काठमाडौं । सांसदहरूले आगामी बजेट र कार्यक्रममा केवल आश्वासन नभइ विद्यमान आर्थिक समस्या समाधानको ठोस योजना हुनुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफलका क्रममा सांसदले बेरोजगारी समस्याको समाधान र किसानलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउन आग्रह गरेका हुन् ।
सांसद गोकुलप्रसाद बाँस्कोटाले अघिल्लो अर्थमन्त्रीबाट उक्त प्रस्ताव आएकाले अहिले स्वामित्व लिन नसकिने भएकाले पुनःलेखन गर्न माग गरे । “मैले यसमा छलफल गर्न त्यति आवश्यक ठानेको छैन । अहिले जे आएको यसले मुलुकको समस्या सम्बोधन गर्न सक्दैन । पुनःलेखन गरेर अर्को आउँछ भने छलफलको आवश्यकता नै पर्दैन ।”, उनले भने, “दुई चार वर्षदेखि नै त्यही कुरा छ । एउटा मलकारखाना भनिएको छ । मल दिन त सक्या छैन कारखाना कहिले हो ? खोक्रो आश्वासन बाँड्ने गरी सिद्धान्त नबनाऔँ । काम गर्न, पढन र स्वास्थ्य उपचारका निम्ति बाहिर जानुपर्ने अवस्था छ यस्तो कहिले अन्त्य हुन्छ ? मुख्य प्रश्न यही छ ।”
सांसद सोबिता गौतमले दिगो विकास लक्षित विकास नीति, पर्यटन नीति र कृषि शैक्षिक हबका रुपमा विकास गर्न सुझाव दिइन् । सांसद विनोद चौधरीले विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सक्नुपर्ने बताउँदै भने, “रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा पुनःलगानी गर्न नसक्नु अत्यन्त दुःखद अवस्था हो । पर्यटनमा नयाँ गन्तव्य खोल्न नसक्नु, निर्माण सम्पन्न भएका भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन नसक्नु र लुम्बिनीमा पर्यटन प्रर्वद्धन गर्न नसक्नुजस्ता समस्या यथावत छन् । तिनको समाधान खोजिनुपर्छ ।”
सांसद जुलीकुमारी महतोले देशको अर्थतन्त्रलाई लयमा अघि बढाउन सिद्धान्त र प्राथमिकतामा ठोस कुरा नभएको बताइन् । उनले अर्थतन्त्रको समस्या र चुनौती पहिचान प्रस्तुत प्रस्तावले गर्न नसकेकाले पुर्नलेखनको माग गरिन ।
सांसद महेन्द्रबहादुर शाहीले देशको अर्थतन्त्रलाई उत्पादनमा बढी केन्द्रित हुनुपर्ने जनाउँदै भने, “हामीसँग अथाह साधन स्रोत छ तर अहिले हामी मानव विकासको सूचाङ्कमा सबैमा पछाडि छाैँ । त्यसकारण सरकारले बृहत् गुरुयोजना पेश गर्न जरुरत छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...




प्रतिकृया लेख्नुहोस्: