Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम

खबरडबली संवाददाता

काठमाडौं । नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको छ । प्रधान सेनापति प्रमुराम शर्माका अनुसार विसं २०८० पुस मसान्तसम्म रु ८२ अर्ब ६६ करोड १२ लाख जम्मा भएको हो ।

सैनिक मञ्च टुँडिखेलमा नेपाली सेना कल्याणकारी बोर्डको संयोजन तथा नेपाली सेना जङ्गी अड्डाको व्यवस्थापनमा आज आयोजित कार्यक्रममा उनले करिब १० लाख हिताधिकारीमार्फत कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको जानकारी दिए । उनले विसं २०८० असार मसान्तसम्म रु ७१ अर्ब पाँच करोड ६१ लाख रहेकामा सो रकम वृद्धि भई पुस मसान्तसम्म कोषको कूल रकम ८२ अर्ब ६६ करोड १२ लाख पुगेको जानकारी दिए । 
कल्याणकारी कार्य सोही कोषको ब्याजबाट सञ्चालन हुँदै आएको पनि उनले उल्लेख गरे । 

सैनिक कल्याणकारी कोषमा हरेक वर्ष करिब रु छदेखि आठ अर्ब खर्च भइरहेको जानकारी दिँदै प्रधान सेनापति शर्माले कोषमा ठूलो रकम देखिएता पनि एकै पटक रकम उपलब्ध गराउन कठिन भइरहेको बताए । प्रधानसेनापति शर्माले कोषलाई कालान्तरसम्म दिगो राख्न आयआर्जनलाई विस्तार गर्न जरुरी रहेको र यस विषयमा सरकारका सम्बद्ध निकायमा कुरा राखिएको उनले जानकारी दिए । 

उनले अवकाशप्राप्त सकल दर्जालाई एकै ठाउँमा भेटघाटका साथै बहालवाला र अवकाशप्राप्त सैनिकबीच सामीप्यताको भावना जागृत गराउन सेनाले विविध कल्याणकारी कार्यक्रम गर्दै आएको उल्लेख गरे । 

प्रधानसेनापति शर्माले सैनिकको देश, समाज र जनताप्रति उत्तिकै जिम्मेवारी रहेको भन्दै राष्ट्रलाई आइपरेका जुनसुकै विपद् र महामामा राष्ट्रभावका साथ स्वतस्फूर्त सक्रिय भएर भूमिका निर्वाह गर्न तत्पर हुनुपर्ने धारणा राखे । उनले भने, “राज्यका लागि तपाईंहरु हिजोका दिनमा जति महत्वपूर्ण हुनुहुन्थ्यो, आज अवकाशप्राप्त जीवनमा पनि उत्तिकै महत्वपूर्ण सम्पत्तिका रुपमा हुनुहुन्छ । विभिन्न प्रकारका विपद्, महामारीलगायत राष्ट्रिय सङ्कटमा आवश्यक योगदान गर्न तयार रहनुभएको छ र भविष्यमा पनि तयार रहनुहुन्छ भन्ने विश्वास लिएको छ ।”

सैनिक कल्याणकारी कोषका प्रमुख कार्यकारी अधिकृत अवकाशप्राप्त रथी गौरव तण्डुलले अवकाशपछिको जीवन एकापसमा भेटघाट, सुख–दुःख बाँड्न र अपनत्वको भावना विकास गराउन सम्मेलनले महत्वपूर्ण भूमिका रहने बताए । उनले सैनक कल्याणकारी कोषमार्फत हिताधिकारीहरु लक्षित गरी विभिन्न कल्याणकारी कार्यक्रमहरु सञ्चालन भइरहेको र उक्त रकमलाई आयमूलक क्षेत्रमा लगानी गरी शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतलाई क्रमशः विस्तार तथा सेवामुखी बनाउन कल्याणकारी बोर्ड तथा सैनिक कल्याणकारी निर्देशनालयले नयाँ चिन्तनका साथ भूमिका निर्बाह गर्दै आएको जानकारी दिए । 

कार्यकारी निर्देशक तण्डुलले ‘स्वरोजगारका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रम तथा व्यावसायिक सीप विकास कार्यक्रम’ अवकाश प्राप्त सैनिक र परिवारमा लोकप्रिय रहेको बताए । उनका अनुसार सहुलियतपूर्ण कर्जा कार्यक्रमबाट हालसम्म अवकाश प्राप्त तथा एकल महिलातर्फ २३ हजार ५८ र बहालवालातर्फ नौ हजार नौ सय ८५ गरी कूल ३३ हजार ४३ जनाले रु सात अर्ब ४५ करोड ७७ लाख ७५ हजार सुलभ व्याज दरमा कर्जा सुविधा हासिल गरेका छन् जसमध्ये महिला उद्यमशीलता कर्जातर्फ मात्र हालसम्म अवकाश प्राप्त सैनिकका परिवार तथा एकल महिलातर्फ एक हजार नौ सय ४७ र बहालवाला सैनिकका परिवारतर्फ एक हजार एक सय ६५ जना गरी जम्मा तीन हजार एक सय १२ जनाले रु दुई अर्ब ४६ करोड ६४ लाख ३० हजार कर्जा सुविधा लिइरहेका छन् ।

सेनाले गरिरहेका विभिन्न काम, कारबाहीका बारेमा अवकाश प्राप्त सैनिकहरुलाई जानकारी गराउने तथा भूपूसैनिक र उनीहरुका परिवारको हितका लागि भएका कार्यक्रमको जानकारी गराउने उद्देश्य साथ भूपूसैनिक सम्मेलन गरिँदै आएको सेनाले जनाएको छ ।

‘भूतपूर्व सैनिक सम्मेलनको अभिलाषा–सेनाप्रतिको समर्पण र भरोषा’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा विभिन्न जिल्लाबाट अवकाश प्राप्त सकल दर्जाको उपस्थिति थियो ।  सो सम्मेलनमा एकै परिवारबाट चारजनाभन्दा बढी सन्तानले नेपाली सेनामा सेवा गरेका आमा–बुबालाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाली सेनाद्वारा विविध सांस्कृतिक प्रस्तुति गरिएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE