दाङ । दाङमा विषालु सर्प उद्धार तथा पुनःस्थापनाका लागि सीप तथा प्राविधिक सहयोगसम्बन्धी तालिम दिइएको छ । जिल्लास्थित डिभिजन वन कार्यालय घोराहीले सरोकारवाला निकायलाई आज तालिम दिएको हो ।
तालिममा विषालु र अविषालु सर्पको पहिचान, विषालु सर्पको टोकाइबाट बच्ने उपाय र सर्प उद्धारका विषयमा जानकारी गराइएको डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी दिए । जैविक विविधताको संरक्षण गर्ने उद्देश्य तथा सर्पलाई पनि प्रकृतिमा बाँच्न पाउने अधिकारी सुनिश्चित गर्नका लागि कार्यालयले काम गरिरहेको उनले बताए ।
सबै सर्प विषालु नहुने र सर्पको पहिचान नहुँदा स्थानीयले मार्ने गरिरहेकाले सो रोक्नका लागि विगतका वर्षदेखि वन कार्यालयले सचेतनमूलक र संरक्षणमुखी कार्य गर्दै आइरहेको प्रमुख श्रेष्ठले बताए । दिगो व्यवस्थापनको अभाव, सर्प देख्नासाथ मारिहाल्ने मानव प्रवृति, पहिचानमा ज्ञान र उद्धारका लागि सीपको कमी, अनुसन्धान तथा प्रचारप्रसारको अभावमालगायत कारणले सर्प संरक्षणमा चुनौती देखिएको उनको भनाइ छ ।
स्थानीय वन, जङ्गलमा पाइने सर्प संरक्षणका लागि कार्यालयले बर्सेनि योजना बनाएर काम गरिरहेको भन्दै पछिल्ला केहीवर्षयता सर्प संरक्षण कार्य सफलतातर्फ उन्मुख भइरहेको श्रेष्ठले जानकारी दिए । कार्यक्रममा प्रशिक्षक सर्प विज्ञ वसन्त सुवेदीले पछिल्लो सात वर्षमा आफूले पाँच हजार बढी सर्पको उद्धार गरेको जनाउँदै यस क्रममा दाङमा २६ प्रजातिका सर्प भेटिएकामा छ प्रजातिमात्रै विषालु पाइएको बताए । उनका अनुसार बाँकी २० प्रजाति अविषालु रहेका छन् ।
अध्ययनमा नेपालमा ८९ प्रजातिका सर्प पाइएको सर्प विज्ञ सुवेदीले जानकारी दिए । उनका अनुसार ८९ प्रजातिमध्ये १७ प्रजातिमात्रै विषालु भेटिएका छन् । विश्वमा पाइने सर्पमध्ये १२ प्रतिशत मात्रै विषालु सर्प हुने उनको भनाइ छ ।
अविषालु सर्पले टोकेपनि मानिसको ज्यान नजाने भन्दै सुवेदीले विषालु सर्पले टोकेमा समयमै सावधानी अपनाउँन नसक्दा ज्यान जाने गरेको बताए । सर्प विज्ञ सुवेदीले सर्पले टोकिहाले प्राथमिक उपचारका नाममा ढिलाइ गर्न नहुने भन्दै तत्काल अस्पताल पुर्याउन नसके ज्यान जानेको सङ्ख्यामा कमी ल्याउन सकिने बताए ।
कार्यक्रममा सर्प उद्धारसम्बन्धी सीप जीवित सर्प ल्याएर देखाइएको थियो । डिभिजन वन कार्यालय र मातहतमा रहेका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, सामुदायिक वन समूहका उपभोक्तालगायतको सहभागितामा भएको कार्यक्रममा सर्पका बारेमा विस्तृत जानकारी, पहिचानका तरिका, उद्धारको सीपलगायत विषयमा तालिम दिइएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: