Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

मस्को आक्रमण युक्रेनको संलग्नतामा ‘कट्टरपन्थी इस्लामवादी’ समूहले गरेको पुटिनको जिकिर

खबरडबली संवाददाता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत साता मस्कोको बाहिरी क्षेत्रस्थित कन्सर्ट हलमा भएको आक्रमणमा ‘कट्टरपन्थी इस्लामवादीहरू’ जिम्मेवार रहेको साथै यसमा युक्रेन पनि कुनै न कुनै रूपमा यसमा संलग्न रहेको बताएका छन् । 

मार्च २२ मा क्रोकस सिटी हलमा भएको आक्रमणमा संलग्न रहेको आरोपमा रूसी अधिकारीहरूले ११ जनालाई पक्राउ गरेका छन् । सोमबार टेलिभिजनमा प्रसारण भएको वार्तामा रूसी नेता पुटिनले भने, “यो जघन्य अपराध विश्वले नै सदियौंदेखि लड्दै आएको कट्टरपन्थी इस्लामवादीहरूको हातबाट भएको थियो भन्ने हामीलाई जानकारी छ ।”

अलजजीराले रूसी नेता पुटिनलाई उद्धृत गर्दै लेखेको छ, “यो अत्याचार सन् २०१४ देखि नव–नाजी किएभको योजनामा हाम्रो देशसँग युद्ध गरिरहेकाहरूको प्रयासको सम्पूर्ण शृङ्खलाको एउटा कडी मात्र हुन सक्छ ।” 
पुटिनले घटनाबारे गम्भीर भएर सोच्नु र निष्कर्ष निकाल्नु आवश्यक रहेको बताउँदै उनले भने, “निःसन्देह, अपराध गरेपछि आतङ्कवादीहरूले युक्रेन जान किन खोजे र त्यहाँ उनीहरूलाई कसले पर्खिरहेको थिया भन्ने प्रश्नको जवाफ खोज्नु आवश्यक छ ।”

उनले भने, “हामीलाई थाहा छ, रूस र रूसी जनताविरुद्ध यो ज्यादती गर्न कसको हात प्रयोग गरिएको थियो र कसले आदेश दियो भन्ने कुरा हामी जान्न चाहन्छौँ ।” शुक्रबारपछि रूसको खोरासान प्रान्तबाट  इस्लामिक स्टेटले धेरै पटक आक्रमणको पछाडि आफ्नो हात रहेको बताउँदै आएको छ र आईएसआईएलसम्बद्ध सञ्चारमाध्यमहरूले आक्रमणका क्रममा बन्दुकधारीहरूको ग्राफिक भिडियो सार्वजनिक गरेका छन् ।

सोमबार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले तत्काल कसैलाई आरोप लगाउनुभन्दा रूसमा गरिएको आक्रमणको अनुसन्धानको नतिजा पर्खन पत्रकारहरूसँग आग्रह गरेका थिए । अमेरिकाले मार्च ७ मा मस्कोका अधिकारीहरूलाई सम्भावित आक्रमणबारे चेतावनी दिएको भन्ने समाचारबारे टिप्पणी गर्न समेत उनले इन्कार गरे । उनले रूसले त्यस्तो कुनै पनि गोप्य सूचनालाई अनुसन्धान प्रक्रियापछि मात्र सार्वजनिक हुने बताए । 

रुसी अनुसन्धान समितिका अनुसार मार्च २२ मा क्रोकस सिटी हलमा भएको आतङ्कवादी आक्रमणमा अहिलेसम्म कुल १३७ जनाको मृत्यु भइसकेको छ भने र घाइतेहरूको अवस्था हेर्दा मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

मस्को क्षेत्रीय स्वास्थ्य मन्त्रालयले १८२ जना घाइते भएको जनाएको छ । युक्रेनी सीमातर्फ भाग्न खोजेका चार जना संदिग्ध आक्रमणकारीसहित आक्रमणमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान सुरू गरिएको छ ।

युक्रेनको संलग्नता पुष्टि गर्ने प्रमाण नभेटिएको अमेरिकी भनाइ 

मस्कोको कन्सर्ट हलमा भएको आतङ्कवादी हमला क्रोकसस्थित आइएसआइएसले गरेको पुष्टि गर्दै संयुक्त राज्य अमेरिकाले यस आक्रमणसँग युक्रेन र युक्रेनी सरकारको सम्बन्ध रहेको कुनै प्रमाण नभेटिएको बताएको छ ।

ह्वाइट हाउसकी प्रेस सचिव करिन जिन पियरेले यो आतङ्कवादी हमला आईएसआईएसले गरेको र रूसी राष्ट्रपति पुटिनले यो कुरा बुझेको बताए । “यो आईएसआईएसले गरेको आतङ्कवादी हमला थियो । पुटिनले यो कुरा बुझ्नुभएको छ । उहाँलाई आक्रमणबारे राम्ररी थाह छ र युक्रेन सरकारको यस आक्रमणमा सम्बन्ध छ भन्ने कुनै स्पष्ट प्रमाण छैन,” उनले भने । 

ह्वाइट हाउसकी प्रेस सचिव करिन जीन पियरेले एक विज्ञप्ति जारी गर्दै आइएसआइएसलाई ‘साझा आतङ्कवादी शत्रु’ को संज्ञा दिँदै यसलाई विश्वभरबाट परास्त गर्नुपर्ने बताए । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रूसको मस्कोमा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्दै मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै अमेरिकाले रूसी जनताप्रति समवेदना प्रकट गरेको बताए । 

ब्लिन्केनले भने, “संयुक्त राज्य अमेरिका मार्च २२ मा मस्कोमा भएको आतङ्कवादी आक्रमणको कडा शब्दमा निन्दा गर्दछ । यस भयानक घटनापछि भएको जनधनको क्षतिप्रति शोक व्यक्त गर्न हामी रूसका जनताप्रति ऐक्यवद्धताका साथ उभिएका छौं।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE