भैरहवा । रुपन्देहीमा होलीको क्रममा भएको दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । सोमबार रुपन्देहीमा ४ वटा सवारीसाधन दुर्घटना भएकोमा ३ जना घाइते र एकजनाको मृत्यु भएको हो ।
होलीलाई मध्यनजर गर्दै रुपन्देही प्रहरी विशेष सुरक्षा योजना सहित खटिएको थियो । आपराधिक क्रियाकलाप, दुर्घटना, झै झगडा नहोस भन्ने उद्देश्यले जिल्ला मातहतका प्रहरी ईकाईहरुबाट १२८ स्थानमा चेकजाँचमा खटिएको थियो ।
दुर्घटनाबाट मृत्यु हुनेमा लु २० प ७६४१ नम्बरको मोटरसाइकल चालक सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ भैरहवा गाउँका ३९ बर्षीय प्रविन कडेल रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
भैरहवाको डाडागाउबाट अञ्चलपुर तर्फ जादै गरेका कडेल सवार मोटरसाइकल अनियन्त्रीत भई दुर्घटनामा परेको थियो । दुर्घटनामा परि गम्भीर घाईते भएका कडेलको उपचारको क्रममा भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रंजित सिंह राठौरले बताए । दुर्घटनामा परि ३ जना घाइते छन ।
प्रमुख प्रहरी उपरीक्षक राठोैरले होली पर्वलाई सभ्य, भव्य, सुरक्षित, मर्यादित र शान्तपूर्ण रुपमा मनाउन सक्ने वातावरण निर्माणका लागि जिल्ला मातहतका प्रहरी ईकाईहरुबाट १२८ स्थानमा चेकजाँचमा खटिएको बताउदै जसबाट होली मनाउने क्रममा सवारी नियम उल्लंघन गरी चलाइएका ३१७ सवारीसाधनलाई नियन्त्रणमा लिएको जानकारी दिए ।
तराई क्षेत्रमा सोमबार होली पर्व मनाउने क्रममा प्रहरीले जिल्लाका विभिन्न स्थानमा गरेको चेकजाँचको क्रममा सवारी नियम उलंघन गर्ने ३११ वटा मोटरसाईकल,३ वटा टेम्पो, २ वटा जिप कार र १ वटा ट्रक लाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मनोहर प्रसाद भट्टले जानकारी दिए । उनले नियम उल्लंघन गरी सवारीसाधन चलाउने १३ जना व्यक्तिलाई पनि पक्राउ गरिएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: