Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

ओझेलमा अपाङ्गता भएकालाई पढाउने विद्यालय

खबरडबली संवाददाता

बागलुङ । शारीरिक अपाङ्गता भएका पोखरा महानगरपालिका–१७ निवासी सुस्मा रुचाल हाल बागलुङ नगरपालिका–१ स्थित रामरेखा आधारभूत विद्यालयमा अध्ययनरत छिन् । 

परिवारको हेरचाह नपाउँदा पढ्न नपाएका रुचाल आवासीय सुविधासहित अध्ययन गरिरहेकी छिन् । यस विद्यालयमा रुचालजस्ता १४ जना अपाङ्गता भएका विद्यार्थी आवासीय सुविधासहित अध्ययनरत गरिरहेका छन् । शारीरिक रुपमा अपाङ्गता भएका, अभिभावकविहीन, हेला होचामा परेकाजस्ता विद्यार्थीलाई यस विद्यालयले अध्ययनको व्यवस्था मिलाएको छ तर तिनै अपाङ्गता भएका विद्यार्थीलाई पढाउने विद्यालय सरोकारवालाको नजरमा पर्न सकेको छैन । 

सो विद्यालयमा बागलुङ बजारका श्रमिक तथा माझी समुदायका एक सय १७ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । ग्रामीण भेगका विद्यालयहरु सुविधा सम्पन्न भइसक्दा सदरमुकामसँगै रहेको रामरेखा आधारभूत विद्यालयमा भौतिक पूर्वाधारलगायत संरचनामा निकै कमजोर छ । 

अपाङ्गता भएका विद्यार्थी पढाए पनि अपाङ्गमैत्री पूर्वाधार बन्न सकेको छैन । सीमित स्रोत र साधनले विद्यालय चलिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र केसीले बताए । “विभिन्न जिल्ला र बागलुङका दूरदराजमा रहेका अपाङ्ग बालबालिकालाई शिक्षा दिनु हाम्रो कर्तव्य हो तर विद्यालयको आन्तरिक आय छैन । 

सरकारले आवासीय सुविधाका लागि दिएको मासिक चार हजारले पुग्दैन”, अध्यक्ष केसीले भने, “अपाङ्गमैत्री केही भौतिक संरचना भए पनि पूर्ण छैन । अपाङ्गमैत्री शौचालय, लत्ताकपडा, स्याहारसुसारको अभाव छ । अतिरिक्त सहयोग कतैबाट पाइएन ।”  

विद्यालयमा लोपोन्मुख माझी समुदायका छोराछोरी समेत पढ्दै आएका छन् । विद्यालय सञ्चालनमा थुप्रै कठिनाइ रहेको विद्यालयका निमित्त प्रधानध्यापक सृजना पौडेलले बताए । एकजनाले मासिक रु १२ हजार तलबमा २४ घण्टा अपाङ्गता भएका बालबालिकाको स्याहार गर्ने कार्य कठिन भएको प्रअ पौडेलको भनाइ छ । 

“शारीरिक रुपमा कमजोर बालबालिकाको नियमित औषधि तथा उपचारको खाँचो छ । औषधि उपचारको खर्च विद्यालयले थेग्न सकेको छैन”, प्रधानअध्यापक पौडेलले भने, “बागलुङ बजारमै भएर समेत हाम्रो विद्यालयमा कसैको नजर परेको छैन ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु

एजेन्सी । मालीको राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र सैनिक विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु र दुई सय ५५ जना घाइते ...

माओवादी केन्द्रले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पद...

कुलोमा खसेर बालिकाको मृत्यु

बुटवल । बुटवलको सोह्र छत्तिस कुलोमा खसेर एक बालिकाको मृत्यु भएको छ । बिहीबार खेल्ने क्रममा बुटवल उपमहानगरपालिका– ११ की ४ वर्षीय विविशा खरेल स्रोत छत्त...

खैरो हेरोइनसहित दुईजना युवती पक्राउ

कैलाली​ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–८ स्थित धनगढीगाउँबाट प्रहरीले लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा २७ वर्षीया ...

मुस्ताङको जोमसोममा बसपार्क सञ्चालन

मुस्ताङ । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमस...

दुईतिहाइको वर्तमान सरकार सबैभन्दा अस्थिर छ:लामिछाने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुईतिहाइको वर्तमान सरकार सबैभन्दा अस्थिर रहेको टिप्पणी गरेका छन् । कांग्रेस सभापति रिसा...

फिल्म ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिक

काठमाडौं । असोज १७ गते (घटस्थापना) देखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक...

फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्बजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ स्थानमा झरेको हो । यसअघि नेपाल...

खाद्य सुरक्षाका लागि सुपथ मूल्य पसल : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संविधानमा खाद्य सुरक्षा र सम्प्रभुता मौलिक हकका रुपमा राखिएकाले त्यसको कार्यान्वयनमा सर...

समयसापेक्ष संशोधनले दीर्घ जीवन प्राप्त गर्छ: महामन्त्री शर्मा

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समयसापेक्ष संशोधनले नै संविधानले दीर्घजीवन प्राप्त गर्ने बताएका छन् ।  नेपाली कांग्रेसको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy