Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

राजधानीमा प्रादेशिक कला प्रदर्शनी सुरु

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंमा आजदेखि ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ सुरु भएको छ । 

प्रदर्शनीको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यस कार्यक्रममार्फत बागमती प्रदेशका कलालाई नजिकबाट चिन्ने अवसर पाएको बताए । यो प्रदेशस्तरीय प्रदर्शनीको अन्तिम कायर्यक्रम हो । यसअघि छ प्रदेशमा प्रादेशिक प्रदर्शनी सम्पन्न भइसकेको छ । 

उनले बागमती प्रदेश कला, संस्कृतिसँगै भौगोलिकरूपमा पनि विविधतायुक्त भएको बताउँदै यसको संरक्षण तथा प्रवद्र्धनमा यस्ता प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे । मन्त्री तामाङले पुराना कलाकारबाट प्रेरणा, नयाँले सिर्जना र यी दुवैको संयोजनबाट देशको अर्थतन्त्रमा योगदान पुर्‍याउन सहयोग गर्ने जिकिर गरे । उनले ललितकलाको प्रदेश प्रतिष्ठान स्थापनका लागि आफूले पहल गर्ने पनि बताए । 

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाको विकास, प्रवद्र्धनमा ललितकलाको ठूलो भूमिका भएको बताए । उनले छायामा परेका कलालाई प्राथमिकता दिनुपर्ने बताउँदै प्रदेशमा तथा पालिकाले प्रतिष्ठानसँगको सहकार्यमा काम गरिरहेको र यसले सकारात्मक परिणाम दिएको धारणा राखे । 

प्रतिष्ठानका उपकुलपति एवम् बागमती प्रदेश कला प्रदर्शनी समन्वय समिति संयोजक लालकाजी लामाले प्रदर्शनीमा युवा पुस्ताको सहभागिता उत्साहजनक भएको बताउँदै यसले ललितकलाको क्षेत्रमा नयाँ बाटो कोर्ने धारणा राखे । 

नेपाली ललितकला क्षेत्रलाई स्थानीयस्तरबाटै समृद्ध बनाउँदै यसलाई व्यवसायसँग जोड्नुपर्ने बताउँदै उनले भने, “हाम्रो आवश्यकता हामीले नै बोल्नुपर्छ भनेर प्रदेशप्रदेशमा कार्यक्रम गरिरहेका छौँ ।” 

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले नेपालको संविधान २०७२ अनुरूप रही प्रतिष्ठानले पहिलोपटक सातै प्रदेशमा ‘प्रादेशिक ललितकला प्रदर्शनी’ गर्ने सिलसिलामा छ वटा प्रदेशमा प्रदर्शनी सकेर आजदेखि बागमती प्रदेशमा सुरु गरेको बताए । उनले प्रतिष्ठानले गरेको यो अभ्यासले प्रदेशको मौलिक, रैथाने कलालाई संरक्षण तथा प्रवद्र्धन गर्न थप सहयोग पुगेको बताए । 

समारोहमा नेपाली ललितकलाको क्षेत्रमा निरन्तर साधनारत रही ललितकला क्षेत्रको संवद्र्धन एवम् प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्‍याएका अग्रज कलाकार बाबुराज द्यःला, गौतमरत्न तुलाधर, चन्दा श्रेष्ठ, मिरा भट्टराई, साईँला लामा ‘मङ्गल’, पूर्णप्रसाद ह्योजू, पुष्पाञ्जली शेरचनलाई सम्मान गरिएको थियो । 

प्रदर्शनीमा समसामयिक चित्रकला/मूर्तिकला, परम्परागत चित्रकला/मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलालगायतका विविध विधाअन्तर्गतका २१० कलाकारका २४१ कलाकृति राखिएको छ । प्रदर्शनी चैत १६ गतेसम्म चल्ने छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: