कास्की । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेल क्षेत्रमा राजनीतिकरण बन्द हुनुपर्ने बताएका छन् ।
सहकार्यबाट खेलकुद विकास सम्भव रहेकाले सबैसँग सहकार्य गरेर अघि बढ्ने उनले स्पष्ट पारे । पोखरा रङ्गशालाको आज निरीक्षणपछि सञ्चारकर्मीहरुसँगको भेटघाटमा उनले राजनीतिक नियुक्ति लिएर जनैमा साँचो हाले जसरी बसेर खेलाडी र खेल क्षेत्रलाई बन्धक बनाउने राजनीति अब बन्द गर्नुपर्ने जिकिर गरे ।
“खेल क्षेत्रमा राजनीति बन्द गरौँ । खेलकुद संरचना बनाउने, खेलाडीको भविष्य उज्ज्वल बनाउने राजनीति मात्र गरौँ ।” उनले भने । खेलकुदमन्त्री श्रेष्ठले पोखरा रङ्गशालाभित्रका खेल पूर्वाधारको अवलोकनपछि आफू उत्साहितसँगै पूर्वाधार संरक्षणलाई लिएर भने चिन्तित बनेको बताए ।
राज्य र जनताको करबाट निर्मित संरचना अधिकतम टिकाउनुपर्ने चुनौती रहेको उल्लेख गरे । उनले भने, “सरकारबाहेक पनि कतिपय संरचना खेलाडी, प्रशिक्षक र खेलाडीका परिवारबाट समेत बनेका रहेछन् । खेल पूर्वाधार संरक्षण भएन भने छिट्टै बिग्रन्छ । राम्रा संरचना संरक्षण नुहुन चिन्ताको विषय रहेको छ ।”
मन्त्रालयले आगामी वर्ष खेल पूर्वाधार संरक्षणका लागि बजेट विनियोजन गर्ने तयारी गरेको जानकारी दिए । खेलकुदमा लगायनी गर्नका लागि पछिल्लो समय नीजि क्षेत्र उत्साहित रहेकाले सार्वजनिक तथा निजी क्षेत्रको सहकार्यबाट खेलकुद विकास गरिने उनले बताए ।
खेलकूदमन्त्री श्रेष्ठले पोखरा रङ्गशालाभित्र रहेका अन्तर्राष्ट्रिय फुटबल स्टेडियम, क्रिकेट मैदान, टेनिस कोर्ट, भलिबल कोर्ट, स्क्वास लगायतका खेलका पूर्वाधारको अवलोकन गरेका थिए ।
खेलकुदमन्त्री श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँ, प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देल लगायतले खेल पूर्वाधार र खेलकुद क्षेत्रका समस्याका बारेमा जानकारी गराए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: