काठमाडौं । काठमाडौंमा आजदेखि ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ सुरु भएको छ ।
प्रदर्शनीको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यस कार्यक्रममार्फत बागमती प्रदेशका कलालाई नजिकबाट चिन्ने अवसर पाएको बताए । यो प्रदेशस्तरीय प्रदर्शनीको अन्तिम कायर्यक्रम हो । यसअघि छ प्रदेशमा प्रादेशिक प्रदर्शनी सम्पन्न भइसकेको छ ।
उनले बागमती प्रदेश कला, संस्कृतिसँगै भौगोलिकरूपमा पनि विविधतायुक्त भएको बताउँदै यसको संरक्षण तथा प्रवद्र्धनमा यस्ता प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे । मन्त्री तामाङले पुराना कलाकारबाट प्रेरणा, नयाँले सिर्जना र यी दुवैको संयोजनबाट देशको अर्थतन्त्रमा योगदान पुर्याउन सहयोग गर्ने जिकिर गरे । उनले ललितकलाको प्रदेश प्रतिष्ठान स्थापनका लागि आफूले पहल गर्ने पनि बताए ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाको विकास, प्रवद्र्धनमा ललितकलाको ठूलो भूमिका भएको बताए । उनले छायामा परेका कलालाई प्राथमिकता दिनुपर्ने बताउँदै प्रदेशमा तथा पालिकाले प्रतिष्ठानसँगको सहकार्यमा काम गरिरहेको र यसले सकारात्मक परिणाम दिएको धारणा राखे ।
प्रतिष्ठानका उपकुलपति एवम् बागमती प्रदेश कला प्रदर्शनी समन्वय समिति संयोजक लालकाजी लामाले प्रदर्शनीमा युवा पुस्ताको सहभागिता उत्साहजनक भएको बताउँदै यसले ललितकलाको क्षेत्रमा नयाँ बाटो कोर्ने धारणा राखे ।
नेपाली ललितकला क्षेत्रलाई स्थानीयस्तरबाटै समृद्ध बनाउँदै यसलाई व्यवसायसँग जोड्नुपर्ने बताउँदै उनले भने, “हाम्रो आवश्यकता हामीले नै बोल्नुपर्छ भनेर प्रदेशप्रदेशमा कार्यक्रम गरिरहेका छौँ ।”
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले नेपालको संविधान २०७२ अनुरूप रही प्रतिष्ठानले पहिलोपटक सातै प्रदेशमा ‘प्रादेशिक ललितकला प्रदर्शनी’ गर्ने सिलसिलामा छ वटा प्रदेशमा प्रदर्शनी सकेर आजदेखि बागमती प्रदेशमा सुरु गरेको बताए । उनले प्रतिष्ठानले गरेको यो अभ्यासले प्रदेशको मौलिक, रैथाने कलालाई संरक्षण तथा प्रवद्र्धन गर्न थप सहयोग पुगेको बताए ।
समारोहमा नेपाली ललितकलाको क्षेत्रमा निरन्तर साधनारत रही ललितकला क्षेत्रको संवद्र्धन एवम् प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याएका अग्रज कलाकार बाबुराज द्यःला, गौतमरत्न तुलाधर, चन्दा श्रेष्ठ, मिरा भट्टराई, साईँला लामा ‘मङ्गल’, पूर्णप्रसाद ह्योजू, पुष्पाञ्जली शेरचनलाई सम्मान गरिएको थियो ।
प्रदर्शनीमा समसामयिक चित्रकला/मूर्तिकला, परम्परागत चित्रकला/मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलालगायतका विविध विधाअन्तर्गतका २१० कलाकारका २४१ कलाकृति राखिएको छ । प्रदर्शनी चैत १६ गतेसम्म चल्ने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: