Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

विश्व क्षयरोग दिवस: सन् २०५० सम्म नेपाललाई क्षयरोग मुक्त बनाइने

खबरडबली संवाददाता

काठमाडौं । सरकारले सन् २०५० सम्ममा मुलुकलाई क्षयरोग मुक्त घोषणा गर्ने लक्ष्य लिएको छ । विश्व क्षयरोग दिवसका अवसरमा आज भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्ज्वल श्रेष्ठले क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत अहिले एक सय २५ स्थानीय तहमा क्षयरोगको पहिचान, निदान र उपचार सेवामा सुधार गरिएको जानकारी दिए । 

अभियान क्रमशः सात सय ५३ वटै स्थानीय तहमा लागू गरिने उनको भनाइ छ । उनका अनुसार गत आर्थिक वर्षमा २५ वटा स्थानीय तहबाट सुरु गरिएको सो अभियान चालु आवमा थप एक सय स्थानीय तहमा सुरु गरिएको हो । 

निर्देशक श्रेष्ठ समुदायको सक्रियतामा सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल बनाउने र क्षयरोगको निदान उपचारमा लाग्ने आर्थिक व्ययभारलाई शून्यमा झार्ने लक्ष्य लिएको बताए । सरकराले सन् २०३५ सम्म क्षयरोगको महामारी अन्त्य गर्ने लक्ष्य लिएको छ । हाल प्रति एक लाखमा दुई २९ जना क्षयरोगी छन् ।  निर्देशक डा श्रेष्ठका अनुसार आव २०७९/८० मा नेपालमा ७० हजार नयाँ क्षयरोगका बिरामी थपिएको र करिब १८ हजारको मृत्यु हुने गरेको तथ्याङ्क छ । 

नयाँ बिरामीमध्ये ३७ हजार चार सय ४७ जना मात्र उपचारमा आएको उनको भनाइ छ । तीमध्ये तीन हजार छ सय ५८ बालबालिका उपचाररत छन् । क्षयरोगका बिरामीमध्ये ७२ प्रतिशत फोक्सोका बिरामी र २८ प्रतिशत अन्य अङ्गका बिरामी हुने गरेका छन् । अन्य अङ्ग फोक्सोको पानी, हड्डी र दिमागमा पनि क्षयरोग लाग्ने गरेको उनले बताए । 

विश्वमा औषधि प्रतिरोधी क्षयरोगको उच्च भार भएका ३० देशमध्ये नेपाल पनि छ । आव २०७९/८० मा दुई हजार नौ सय जनामा औषधि प्रतिरोधि क्षयरोग विकास हुने अनुमान गरिएकोमा छ सय ९३ बिरामी मात्र निदान गरिएको र पाँच सय ४६ बिरामीको उपचारको दायरामा आएको कार्यकारी निर्देशक डा श्रेष्ठले बताए । औषधि प्रतिरोधी क्षयरोगका बिरामीको उपचार सफलता ८२ प्रतिशत रहेको उनले बताए । 

क्षयरोगका ६८ प्रतिशत विरामी मधेस, बागमती र लुम्बिनी प्रदेशका रहेका छन् । क्षयरोगको मृत्युको दर तीन प्रतिशत छ । क्षयरोग माइक्रो ब्याक्टेरियम ट्युबरक्लोसिस नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो । क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्ने रोग हो । एक जनाबाट १० जनासम्म क्षयरोग सर्न सक्दछ । फोक्सोमा क्षयरोग लागेमा सर्ने र अन्य अङ्गमा लागेमा नसर्ने निर्देशक श्रेष्ठले बताए । 

क्षयरोग भएका बिरामीले खोक्दा, हाछ्युँ गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुन्छ । क्षयरोगबाट ७२ प्रतिशत फोक्सोलाई सङ्क्रमण गर्छ । यस्तै मुटुको बाहिरी झिल्ली, मासु, जोर्नी, मस्तिष्कमा पनि क्षयरोगले असर गर्दछ । 

केन्द्रका निर्देशक डा श्रेष्ठले क्षयरोगका बिरामीले कम्तीमा ६ देखि बढीमा १२ महिनासम्म चिकित्सकको निगरानीमा बसेर औषधि सेवन गरेमा ९० प्रतिशत रोग निको हुने बताए । उनका अनुसार क्षयरोगको जोखिम १५ देखि ४४ वर्ष उमेर समूहका छन् । पछिल्लो वर्षमा ६५ वर्षभन्दा माथिका वृद्धवृद्धामा पनि क्षयरोग देखिने गरेको पाइएको छ । 

केन्द्रले छिटो र छरितो तरिकाले रोग पहिचान गर्न १५ केन्द्रबाट एक सय १३ स्वास्थ्य संस्थाबाट एक सय ३१ वटा मेसिन जडान गरी रोगी पत्ता लगाउने गरेको उनको भनाइ छ । हाल नेपालभर छ हजारभन्दा बढी स्वास्थ्य संस्थामा क्षयरोगविरुद्धको औषधि निःशुल्क उपलब्ध छन् ।

कुपोषण भएका, धुमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, मधुमेहका बिरामी, मादकपदार्थ सेवन गर्ने, एचआइभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस क्षयरोगको उच्च जोखिम पर्ने गर्दछन । तौल कम हुनु, खानामा रुचि कम हुनु, दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, राति ज्वरो आउनु क्षयरोगका प्रमुख लक्षण हुन् । 

यही चैत ११ गते ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाइँदै छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अफगानिस्थान अधिकारहिरुद्वारा शरणार्थीलाई सहयोग गर्ने सहायता संस्थाहरूसँगको सम्झौतामा हस्ताक्षर

काबुल । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयका अधिकारीहरुले शरणार्थी र आन्तरिक रूपमा विस्थापित परिवारहरूलाई सहयोग गर्न नर्वेजियन अन्तर्र...

पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय

काठमाडाैँ । पकिस्ताको सैन्य अदालतले पाकिस्तानको शक्तिशाली “इन्टर–सर्भिस इन्टेलिजेन्स जासुसी” एजेन्सीका पूर्व प्रमुखलाई राज्यको गोप्यताको उल्लङ्घन र अख...

माेरङमा एउटै गाउँबाट दुई करोडको तरुल उत्पादन

मोरङ । माटोअनुसार बाली छनोट गर्न सके सिँचाइ सुविधा कम भएका खेतबाट पनि राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरण मोरङको सुन्दरहरैंचा नगरपालिका–७ र ८ का कि...

कांग्रेसद्वारा उदयपुरको दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस

उदयपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कांग्रेस उदयपुरले उम्मेदवार सिफारिस गरेको छ। कांग्रेस जिल्ला कार्यसमितिका सभापति ...

प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीले बुझायाे ज्ञापनपत्र

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष जय मातृभूमि पार्टीको एक प्रतिनिधिमण्डलले भेट गरी बिहीबार ज्ञापनपत्र बुझाएको छ । उक्त पार्टीले केवल चुना...

कोटेश्वर महादेवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भट्टराई मृत फेला

काठमाडौं । कोटेश्वरको महादेवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बैजहरि भट्टराई मृत फेला परेका छन् । ५२ वर्षीय भट्टराई शंखमूलस्थित बागमती नदीमा मृत...

खानेपानी संस्थान धनगढीले दुई करोड ३१ लाख बक्यौता उठाउन बाँकी

कैलाली । लामो समयदेखि धनगढीमा खानेपानी वितरण गर्दै आएको नेपाल खानेपानी संस्थानको विभिन्न व्यक्तिगत र सार्वजनिक संस्थाबाट उठाउन बाँकी बक्यौता रकम रु दु...

हिमालका हिउँ पग्लेपछि चमक हराउँदै

सोलुखुम्बु । दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर उभिएजस्ता देखिने चम्किला चुच्चुराबाट यो जिल्ला परिचित रहँदै आएको थियो । यसबाट पर्यटक मोहित हु...

माेरङमा वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

विराटनगर । मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो परिमाणमा गएराति लागूऔषध गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय र...

सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० जना नयाँ मतदाता थपिएका छन् । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले आगामी फागुन २१ ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending