Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक विवाह दर्तामा अझै अल्झन

माथिल्लो निकायबाट तल्लो निकायमा किन दिइन्छ दबाबर ?

खबरडबली संवाददाता

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडीको विवाह दर्ता गर्ने अधिकारीहरूलाई डर देखाउने गरेको पाइएको छ। कानुनी रूपमा विवाह दर्ता गर्ने स्थानीय अधिकारीलाई माथिल्लो निकायमा रहेकाहरूले टेलिफोन गरेर डर देखाउने र धम्की दिने गरेको पाइएको हो । 

सर्वोच्च अदालतको आदेश अनुसार दक्षिण एसियामै पहिलो विवाह दर्ता गर्न परिपत्र जारी गर्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अधिकारीकै सरुवा भएको आशङ्का गरिएको छ । 
लमजुङको दोर्दी गाउँपालिका कार्यालयलाई विवाह दर्ता गर्न परिपत्र जारी गर्ने विभागका महानिर्देशकको लगत्तै सरुवा भएको छ। ‘परिपत्र जारी गरेकै कारण सरुवा भएको सुनिएको छ,गृहले सोधनी गरेको पाइएको छ,’पहिलो संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले भने,‘माथिल्लो निकायले तल्लो निकायलाई डर देखाउने, धम्की दिने र सरुवा गर्ने गज्जबको रणनीति देखिएको छ।’

विभागको परिपत्रपछि माया गुरुङ्ग र सुरेन्द्र पाण्डेले कानुनी रूपमा सर्वोच्च अदालतको आदेश उल्लेख गरेर विवाह दर्ताको प्रमाणपत्र पाए। त्यसपछि विभागले अर्को पत्र जारी गरेको छैन। बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ को कार्यालयले विभागका अधिकारीहरूसँगको मौखिक आदेशमा दक्षिण एसियामै पहिलो लेस्बियन जोडीको विवाह दर्ता गरेको छ। 

तर, विवाह दर्ताको प्रमाणपत्र दिने वडा कार्यालयका सचिव दीपक नेपालीलाई भने माथिल्लो निकायबाट दबाब दिइएको पाइएको छ। विवाह दर्ता प्रमाणपत्रमा हस्ताक्षर गर्ने नेपाली १५ दिन छुट्टीमा बसेर सरुवा भएका छन्। समलिङ्गी विवाह नरुचाउनेहरुले दबाब दिएरै सचिव नेपाली सरुवा हुनु भएको लेस्बियन जोडीले बताएको छ। 

घर, परिवार र समाजले स्वीकारे पनि केही सरकारी अधिकारीहरूमा रहेको नकारात्मक सोचका कारण आफूहरू पछि विवाह दर्ताको निवेदन दिने अर्को जोडीले प्रमाणपत्र पाउन नसकेको अन्जुदेवी ९दिप्ती० श्रेष्ठले बताइन। 

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको पहिचान सहितको हक अधिकारका लागि स्थापना भएको मायाको पहिचान नेपालले विवाह दर्ता गर्ने पहिलो लेस्बियन जोडी दिप्ती र सुप्रिताको स्वागतमा गरेको पत्रकार भेटघाट कार्यक्रममा विवाह दर्ताका लागि माथिल्लो निकायमा सोधनी गरिरहनु पर्ने अवस्था अन्त्य गरी सहज रूपमा विवाह दर्ता गरिदिन मिल्ने व्यवस्था गर्न आग्रह गरेको छ।

लेस्वियन जोडी दिप्ती र सुप्रिताले माया र सुरेन्द्रको विवाह दर्ता भए पछि आफूहरूलाई विवाह दर्ताका लागि हौसला मिलेको बताए। ‘उहाँहरू ९माया र सुरेन्द्र० को विवाह दर्ता भएको समाचार आए पछि हामीलाई पनि दर्ता गर्ने हौसला मिल्यो,’दिप्तीले भनिन्,‘उहाँहरूसँग सबै प्रक्रिया बुझेर हामीले पनि स्थानीय तहमा विवाह दर्ता गर्न निवेदन दिएका थियौँ।’

स्थानीय तहबाट अविवाहितको सिफारिस सहित जाँदा अदालत जान भनेर सुझाएको बताउँदै दिप्तीले भनिन्,‘मायाको पहिचान नेपालले पहल नगरेको भए हाम्रो विवाह दर्ता नहुने रहेछ।’ दिप्ती र सुप्रिताले विवाह दर्ताका लागि पहल गरिदिएकोमा मायाको पहिचान नेपाल र सुनिलबाबु पन्तलाई धन्यवाद दिए। 

मायाको पहिचान नेपालकी अध्यक्ष माया गुरुङ्गले पन्तको पहलमा आफूहरूले विवाह दर्ता गर्न सफल भएको बताइन। उनले आफूहरू जस्तै अरू जोडीको वैवाहिक अधिकारका लागि पहल गरिरहेको सुनाइन। मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डेले पटकपटक परिपत्र जारी गरिरहनु भन्दा सहज रूपमा विवाह दर्ता हुने कानुनी व्यवस्था नै गर्न सरकारसँग माग गरे।

पन्तले सबै जोडीको विवाह दर्ताका लागि सहज हुने व्यवस्था गर्न पञ्जीकरण विभागलाई परिपत्र जारी गर्न आग्रह गरिएको बताए। विभागले गृह मन्त्रालयमा राय माग गरेको र गृहले राय दिए पछि विभागले सबै जोडीलाई हुने गरी परिपत्र जारी गर्ने आशा आफूहरूको रहेको पन्तले बताए।

पन्तले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको वैवाहिक अधिकारसहित विभेदकारी कानुन संशोधनका लागि राज्यका निकायलाई भनिरहेको सुनाए। सर्वोच्च अदालतले २०६४ पुस ६ मा दिएको आदेश अनुसार हालसम्म पनि कानुन संशोधन नभएको पन्तले बताए।

पन्तले निजामती ऐन र निर्वाचन ऐनमा आरक्षणको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको जानकारी पनि दिए। ‘संविधानको धारा ४२ मा सबै समुदाय मध्ये यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक छुटेका छन्,’उनले भने,‘संविधानले ग्यारेन्टी गरेको भए पनि बहिष्करणमा परेका छौ। यो बहिष्करण मान्य हुँदैन।’  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending