Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

भोलिदेखि भक्तपुरमा सन्त समागम हुने

खबरडबली संवाददाता

भक्तपुर । भोलिदेखि भक्तपुरको सल्लाघारी मैदानमा दुई दिने सन्त समागम हुने भएको छ । सन्त निरंकारी मण्डल नेपालले शुक्रबार पत्रकार सम्मेलन गरी '२३औं निरंकारी सन्त समागम नेपाल’ चल्ने जानकारी दिएको हो । 

कार्यक्रमका लागि एक हजार दुई सय जना स्वयंसेवक खटाइएको आयोजकले जनाएको छ । कार्यक्रममा नौ हजार भारतीय र पाँच हजार नेपाली उपस्थित हुने अपेक्षा आयोजकले राखेको छ ।

सुरक्षाकर्मीदेखि नै सत्संघका खटिने जनाइएको छ । उपस्थित भएका मानिसहरुका लागि निःशूल्क खानेबस्ने व्यवस्था, यातायात, पानी सवैको बन्दोवस्त गरिएको जनाइयो ।

त्यहाँं भेला हुने मानिसका लागि पाँंच सय वटा शौचालयहरूकोसमेत व्यवस्था गरिएको जनाइयो । नि:शुल्क दिनमा तीन छाक प्रसादको व्यवस्था रहे पनि थप खानेकुारको लागि सस्तो मूल्यमा क्यान्टिनसमेत रहने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो ।

पत्रकार सम्मेलनमा आयोजक सन्त निरंकारी मण्डल नेपालका केन्द्रिय अध्यक्ष नरबहादुर राउतले नेपालमा हुन लागेको यो अहिलेसम्मकै भव्य समारोह रहेको बताए । समारोह सल्लाघारीको १०८ रोपनी क्षेत्रफलमा फैलिएको पूर्व राजा हाल नेपाल टष्टको नाममा रहेको खाली जग्गामा हुने छ ।

सम्मेलनमा आयोजक संस्थाका विदेश विभाग प्रमुख विनोद बोहराले कार्यक्रममा विभिन्न राजनीतिक पार्टीका शीर्ष नेताहरुदेखि लिएर सांसदहरु तथा भिआइपीहरू सहभागी हुने योजना रहेको सुनाए । पत्रकार सम्मेलनको कार्यक्रममै सांसद उपस्थित रहेको थियो । सम्मेलनमा संस्थाका प्रेस संयोजक विमल सिंह (केटी मान्छें)ले कायृक्रम सभ्य र भव्य रुपमा सुसम्पन्न हुने बताइन् ।

कार्यक्रमका लागि स्वयंसेवकहरुले निःशूल्क सफा गरी पण्डाल लगाएको र सो हटाएपछि सबै सफा गरेर मात्र छोड्ने निरंकारी मण्डलका उपत्यका क्षेत्रीय सञ्चालक बाबुराज महर्जनले जानकारी दिए ।

सो कार्यक्रमका लागि  कार्यक्रममा उपस्थित हुनेहरु स्वेच्छाले आफ्नै खर्चमा आएको र कार्यक्रम पनि कतैको फन्डिङ नभइ स्वेच्छिक दानबाट सञ्चालन हुने आयोजकको दाबी छ ।

१०० भन्दा बढी देशमा विभिन्न नामबाट रहेको सन्त निरंकारी मिसनको नेपालका ३९ जिल्लामा एक सय २५ सत्संघ भवन रहेको कार्यक्रममा बताइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु

एजेन्सी । मालीको राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र सैनिक विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु र दुई सय ५५ जना घाइते ...

माओवादी केन्द्रले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पद...

कुलोमा खसेर बालिकाको मृत्यु

बुटवल । बुटवलको सोह्र छत्तिस कुलोमा खसेर एक बालिकाको मृत्यु भएको छ । बिहीबार खेल्ने क्रममा बुटवल उपमहानगरपालिका– ११ की ४ वर्षीय विविशा खरेल स्रोत छत्त...

खैरो हेरोइनसहित दुईजना युवती पक्राउ

कैलाली​ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–८ स्थित धनगढीगाउँबाट प्रहरीले लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा २७ वर्षीया ...

मुस्ताङको जोमसोममा बसपार्क सञ्चालन

मुस्ताङ । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमस...

दुईतिहाइको वर्तमान सरकार सबैभन्दा अस्थिर छ:लामिछाने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुईतिहाइको वर्तमान सरकार सबैभन्दा अस्थिर रहेको टिप्पणी गरेका छन् । कांग्रेस सभापति रिसा...

फिल्म ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिक

काठमाडौं । असोज १७ गते (घटस्थापना) देखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक...

फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्बजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ स्थानमा झरेको हो । यसअघि नेपाल...

खाद्य सुरक्षाका लागि सुपथ मूल्य पसल : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संविधानमा खाद्य सुरक्षा र सम्प्रभुता मौलिक हकका रुपमा राखिएकाले त्यसको कार्यान्वयनमा सर...

समयसापेक्ष संशोधनले दीर्घ जीवन प्राप्त गर्छ: महामन्त्री शर्मा

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समयसापेक्ष संशोधनले नै संविधानले दीर्घजीवन प्राप्त गर्ने बताएका छन् ।  नेपाली कांग्रेसको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy