Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

संविधानको मर्मस्वरुप सङ्घीयता कार्यान्वयन हुनुपर्छ: मुख्यमन्त्री शर्मा

खबरडबली संवाददाता

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सङ्घीयताको मर्मबमोजिम सङ्घीयता कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । 

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको आज बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै  मुख्यमन्त्री शर्माले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि संविधानले व्यवस्था गरेका अधिकार कार्यान्वयनमा आउनुपर्नेमा जोड दिए । उनले भने, “व्यवस्था परिवर्तन भएको छ । यद्यपि जनताको अवस्था परिवर्तन हुन संविधानद्वारा निर्देशित हक अधिकार लागू हुनुपर्दछ ।” 

संविधान समाजवादोन्मुख साझा दस्तावेज भएको उल्लेख गर्दै मुख्यमन्त्री शर्माले यसको कार्यान्वयनमा सबै दलको साझा भूमिका हुनुपर्ने बताए । दलका आ–आफ्ना नीति, विधि प्रभावकारी कार्यान्वयन गरी त्यसको बोध गर्ने र राजनीतिक मूल्य मान्यतासँगै अगाडि बढ्ने साझा प्रतिबद्धता कार्यान्वयनमा ल्याउन जनतातिर फर्कनुपर्ने उनको भनाइ थियो । 

प्राप्त उपलब्धिको रक्षा र बाँकी उपलब्धि हासिल गर्ने यात्रामा सबै एक भएर जानुपर्ने आजको अपरिहार्य शर्त भएको उल्लेख गर्दै मुख्यमन्त्री शर्माले भने, “सहुलियतपूर्ण ऋण उपलब्ध गराउन, प्रदेश र स्थानीय सरकारको लगानीमा कृषि लघुवित्त बैंक स्थापना गर्न स्वीकृतका लागि सङ्घीय सरकारसँग अनुरोधका साथै भूकम्पप्रभावित क्षेत्रमा खोज, उद्धार, राहत र पुनःस्थापनामा सङ्घीय सरकारसँगको सहकार्यमा आवश्यक कार्य गरिएको छ ।” 

कर्णालीको आर्थिक विकासको आधार कृषि, पर्यटन र जडीबुटी भएकाले कृषि तथा वन पैदावरमा आधारित उद्योग निर्माणमा जोड दिइएको, भूकम्पपीडितको राहतका लागि १० जिल्ला विपद् व्यवस्थापन समितिलाई रु पाँच करोड बजेट उपलब्ध गराइएको, विपद् जोखिम तथा प्रतिकार्य योजना निर्माण, भूकम्प प्रतिरोधात्मक संरचना निर्माणका लागि डकर्मी तालिम सञ्चालन, कर्णाली समृद्धि परियोजनामार्फत १० हजार व्यक्तिलाई रोजगारी दिन कानुन निर्माणको प्रक्रिया अगाडि बढाइएको मुख्यमन्त्री शर्माले बताए । 

चालु आर्थिक वर्षको हालसम्ममा नयाँ ट्रयाकसमेत गरी एक सय ३७ किलोमिटर सडक, १६ झोलुङ्गे पुल र पाँचवटा सडक निर्माण गरिएका छन् । कर्णाली प्रदेश निजामती ऐन र नियमावली कार्यान्वयनमा आएको छ भने आगामी वैशाख २० र १९ गते लगानी सम्मेलन गर्ने गरी प्रदेश सरकारले तयारी गरिरहेको मुख्यमन्त्री शर्माले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE