Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

सूर्य नेपाल च्याम्पियनसीप:दोश्रो दिन भुवन र सदभाव शीर्षस्थानमा

खबरडबली संवाददाता

काठमाडौं । एमेच्योर सदभाव आचार्य र प्रो भुवन नगरकोटी सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको दोस्रो दिन समग्रमा ९-अन्डर १ सय ३५ को स्कोरमा संयुक्तरुपमा शीर्षस्थानमा रहन सफल भएका छन् ।

उनीहरूले एमेच्योर विजय श्रेष्ठ आइन्हाउसलाई ५ स्ट्रोकले पछि पारे । नेपाल नम्बर एक एमेच्योर गल्फर सदभावले दिनको उत्कृष्ट नतिजा निकाल्ने क्रममा ८-अन्डर ६४ को स्कोर दर्ज गरे। यो स्कोरमा उनी सातौं स्थानबाट संयुक्तरुपमा शीर्षस्थानमा उक्लिए। पहिलो दिनका संयुक्त लिडर भुवनले आज ६-अन्डर ६६ को स्कोर तयार पारे र शीर्षस्थानमा कायमै रहे ।

आज २-अन्डर ७० खेल्दै समग्रमा ४-अन्डर १ सय ४० सहित विजय तेस्रो स्थानमा रहेका छन । समग्रमा १-अन्डर १ सय ४३ को स्कोर बनाएका युवराज भुजेल, रवि खड्का र निरज तामाङले संयुक्तरुपमा चौथो स्थान बाँडे । युवराजले १-अन्डर ७१ को स्कोर बनाउँदा रवि र निरजले १-ओभर ७३ मा खेल सकाए ।

भुवन कुमार रोक्का र बलभद्र राई इभन-पार १ सय ४४ को स्कोरमा संयुक्तरुपमा सातौं स्थानमा छन् । भुवनले २-अन्डर ७० र बलभद्रले इभन-पार ७२ को स्कोर निकाले । आज १-अन्डर ७१ सहित समग्रमा १-ओभर १ सय ४५ को नतिजामा दिनेश प्रजापति नवौं स्थानमा र समग्रमा २-ओभर १ सय ४६ सहित सञ्जय लामा दशौं स्थानमा रहे । सञ्जयले आज २-ओभर ७४ मा खेल सकाए ।

३६ होलको समाप्तीमा १३-ओभर १ सय ५७ सम्म स्कोर गर्ने २३ प्रो र ६ एमेच्योर गरी कुल २९ गल्फरले कट बनाएका छन् । जयराम श्रेष्ठ, विष्णु प्रसाद शर्मा, रामे मगर, धन बहादुर थापा, दीपक मगर, टंक बहादुर कार्की, रमेश अधिकारी, सूर्य प्रसाद शर्मा, पशुपति शर्मा, प्रदीप कुमार लामा, सबिन सापकोटा, राम कृष्ण श्रेष्ठ, टासी घले, शिवराम पौडेल र कृष्ण मान राजबाहकले तेस्रो र चौथो दिनको खेलको लागि स्थान सुरक्षित गरेका छन् । यस्तै एमेच्योर गल्फरहरू टासी छिरिङ, राहुल विश्वकर्मा,भरत थापा मगर र सुरेश तामाङले पनि कट बनाएका छन् ।

राष्ट्रिय टिमका सशक्त खेलाडी सदभावले यो पटक पनि प्रो गल्फरलाई कडा चुनौती दिने क्रममा बोगी रहित प्रदर्शन गरे । फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाउने क्रममा तेस्रो र सातौं होलमा बर्डी प्रहार गरे । ब्याक नाइनमा उनले लोभलाग्दो प्रदर्शन गरे । १०औं, ११औं, १४औं र १६औं होलमा चार बर्डीको सफलता प्राप्त गरे । र ५-पारको १२औं होलमा ईगल प्रहार गर्दै ब्याक नाइन ६-अन्डर ३० मा पुरा गरे ।

भुवनले सानदार सुरूवात गरे र फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए । उनले पहिलो, दोस्रो, तेस्रो, चौथो र सातौं होलमा  पाँच बर्डी प्रहार गरे । आठौं होलमा भने एक सट खेर फाले । यसपछि ११औं र १५औं होलमा एक-एक सट बचाए र ब्याक नाइन २-अन्डर ३४ मा पुरा गरे ।

अर्का एमेच्योर विजयले फ्रन्ट र ब्याक नाइन दुवै १-अन्डर ३५ मा सकाए । उनले तेस्रो, सातौं, नवौं, १०औं, १५औं र १८औं होलमा बर्डी प्रहार गरे । तर चौथो, आठौं, १४औं र १७औं होलमा एक-एक सट खेर फाले ।

कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछन । दोस्रो र तेस्रो हुने गल्फरले क्रमश ९६ हजार र ७२ हजार नगद हात पार्नेछन । कट बनाएका २३ प्रो गल्फर मध्ये उत्कृष्ट २१ गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको छ : राष्ट्रसङ्घ

काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले  जनाएको छ । सहायता कटौति शर...

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, कुन मन्त्रालयमा काे ?

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...

एमाले महाधिवेशन: मतदान मङ्गलबार १२ बजेदेखि

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...

विद्युतको तार सर्ट भएर आगलागी हुँदा सर्लाहीमा ५० बिघाभन्दा बढीको उखु जल्यो

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।  विद्युतको तार सर्ट भएर मुना चौधरीक...

च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी

काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...

सर्च एण्ड स्विप अपरेशन : फरार ३४२ प्रतिवादी पक्राउ

कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending