Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

सुदूरपश्चिममा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

खबरडबली संवाददाता

सुदूरपश्चिम । कैलालीको भजनी नगरपालिका–२ रजवाराका १३ वर्षीया बालिका ममता विकको नजिकैको काँडा नदीमा नुहाउने क्रममा आज डुबेर मृत्यु भएको छ । 

डुबेर गम्भीर घाइते भएकी उनीको भजनीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो । भजनी– सुख्खड सडक खण्डमा से१त ८६३५ नम्वरकाे ट्र्याक्टरले ठक्कर दिँदा घाइते भएका सुपप्र ०१०१० प ९०६८ नंको मोटरसाइकलका चालक भजनी नगरपालिकाका २५ वर्षीय धिरज चौधरीको उपचारका क्रममा मृत्यु भएको छ । ठक्कर दिएर फरार ट्र्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 
 
यसैगरी, कैलालीको चुरेपहाडी क्षेत्र मोहन्याल गाउँपालिका–३ मा रहेको साँघुरो खोलामा आजै एक व्यक्ति मृतावस्थामा भेटिएका छन् । 

सुर्खेत घर भई हाल मोहन्यालमा बस्दै आएका ४२ वर्षीय भक्तबहादुर रानामगर उक्त खोलामा मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्व मन्त्री तथा माओवादी केन्द्रका नेता पदम राईको निधन, अध्यक्ष प्रचण्डद्वारा श्रद्धाञ्जली अर्पण

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा भाैतिक याेजना तथा निर्माण राज्यमन्त्री पदम राईको निधन भएको छ । पार्किन्सन रोगबाट थलिएका उनको उपचारका क्रमम...

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीकाे मृत्यु

सर्लाही । सर्लाहीको बागमती नगरपालिका-११ स्थित महेन्द्र जनता मावि नजिक पूर्व-पश्चिम लोकमार्गमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएकाे छ ।  आज साँ...

रोजगारीको माग गर्दै मधेस प्रदेशका शहीद परिवारको प्रदर्शन

जनकपुर ।  मधेस आन्दोलनका शहिद परिवारका सदस्यहरूले रोजगारीको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गरेका छन् । सो आन्दोलनमा ...

कास्कीमा बालिकालाई बन्धक बनाइ यौन धन्दामा चलाएकाे आराेपमा तीनजना पक्राउ

कास्की । बालिकालाई बन्धक बनाइ यौन धन्दामा लगाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पोखराको लेकसाइडस्थित स्नोल्याण्ड होटलले सञ्चालन गरेको भिष...

धान फल्ने खेतमा लगाएको सुन्तलाबाट दश लाख आम्दानी

म्याग्दी । १३ वर्षअघि अंश वापत पाएको पाँच रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालिका–४ सुर्केमेलाका डिलबहादुर केसीलाई धेरैले गाली गर...

इन्भेस्टमेन्ट कम्पनीको सेयर कारोबारसम्बन्धी नयाँ प्रावधान

काठमाडौं । गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापित इन्भेष्टमेन्ट कम्पनीको सेयर कारोबारसम्बन्धी नयाँ व्यवस्था गरिएको छ । धितोपत्र बजारको नियामक निका...

अर्थोपेडिक अस्पताल जोरपाटीद्वारा ३४ बिरामीको घुँडाको शल्यक्रिया

काठमाडौं । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ । अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’ को सहयोगमा ...

सङ्खुवासभामा अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता

सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–११ खहरेस्थित अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता भएका छन् । चैनपुर–११ कुइबिरका ४८ वर्षीय गजेन्द्र ज...

काठमाडौँका विभिन्न क्षेत्रमा तीन जना मृत फेला

काठमाडौं । काठमाडौँका विभिन्न क्षेत्रमा आज (शनिबार) मात्रै तीन जना मृत भेटिएका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका, टोखा र दक्षिणकालीमा शव भेटिएको ...

गुल्मीबाट मात्रै अख्तियारमा ६० उजुरी दर्ता

गुल्मी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयमा चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म जिल्लाका ६० उजुरी दर्ता भएका छन् ।  उजुरीमध्ये ३५...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy