भैरहवा । रुपन्देहीमा होलीको क्रममा भएको दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । सोमबार रुपन्देहीमा ४ वटा सवारीसाधन दुर्घटना भएकोमा ३ जना घाइते र एकजनाको मृत्यु भएको हो ।
होलीलाई मध्यनजर गर्दै रुपन्देही प्रहरी विशेष सुरक्षा योजना सहित खटिएको थियो । आपराधिक क्रियाकलाप, दुर्घटना, झै झगडा नहोस भन्ने उद्देश्यले जिल्ला मातहतका प्रहरी ईकाईहरुबाट १२८ स्थानमा चेकजाँचमा खटिएको थियो ।
दुर्घटनाबाट मृत्यु हुनेमा लु २० प ७६४१ नम्बरको मोटरसाइकल चालक सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ भैरहवा गाउँका ३९ बर्षीय प्रविन कडेल रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
भैरहवाको डाडागाउबाट अञ्चलपुर तर्फ जादै गरेका कडेल सवार मोटरसाइकल अनियन्त्रीत भई दुर्घटनामा परेको थियो । दुर्घटनामा परि गम्भीर घाईते भएका कडेलको उपचारको क्रममा भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रंजित सिंह राठौरले बताए । दुर्घटनामा परि ३ जना घाइते छन ।
प्रमुख प्रहरी उपरीक्षक राठोैरले होली पर्वलाई सभ्य, भव्य, सुरक्षित, मर्यादित र शान्तपूर्ण रुपमा मनाउन सक्ने वातावरण निर्माणका लागि जिल्ला मातहतका प्रहरी ईकाईहरुबाट १२८ स्थानमा चेकजाँचमा खटिएको बताउदै जसबाट होली मनाउने क्रममा सवारी नियम उल्लंघन गरी चलाइएका ३१७ सवारीसाधनलाई नियन्त्रणमा लिएको जानकारी दिए ।
तराई क्षेत्रमा सोमबार होली पर्व मनाउने क्रममा प्रहरीले जिल्लाका विभिन्न स्थानमा गरेको चेकजाँचको क्रममा सवारी नियम उलंघन गर्ने ३११ वटा मोटरसाईकल,३ वटा टेम्पो, २ वटा जिप कार र १ वटा ट्रक लाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मनोहर प्रसाद भट्टले जानकारी दिए । उनले नियम उल्लंघन गरी सवारीसाधन चलाउने १३ जना व्यक्तिलाई पनि पक्राउ गरिएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: