मुगु । हिमाली जिल्ला मुगुमा स्थानीय तहले भुमिहिनको लगत संकलनमा चासो नदिँदा लगत संकलनमा ढिलाई भएको छ । मुगुमा रहेका चार वटा स्थानीयतहहरूले भूमिन सुकुम्बासी, भूमिहीन दलित र अब्यवस्थित बसोबासको लगत संकलनमा चासो नदिँदा भूमिहीनको लगत संकलनमा ढिलाई भएको हो ।
राष्ट्रिय भूमि आयोग मुगुको आयोजनामा बिहीबार भूमिहीनको लगत संकलन, प्रगति विवरणका विषयमा आयोजित पत्रकार सम्मलेनमा बोल्दै राष्टिय भूमि आयोग मुगुका अध्यक्ष लाल चन्द्र विकले मुगुका चारवटा स्थानीय तहहरूले भूमिहीनको लगत्त संकलनमा चासो नदिँदा भूमिहीन सुकुम्बासी,भूमिहीन दलित र अब्यवस्थित बसोबासको लगत संकलनका ढिलाई भएको बताए ।
उनका अननुसार २ वर्ष पुगि सक्दा पनि भूमिहीन सुकुम्बासी,भूमिहीन दलित र अब्यवस्थित बसोबासको लगत संकलनक मात्रै भएको छ । हालसम्म के कति भूमिहीन छन् भन्ने एकिन तथ्याङ्क अझैँ स्पष्ट नआएको अध्यक्ष विकले बताए ।
भूमिहीन लगत संकलनको लागि प्रथम पटक २०७९ भदौ २९ गते ३५ दिने पहिलो सूचना प्रकाशित गरिएको थियो त्यो समयभित्र जिल्लाका कुनै पनि स्थानीय तहले भूमिहीन लगत संकलन नगरेकाले दोस्रो सूचना २०८० फागुन १ गते पुन ३५ दिने सूचना प्रकाशित गरेपछि भूमिहीन सुकुम्बासी भूमिहीन दलित र अब्यवस्थित बसोबासको लगत्त संकल गरेर छायाँनाथ रारा नगरपालिका, खत्याड गाउँपालिका र मुगुम कामारोङ्ग गाउँपालिकाले मात्रै लगत्त संकल गरेर राष्ट्रि भूमि आयोगमा पठाएका अध्यक्ष विकले बताए ।
सोरुगाउँपालिकाले अझैँ लगत संकलन गरेर पठाएको छैन । हालसम्म भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासको लगत संकलन गरेर छायाँनाथ रारा नगरपालिकामा ४ सय १७ ,खत्याड गाउँपालीका ७ सय ५७ र मुगुम कामारोङ्ग गाउँपालिकाले ३ सय ४० जनाको एकमुष्ट लगत संकलन गरेर पठाएका छन् भने सोरु गाउँपालिकाले समय समाप्त हुँनै लाग्दासमेत लगत संकल गरेर पठाएको छैन ।
भूमिहीनको लगत संकलनको लागी दोस्रो पटक प्रकाशित सूचना आगामी चैत ५ गते सकिदै छ । समय सीमा भित्र पनि सोरुगाउँपालिका बाट भुमिहिनको लगत संकल गरेर आएन भने अन्य प्रक्रिया जाने राष्टिय भूमि आयोग मुगुले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: