कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा विदेशी पर्यटक होलीमा रमाएका छन् । पर्यटकीय गन्तव्य लेकसाइडका सडकमा पर्यटक एकापसमा रङ्ग दलेर होली पर्व मनाएका हुन् ।
रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फेवाताल किनारमा होली महोत्सव आयोजना गरेको थियो । महोत्सवमा पर्यटक बाजागाजासहित नाचगान र विभिन्न रङ्गहरु अनुहारमा दलेर रमाएका हुन् ।
विभिन्न देशका पर्यटकहरुले एकापसमा रङ्ग दलेर होलीमा रमाइलो गरे । होली महोत्सवअन्तर्गत अम्मट चौतारामा आन्तरिक तथा बाह्य पर्यटकलाई सहभागी गराई सामूहिक रुपमा होली खेलिएको थियो । पञ्चेबाजा र गीत–सङ्गीतका साथमा होली मनाइएको रेवान पोखराका अध्यक्ष नरेशबहादुर भट्टराईले बताए ।
पर्यटक होली खेल्दै गौरीघाट, बाराहीचोक–हल्लनचोक हुँदै खहरेचोकसम्म पुगेका थिए । पोखरामा पाँच सय विदेशी पर्यटक होलीमा रमाएको रेवानले जनाएको छ ।
रेवानका अध्यक्ष भट्टराईले विगतदेखि नै होली पर्वमा विदेशी पर्यटकले रमाइलो मानेर सहभागी हुने गरेको बताए । रेवानले एक दशकअघि देखि होली महोत्सव आयोजना गर्दै आएको छ । होलीमा रमाइलो गर्नका लागि भनेर कतिपय पर्यटकले पोखराको बसाइ लम्ब्याउने गरेको भट्टराईले बताए । उनले भने, “स्वदेशी मात्र होइन विदेशी पर्यटक होलीमा रमाउने गरेका छन् । कतिपय पर्यटकले आफ्नो देश फर्कने तालिका पछि सारेर होलीका लागि बस्ने गरेका छन् ।”
चीन, अमेरिका, बेलायत, अष्ट्रेलियालगायत देशका पर्यटक होलीमा रमाएका हुन् । पर्यटकलाई रमाइलो गराउनका लागि लेकसाइडको सडकमा पञ्चेबाजा, विभिन्न अङ्ग्रेजी गीत–सङ्गित तथा नृत्य प्रस्तुत गरिएको थियो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले फागू पूर्णिमा मनाउनका लागि स्वदेशी पर्यटकको गन्तव्य पोखरा बनेको बताए । होलीका लागि देशका विभिन्न भागबाट पर्यटक यहाँ आएको उनले जानकारी दिए । होली मनाउने उपयुक्त गन्तव्य पोखरा बन्दै गएको छ । यहाँ भएका विदेशी मात्र होइन, स्वदेशी आउने गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: