Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

सन्धिखर्क नगरपालिकामा ७५ जना असल बुहारी सम्मानित

खबरडबली संवाददाता

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले ७५ जनालाई असल बुहारीका रुपमा सम्मान गरेको छ । नगरपालिकाका १२ वटै वडामा ९० वर्षभन्दा बढी उमेरका वृद्धवृद्धालाई राम्रोसँग पालनपोषण गरेको भन्दै नगरपालिकालाई ती बुहारीहरुलाई सम्मान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए । 

उपप्रमुख असल बुहारी सम्मान कार्यक्रम अन्तर्गत उनिहरुलाई सम्मान गरिएको नगर उपप्रमुख मिश्रा आचार्यको भनाइ छ । नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले वृद्धवृद्धालाई वृद्धाश्रममा होइन घरमै स्याहारसुसार गर्नुपर्छ भन्ने सन्देश दिन असल बुहारीहरुलाई सम्मान गरिएको बताए । 

सासुससुराको स्याहार सुसार गर्दा आफूलाई उनिहरुको आशीर्वाद प्राप्त भएको असल बुहारी सन्धिखर्क–१ का सुन्ताला श्रेष्ठले बताइन् । नब्बे वर्षभन्दा बढी उमेरका ससुरा  बुबाको स्याहारसुसार गर्न पाउनुमा आफू भाग्यमानी भएको र अभिभावकको आशीर्वादले परिवारमा राम्रो भएको उनले बताइन् । 

वृद्धवृद्धालाई दिसापिसाब गराउने, स्याहारसुसार गर्ने, खाजा तथा खानाको उचित प्रवन्ध गर्ने, समय तालिकाअनुसार औषधि खुवाउने बुहारीलाई वडा कार्यालयले गरेको सफिारिसका आधारमा करुवा, खादा र आतेजाते भाडासहित सम्मान गरिएको नगरपालिकाका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख पुष्पा भुसालको भनाइ छ ।

‘सबै नगरबासीको रहर, सुन्दर र समृद्ध नगर’ भन्ने नाराका साथ सम्पन्न उपप्रमुख असल बुहारी सम्मान कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, उपप्रमुख मिश्रा आचार्य, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, कार्यपालिका सदस्य लिला भुसाल, कृष्णा भुसाल, शारदा परियार, स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुली,  वडा सदस्य सुन्तला श्रेष्ठलगायतको उपस्थिति थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending