Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

हाब्रे अध्ययन तथा संरक्षणमा जापानी चिडियाखानाले सघाउने

खबरडबली संवाददाता

काठमाडौं । जापानी शहर फुकुओकाको एक चिडियाखानाले नेपालको हाब्रे (रेन्ड पान्डा) संरक्षणमा सहयोग गर्ने भएको छ । हाब्रे संरक्षणमा काम गर्ने रेडपान्डा नेटवर्कसँग ओमुता सिटी जुले सहकार्यको सम्झौता गरेको हो ।

दुई पक्षबीच शुक्रबार काठमाडौंमा आयोजित समारोहमा समझदारीपत्र आदानप्रदान भएको छ । रेडपान्डा नेटवर्कका कार्यकारी निर्देशक आङ फुरी शेर्पा र सिटी जुकी प्रवक्ता डा. कानाको तोमिसावाले समझदारीपत्र आदानप्रदान गरेका हुन् ।

जसअनुसार जापानी चिडियाखानले रेडपान्डा संरक्षणका लागि प्राविधिक सहयोग उपलब्ध गराउनेछ । यस क्रममा जापानको उक्त चिडियाखानामा चन्दा बाकस राखी अवलोकनकर्ताबाट समेत चन्दा संकलन गरिने डा. तोमिसावाले बताइन् । उनले नेपालको वन्यजन्तु संरक्षणमा सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् ।

नेटवर्कका कार्यकारी निर्देशक आङ फुरी शेर्पाले जापानको चिडियाखानासँगको सहकार्यले नेपालको रेडपान्डा संरक्षणमा नयाँ अभ्यास थालनी हुने बताए । उनका अनुसार रेडपान्डाको गतिविधि अवलोकनका लागि रेडपान्डा संरक्षित क्षेत्रमा क्यामेरा जडान गरिनेछ । साथै, रेडपान्डा संरक्षणका लागि स्थानीय सरकारका प्रतिनिधि, सर्वसाधारण र विद्यालयका बालबालिकामा सचेतनामूलक गतिविधि गरिनेछ ।

रेड पान्डा (हाब्रे) राति पनि हिँडडुल गर्ने र विशेषतः बिहान–बेलुका बढी सक्रिय हुने प्राणी हो । हाब्रेले गाउँघरमा निगालो भनिने चार–पाँच मिटरम्म अग्लो हुने ड्रेपानोस्टाचियम, हिमालयकालामस, थाम्नोकालामस र गाउँघरमा मालिङ्गो भनिने युशानिया जातका वनस्पतिका पात र टुसा रुचाउँछ । “दक्षिण र दक्षिणपूर्व एशियामा मात्र पाइने यी वनस्पतिमा पौष्टिक तत्व न्यून हुन्छ,” पाण्डा संरक्षणमा सक्रिय सोनाम लामा भन्छन्, “यसले खाने आहारमा पौष्टिक तत्व कम हुने भएकै कारण रेड पान्डाले चौबीसै घन्टा खाइरहन्छ ।”

रेड पान्डा चीनको दक्षिणपूर्वी क्षेत्र सिचुवान, युनानदेखि बर्मा, भुटान, भारत र नेपालमा पाइन्छ । तर, यसको वासस्थान खण्डित हुँदैछ । एक वासस्थानबाट अन्यत्र जाने जंगल मासिँदै जाँदा यसलाई जोगाउने चुनौती पनि बढ्दै गएको छ ।

रेड पान्डा निश्चित क्षेत्रमा एक्लै बस्न रुचाउने एकान्तप्रिय वन्यजन्तु हो । विशेषतः एउटा पोथी रेड पान्डा एउटा क्षेत्रमा एक्लै बस्छ । त्यहाँ उसलाई कुनै अर्को पोथीको उपस्थिति सह्य हुँदैन । भालेको पनि आफ्नै निश्चित क्षेत्र हुन्छ । तर, भाले चाहिँ संसर्गको मौसममा तीन–चार वटा पोथीको क्षेत्र चहार्छ ।

सुरक्षाको दृष्टिले हाब्रेका लागि जनवरीदेखि अप्रिलसम्मको समय संवेदनशील हो । यो समय यसको संसर्गको समय हो । एउटा भाले तीन–चारवटा पोथीको वासस्थान क्षेत्रमा पुग्छ । पोथीहरू छुट्टाछुट्टै बस्ने भएकाले भालेले निकै दूरी तय गर्नुपर्छ । यो समयमा मानिस र अन्य जीवजन्तुसँग यसको जम्काभेट हुने सम्भावना बढी हुन्छ । त्यस्तै, अर्धवयस्क बच्चाहरू फेब्रुअरीमा आमालाई छाडेर नयाँ वासस्थान खोज्न निस्किँदा पनि लामो दिनसम्म यात्रा गर्छन् ।

“त्यो बेला उसको जम्काभेट अन्य वन्यजन्तु वा गाउँका मान्छेसँग हुन सम्भावना अधिक हुन्छ” रेडपान्डा नेटवर्कका कार्यक्रम प्रमुख लामा भन्छन्, “फेरि यहीबेला उसले खाने  मालिङ्गो र निगालोको अभावमा आहारा खोज्न पनि धेरै हिँड्नु पर्छ । चाँडै कुद्न नसक्ने र मानिस नजिकै जाँदा पनि हत्तपत्त नभाग्ने भएकाले पाण्डालाई अधिक जोखिम हुन्छ ।”

यसको संख्या सन् १९९७ देखि २०१५ का बीच झण्डै ५० प्रतिशतले  घटेको अनुमान थियो । तसर्थ, सन् २०१५ मा विश्व प्रकृति संरक्षण संघ आईयूसीएनले रेड पान्डालाई संकटापन्न प्रजातिको सूचीमा राखेको छ । रेड पान्डालाई दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार नियन्त्रण महासन्धि (साइटिस) को अनुसूची १ मा पनि समावेश गरिएको छ ।

अनुसूचीमा रेड पान्डा सहित बाघ, हात्ती, गैंडा, हिउँ चितुवा, चितुवा, जङ्गली याक आदि समावेश छन् । यो अनुसूचीमा परेका वन्यजन्तु तथा वनस्पति संसारभरि नै बिक्री गर्न प्रतिबन्ध छ । संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ अनुसार दुर्लभ वा लोपोन्मुख वन्यजन्तु वा सोको नमूना सम्बन्धी कसूर गर्नेलाई कसूरको मात्रा हेरी अनुसार पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्ने उल्लेख छ ।  

रेड पान्डा जोगाउन सबैभन्दा मुख्य कुरा त प्राकृतिक वासस्थान नै सुरक्षित बनाउनुपर्ने उनी बताउँछन् । “हाब्रे पाइने निगालो र मालिंगोको जंगल जोगाउने र त्यस्ता जंगलमा मानिसको आवातजावत रोकिनुपर्छ,” उनी भन्छन्, “जनवरीदेखि अप्रिलसम्म रेड पान्डाको निम्ति जोखिमयुक्त छ भन्ने सन्देश सरकारी निकाय, संरक्षणसँग सम्बद्ध संघसंस्था र विद्यालय तहबाट प्रचार गरिनुपर्छ । सो काममा यो परियोजना प्रभावकारी हुने आशा छ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE