Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

सात वर्षपछि धाप्लाङघाट पुलको ‘डिजाइन’ परिवर्तन

खबरडबली संवाददाता

खोटाङ । खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीस्थित धाप्लाङघाटमा मोटरेबल पुल निर्माण थालिएको सात वर्ष भयो । विसं २०७६ मै सम्पन्न भइसक्ने गरी निर्माण कम्पनीले सुनकोशीस्थित सो पक्की पुल निर्माण जिम्मा लिएको हो । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाट पुलको डिजाइन अहिले आएर फेरिएको छ । 

मोटरेबल पुलको करीब १५ प्रतिशत काम भएपछि सडक विभागले मोटरेबल पुलको डिजाइन परिवर्तन गरेको हो । ठेक्का लागेर निर्माण सुरु गरिएको सात वर्षपछि धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पक्की पुलको डिजाइन परिवर्तन गरेपछि स्थानीय बासिन्दा अचम्मित भएका छन् । खोटाङ र उदयपुरतर्फ वर्षौँअघि सडक बनिसकेको भए पनि हालसम्म धाप्लाङघाटमा मोटरेबल पुल नहुँदा झोलुङ्गे पुल प्रयोग हुँदै आएको छ ।

धाप्लाङघाटमा मोटरेबल पुल नहुँदा सबैभन्दा बढी कृषि तथा नगदे बाली निर्यातका क्रममा लोडअनलोड गर्दा किसानले थप व्यायभार खेपिरहेका छन् ।  “नदीमा सवारीसाधन वारपार गर्ने अवस्था छैन । पुल तार्न पैसा तिरेर सामान लोड अनलोड गर्नुपर्ने बाध्यता छ”, बराहपोखरी गाउँपालिकाका प्रमुख शालिकराम वञ्जराले भने, “बनेर सञ्चालन हुनुपर्ने समय बितेको चार वर्ष भयो । बल्ल डिजाइन परिवर्तन भएको छ । अब कहिले निर्माण सम्पन्न हुन्छ टुङ्गो छैन ।”

डिजाइन ‘रिभ्यू’ स्वीकृत भएसँगै निर्माण व्यवसायीले गत फागुन–२८ गतेदेखि धाप्लाङघाटमा मोटरेबल पक्की पुल निर्माणको काम सुरु गरेको पाइएको छ । डिजाइन परिवर्तनसँगै निर्माणाधीन मोटरेबल पुलको चार वटा ‘वेल’ फाउण्डेशनको सट्टामा चार वटा ‘पाइल’ फाउण्डेशन ठड्याइनेछ ।

ठेकेदारले प्राविधिक रुपमा ‘वेल’ फाउण्डेशन बनाउन कठिन भएको भन्दै ‘पाइल’ फाउण्डेशन प्रविधिको पुल निर्माण गर्ने गरी डिजाइन ‘रिभ्यु’ का लागि गत साउन–१५ गते सडक विभागसँग माग गरेको थियो । ठेकेदार कम्पनीले विसं २०७६ असार–२९ गतेभित्र सम्पन्न गर्ने गरी विसं २०७३ असार–३० धाप्लाङघाटको मोटरेबल पुल निर्माणको सम्झौता गरेको थियो । 

म्याद नाघेको चार वर्ष बित्दा ठेकेदारले नदीको दुई किनारमा पिलर मात्र ठड्याएको देखिन्छ । पुल निर्माणमा चरम ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीको रु चार करोड ४२ लाख अग्रिम भुक्तानी जमानत भने विभागले तानिसकेको छ ।

विसं २०७४ भदौ–३१ गते तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धाप्लाङघाटमा निर्माणाधीन दुई सय मिटर लामो मोटरेबल पुल शिलान्यास गरेका थिए । भ्याटबाहेक रु २२ करोड ५० लाखमा विसं २०७६ असार–२९ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

गलत डिजाइनका कारण लामो समयदेखि अलपत्र धाप्लाङघाट पुल डिजाइन परिवर्तनसँगै ठेकेदार कम्पनीले निर्माणको काम पुनःसुरु गरेको खोटाङ प्रदेशसभा ‘ख’ का प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले बताए । “धाप्लाङघाटमा पहिलेको डिजाइन अनुसार मोटरेबल पुल निर्माण हुने सम्भावना थिएन । ठेकेदार कम्पनीले किन निर्माणको काम अगाडि बढाएन भनेर खोजी गर्दा गलत डिजाइन भन्ने बुझियो”, उनले भने, “विज्ञहरुको सुझावअनुसार अहिले धाप्लाङघाटमा मोटरेबल पुल निर्माणको डिजाइन परिवर्तन गरिएको छ । डिजाइन परिवर्तनसँगै ठेकेदार कम्पनीले निर्माणको कामसमेत सुरु गरेको छ । अब भने धाप्लाङघाटमा मोटरेबल पुल निर्माण हुने निश्चित भएको छ ।”

पूर्वी तराईका विभिन्न सहरसँग जोडिन धाप्लाङघाटमा मोटरेबल पुल निर्माण भएपछि खोटाङको बराहपोखरी, जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिका तथा भोजपुरका केही स्थानीयको जीवनशैली फेरिने आशा गरिएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE