Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

राना थारु समुदायमा होलीको मौलिकता हराउँदै

खबरडबली संवाददाता

कञ्चनपुर । राना थारु समुदायका अगुवा शुक्लाफाँटा नगरपाालिका–४ असैनाका सुग्रीव राना होलीको मौलिकता हराउँदै जान थालेकोमा निकै चिन्तित छन् । राना थारु समुदायको महत्वपूर्ण पर्व नै होली भएकाले यस पर्वलाई आधुनिक तरिकाले पस्किने चलनको अन्त्य हुनुपर्नेमा उनि जोड दिन्छन् । 

“होलीको परम्परागत शैलीलाई जीवन्त राख्नका लागि राना थारु समुदायका अगुवाले अगाडि सर्नुपर्ने हुन्छ”, उनले भने, “पहिला जुन विधिमा होलीको संस्कृति चल्थ्यो, त्यसलाई बचाइ राख्न सके मात्रै संस्कृति जोगिन्छ, राना थारु भएको कुरा चिनाउने नै फरक संस्कृति र संस्कार हो, त्यो भएन भने पहिचान नै गुम्छ ।” 

उनका अनुसार पहिला होली गाउँमा मात्रै सीमित रहने गरेको थियो । प्रत्येकको घरमा परम्परागत चलनअनुसार खेलिन्थ्यो । जसको घरमा होली खेलिन्थ्यो, रमाउँदै त्यही घरमा पाकेको खानेकुरा खाएर चित्त बुझाउनु पर्दथ्यो ।

होलीमा सगुनका रुपमा गुड भेली दिने चलन थियो । केहीले फगुवाका रुपमा पैसा पनि दिन्थे । हुनेखाने परिवारले दाल, भातसँगै मासु पनि खुवाउँथे । आर्थिक अवस्था कमजोर हुनेले गच्छेअनुसार दाल भात खुवाएर पठाउँथे । “हाल होली खेल्न गाउँमा मात्रै सीमित नभएर बजार क्षेत्रमा पुगेर खेल्ने गरिन्छ”, उनले भने, “त्यो राना थारु समुदायको चलनभित्र पर्दैन, पैसा कमाउने धन्दाका रुपमा होलीलाई लिन थालिएको छ, त्यसले होलीको मौलिकता पनि खस्कँदै गएको छ, पुराना गीतको ठाउँमा नयाँ गीतले स्थान लिएको छ, कम्मर मर्काउँदै नाच्ने कार्य पहिला हुँदैनथ्यो, अहिले देखासिखिमै होलीलाई विकृत पार्न खोजिएको छ ।” 

पहिलेको र अहिलेको होलीमा धेरै फरक आएको शुक्लाफाँटा नगरपालिका–६ का पूर्व वडाध्यक्ष जगता रानाले बताए । “पहिला सादा होली खेलिन्थ्यो” उनले भने, “हाल आधुनिक (कलाकार) होली खेल्न थालिएको छ, यस कार्यले संस्कृतिलाई धमिल्याउन थालेको छ ।” परम्परागत पहिरन लगाएर पहिला गाउँमा होली खेलेको सम्झना ५५ वर्षीय सवादा रानालाई छ । 

घघँरिया, अँगिया, फतुई, उढनीया लगायतका आकर्षक तरिकाले घरमै हातले बुनेका कपडा पहिरन लगाएसँगै शिरदेखि पाउसम्म छपक्कै ढाकिने गहना लगाउने चलन रहेको उनले बताए । होलीमा सहभागी हुने महिलाले कपालमा चाँदीको चाँपी, कानमा वीर, नक्बेसर, नाकमा नथुनी, घाँटीमा चाँदीको पैसाले बेरेको कालो धागो, त्यसको तल, कठुला, त्यसपछि हसुला, सकरगरेला र हाल लगाउने गर्दथे । पाखुरामा लगौरा, नाडीमा पहुँची, औंँलामा कलात्मक औंँठी, कम्मरमा सिक्रीवाला कैँधनी, पैंतलामाथि ढुन्नी, ढुन्नीको तल पैँडा र पायल लगाउने गर्दथे । गर्धनमा कण्ठ, गरिया र घिच्ची लगाउने गर्दथे । 

“टाउकामा उढनिया, गलामा हार र कण्ठसिरीमाला, छातीमा फतुई, करेहाओमा घँघरिया र खुट्टामा पैणा लगाएको महिलालाई त्यति बेलाको समाजमा उच्च सम्मान गरिन्थ्यो”, उनले भने, “त्यस्तो पहिरन र गहना लगाउने महिलालाई सभ्य र संस्कारयुक्त भएको महिलाका रुपमा चित्रण गरिन्थ्यो ।”

हाल ती गहना थोरै महिलासँग मात्रै रहेका छन् । धेरैले आधुनिक बजारमा चलनचल्तीमा रहेका गहना लगाउने कार्यले पुराना गहनाको महत्व घट्दै गएको उनको भनाइ छ । पुराना गहना बनाउने कारिगर पाउन मुस्किल छ । राना थारु समुदायका पुरुषले झगिया, फेटा र हातमा बिल्ला लिएर होली खेल्ने गर्दथे । हाल पुराना पहिरन, गहना हराउँदै गएको रतनला रानाले बताए । “पुरुषले लगाउने पुरानो पहिरन लगाउँनै छाडेका छन्”, उनले भने, “जनचेतनामा  जोड दिन थालिएपछि विगतमा हराउँदै जान थालेको महिलाका पहिरन जोगाउन भने हालसम्म सकिएको छ ।”

कसरौला गाउँका ७० वर्षीय चन्द्रसेन रानाका अनुसार माघ शुक्लपूर्णिका दिनदेखि होलीको प्रतीक राखेर होली प्रारम्भ गर्ने गरिन्छ । प्रतीक स्थापना गरेको एक महिनासम्म रातिका बेला महिला पुरुषले भगवान्का कथालाई होली गीतमा ढाल्दै गाउने गरिन्छ । त्यो क्रम फागुन शुक्ल पक्षको पूर्णिमासम्म रहन्छ । 

गाउँको दक्षिणी पूर्वतर्फ स्थापना गरिएको होलीका पूर्णिमाको दिन दहन गरिन्छ । एक महिनासम्म रातिका बेला खेलिनेलाई जीउँदो होली भन्ने गरिन्छ । होलिका जलाएको भोलिपल्ट खरानीको टिका लगाउने गरिन्छ । त्योभन्दा अगाडि टिका नलाग्ने चलन राना थारु समुदायमा रहेको चन्द्रसेनले बताए । त्यसै दिनदेखि सात दिनसम्म मरेकी होली खेलिन्छ । आठौं दिनको बेलुका खखडेहरा खेलिन्छ ।

“यस क्रममा होलीलाई बृन्दावन, मथुरामा पठाउने कार्य गरिन्छ”, उनले भने, “खप्टा, घल्ला, घोडाको माटोका प्रतिमालाई फोडने कार्य गरिन्छ ।” फोड्ने कार्यमा गाउँका अगुवा भलमन्सा, गुरुवालगायत मात्रै जाने चलन रहेको छ । यसो गरेपछि दुष्ट आत्मा गाउँमा प्रवेश नगर्ने भनाइ थारु समुदायका बुढापाकाको छ । फोड्ने कार्य गरेर घर फर्कँदा पछाडि फर्केर भने हेर्नु हुँदैन । हेरे दुष्टात्मा पुनः गाउँ फर्कने विश्वास छ ।
 
पुरुषको होली त्यसै बेलादेखि सकिन्छ भने महिलाको होली चैत चराईमा पठाइने गरिन्छ । होली प्रारम्भ गर्दा, होली जलाउने बेला, साँझ, राति, दिउँसो गरी फरकफरक समयमा फरकफरक होलीका गीतहरु गाइने गरिन्छ । होलीमा गीतको सुरुवात गर्ने (अगुवाई गर्ने) महिलालाई मोढी भन्ने गरिन्छ ।

मोढीको सिको गर्दै गीत गाउनेलाई पिछडिया भन्ने गरिन्छ । होलीमा ढोलक बनाउनेलाई ढोलिया भनिन्छ । पुराना होलीका गीतलाई लिपिबद्ध गर्ने कार्य नहुँदा हराउँदै जान थालेकोप्रति राना थारु समुदायका बुढापाकाले चिन्ता जाहेर गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: