भक्तपुर । एशियन पेन्ट्स आर्किटेक्चर डिजाइन प्रतियोगिताका विजयीहरु पुरस्कृत भएका छन् । एशियन पेन्ट्स नेपाल क्यालिडोस्कोप इन्ट्रा कलेज राउण्ड अफ एशियन पेन्ट्स आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन स्टुडेन्ट्स अवार्ड २०२३ को ११ औं संस्करणका प्रतिस्पर्धीहरमध्ये उत्कृष्ट पाँंचजना विद्यार्थीहरु पुरस्कृत भएका हुन् ।
नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा आर्किटेक्चर विषयका चौथो वर्षका विद्यार्थीहरूबीच सम्पन्न भएको प्रतियोगितामा १६ जना विद्यार्थी सहभागी रहेका थिए । सहभागीमध्ये उत्कृष्ट ५ विद्यार्थीलाई पुरस्कृत गरिएको हो । विद्यार्थीहरूलाई उत्प्रेरित गर्न उत्कृष्ट पुरस्कारहरूको व्यवस्था थियो ।
प्रतियोगितामा सुश्री पूजा राई सर्वात्कृष्ट विद्यार्थी हुन सफल भइन् । उनले नगद रु ५० हजार ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । प्रतियोगितामा फस्ट रनर अप सुश्री स्पर्श शर्मा भइन् र उनले नगद रु २५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । सेकेण्ड रनर अपमा सुश्री अंशु प्रजापति विजेता भई नगद रु १५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । सान्त्वना पुरस्कार सुश्री सलिना थापा र सुवास चन्दले पाए । उनीहरुले नगद रु पाँंचपाँच हजार र प्रमाणपत्र प्राप्त गरे
आर्किटेक्चर विभाग नेक सन् २०१२ देखि एसियन पेन्ट्स नेपालसँग आबद्ध छ । यहाँं सन् २००८ ब्याचको लागि पहिलो एशियन पेन्ट्स आर्किटेक्चर डिजाइन प्रतियोगिता आयोजना गरिएको थियो ।
नेपाल इन्जिनियरिङ कलेज राउण्ड डिजाइन प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट पाँच विजेताले राष्ट्रियस्तरको एशियन पेन्ट्स आर्किटेक्चर डिजाइन प्रतियोगितामा अन्य विभिन्न कलेजका उत्कृष्ट ५ आर्किटेक्चर विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् ।
यस प्रतियोगिताको विजेताले भविष्यको हिरोको उपाधि प्राप्त गर्ने जनाइएको छ । शीर्ष १५ विजेताहरूले एशियन पेन्ट्स नेपालको वार्षिक क्यालेन्डर मार्फत आर्किटेक्चर उद्योगमा वास्तुकलामा एक्सपोजर पाउने छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: