनाएर आश्रय लिइरहेका छन् ।
दाता परिवारले सुकुम्बासी जीवन बिताइरहेको घटनाबाट भावुक बनेका झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले ११४ औँ नारी दिवसका अवसर पारेर घर बनाइदिने अभियानको घोषणा गरेका हुन् । उनले दाता परिवारको घर निर्माणका लागि रु ५१ हजार दिने घोषणा गर्दै थप रकम जुटाउन आर्थिक सहयोगको अपिल गरे ।
अभियानको घोषणा भएकै दिन रु सात लाख आर्थिक सहयोगको प्रतिबद्धता आएको बस्नेतले जानकारी दिए । रु १० लाख सहयोग जुटाएर स्व डोमालालकी छोरी सम्पताको घर निर्माण गरिने उनले बताए ।
“सार्वजनिक हितका लागि १४ बिघा जग्गादान दिनुहुने दानवीर डोमालालका सन्तान घरबारविहीन भएको अमिलो दृश्यले हामी सबैको मन भत्भती पोलिरहेको थियो”, अभियानको नेतृत्व गरिरहनुभएका बस्नेतले भने, “उहाँहरूका लागि केही त गर्नै पर्दछ भन्ने लाग्यो र घर निर्माण गरिदिने अभियान सुरु गरेका हौँ ।”
ठेलाले गुजारा चलाउँछन् नाति
विर्तामोड–३ का भीम र छवि आफ्ना हजुरबुवा डोमालालले दान दिएको जग्गाको एउटा कुनोमा अलग–अलग झुपडी हालेर परिवारसँग बसोबास गर्दै आएका छन् । डोमालालकी छोरी सम्पताको पनि त्यहीँनेर अर्को छाप्रो छ । छाप्रोमा एक्लै बस्दै आएकी सम्पताको जीविकाको माध्यम सरकारले दिने वृद्धाभत्तामात्रै हो । “केही वर्ष अघिसम्म उनि बजारमा सागसब्जी व्यापार गरेर पेटपालन गर्नुहुन्थ्यो”, स्थानीय प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी भन्छन्, “बुढेसकालले च्याप्दै लगेपछि व्यापार छाड्नुभयो ।”
उनका अनुसार दानवीर डोमालालका नाति छविले बिर्ताबजारमा तीनचक्के ठेला चलाएर परिवारको जीविका धान्दै आएका छन् । अर्का नाति भीम स्थानीय फ्याक्ट्रीमा मजदुरी छन् । डोमालालकी छोरी सम्पता र दुई नातिले झुपडी बनाएर ओगटेको जग्गा तीन कठ्ठा जति छ । उहाँहरूको नाममा कुनै जग्गा छैन । दान दिएकै जग्गामा सम्पताका लागि आर्थिक सहयोग जुटाएर घर बनाउने खेलप्रेमीको योजना छ ।
सहयोगी हातहरु बढ्दै
सुकुम्बासी बनेका दाता परिवारलाई घर बनाउने अभियानमा सहयोगी हात बढ्दै गएका छन् । दुई दिनमा रु सात लाख सहयोगको प्रतिबद्धता जुटिसकेको छ । युवा व्यवसायी राजीव तेघ्रे धिमाल र अर्जुन चुडालले रु एक–एक लाख सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । विर्तामोडका व्यवसायी किरण श्रेष्ठ, सुधार कुमार, रविन श्रेष्ठ र समिल राईले रु २५–२५ हजार सहयोगको घोषणा गरेका छन् । पत्रकार गणेशमान मुखिया, इन्द्रजित मुखिया र भूमिका सुब्बाले रु ११–११ हजार सहयोग दिने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: