Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

राेकीएन सिन्धुलीमा महिला बालबालिका हराउने क्रम

खबरडबली संवाददाता

सिन्धुली । गत साउन १ गते सिन्धुलीकी २६ वर्षिय महिला घरबाट बेपत्ता भइन् । हराएको ९ दिन पछि उनको आमाजु दिदीले खोजि गर्न अनुरोध गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा निवेदन दिएकी थिइन् ।

“महिलाको परिवारले सबै ठाउँ खोजि गरेका रहेछन् । महिलाको साथी देखि आफन्त सबै तिर खोजी गरेर नभेटेपछि यहाँ निवेदन दिन उहाँको परिवार आउनुभएको थियो” प्रहरी सोतले भन्यो । निवेदन प्राप्त भएपछि प्रहरीले तत्काल महिलाको खोजि कार्य सुरु गरेको थियो ।

खोजीको क्रममा महिलाले प्रयोग गरेको फोनको रेर्कड समेत निकालेको प्रहरीले बताएको छ । महिलासँग सबै भन्दा बढी फोनमा कुरा भएको नम्बर पत्ता लगाई महिलालाई भेटाउन सफल भएको प्रहरीले बताएको हो ।

“कल रेकडको आधारमा सबै महिलासँग भन्दा बढी कुरा हुने नम्बर पत्ता लगायौँ । सो नम्बर चलाउने केटाको परिवारसँग सम्पर्क गरेर महिलाको खोजी गरेका थियौँ ।” प्रहरी स्रोतले भन्यो । झापामा बस्ने एक विवाहित पुरुषसँग महिलालाई भेटिएको प्रहरीले बताएको छ । महिलालाई परिवारको जिम्मा समेत लगाई सकेको छ । महिलाको श्रीमान बैदेशिक रोजगारीमा छन् ।

कमलामाई नगरपालिका ४ कि १४ वर्षिय एक बालिका गत माघ ८ गते हराएको भन्दै प्रहरीमा निवेदन आयो । प्रहरीले तत्काल बालिकाको खोजी गरेको थियो । दुइ हप्ता पछि प्रहरीले बालिकालाई तराईमा फेला पारेको हो । १९ वर्षिय युवकसँग बालिकाले विवाह गरेर बसेको प्रहरीले फेला पारेको हो ।

जिल्लामा महिला तथा बालबालिका हराउने क्रम रोकिएको छैन । वैदेशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको प्रयोग, गलत साथीको संगत, घर झगडा, प्रेममा धोका लगायतका कारणले महिला बालबालिका हराउने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्लामा गत आर्थिक वर्ष ०७९/८० मा ७० जना महिला, १० जना बालक र ४३ जना बालिका हराएको प्रहरीको तथ्यांकमा उल्लेख छ । हराएका सबै बालबालिका महिलालाई फेला पारि परिवारको जिम्मा लगाइ सकेको प्रहरीले जनाएको छ । यस्तै चालु आर्थिक वर्ष २०८०/८१ को माघ महिना सम्म हराएको ४० जना महिला मध्ये ३५ जना फेला परिसकेका छन् भने ५ जनाको खोजि कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, ६ जना हराएको बालक मध्ये ५ जना फेला परेका छन् एक जनाको खोजि कार्य भइरहेको छ । २० जना हराएको बालिका मध्ये १९ जना फेला परेका छन् एक जनाको खोजि कार्य भइरहेको छ । ४ जना जेष्ठ नागरिक हराएको मध्ये ३ जना फेला परेका छन् भने एक जनाको खोजि कार्य भइरहेको प्रहरीले बताएको छ । हराएको सूचीमा सबैभन्दा बढी महिला, बालिका र बालक रहेका छन् । हराएको भनिने मध्ये अधिकांश महिला र बालिका भागी विवाह गर्ने र अधिकांश बालक परिवारबाट पीडित भएको भन्दै आफूखुशी घर छाड्ने गरेको पाइएको छ ।

यस्तै बालक हराउने विषयमा परिवारबाट आफू पीडित भएको गलत मनोविज्ञानको असरले उनीहरु घर छाडेर हिँड्ने गरेको बताइन्छ । आफूखुशी घर छाडेर जाने गरेका कारण परिवारलाई तत्काल जानकारी नहुँदा व्यक्ति हराएको भन्ने निवेदन कार्यालयमा आउने गरेकाले पनि हराउनेको सख्या बढि देखिने गरेको प्रहरीले बताएको छ । प्रहरीले खोजी कार्यमा अग्रसरता देखाउँदै आए पनि यी हराएकामध्ये फेला परेका भने अधिकांश आफन्तको सम्पर्कमा आएको देखिन्छ ।

बालबालिका महिला हराउने क्रम रोक्नका लागि विभिन्न सचेतना कार्यक्रम संचालन गर्नुपर्ने महिला अधिकारकर्मीले बताएका छन् । घरपरिवारमा हुने झैझगडाको कारण पनि बालबालिका महिला हराउने गरेको उनीहरुको भनाई छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा त्रासः फ्लाइटमा पेजर र वाकीटकी लैजान कतार एयरवेजले लगायो प्रतिबन्ध

काठमाडौ । कतार एयरवेजले लेबनान जाने उडानमा यात्रुहरुलाई पेजर र वाकीटकी बोक्न प्रतिबन्ध लगाएको छ। लेबनानका तीन क्षेत्रमा वाकीटकी, ह्यान्डहेल्ड रेडियो र...

तनहुँमा पनि स्ट्रबेरीखेती

तनहुँ ।  तनहुँको ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ। गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाल...

फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड

काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड ग...

ट्रंकलाइन बक्यौता तिर्न कात्तिक ८ को अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौतो रकम तिर्न डेढ महिनाको अल्टिमेटमसहित उद्योगीलाई पुनः पत्र पठाएको छ । प्राधिकरणका ...

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

रौतहट । रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्ह...

लगातार घटेको सुनको मूल्य शुक्रबार बढ्यो

काठमाडौं। नेपाली बजारमा लगातार घटेको सुनको मूल्य शुक्रबार बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेको हो । बढेको मुल्य अनुसार आज सुन प्रतितोला १ ला...

बागलुङका स्वास्थ्य संस्थामा डेंगी परीक्षण किट अभाव

बागलुङ ।  धौलागिरि अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी...

संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा

हेटौंडा । विभिन्न आन्दोलन तथा संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ। जनताबाट निर्वाचित प्रतिनिधिले ...

अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० खि काठमाडौंमा हुने

काठमाडौं। माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)  को २३ औं राष्ट्रिय सम्मेलन यही असोज १० देखि सुरु हुने भएको छ। असोज १० देखि १२ गते...

गायक यश कुमारले ल्याए मर्मस्पर्शी गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy