Khabar Dabali १७ फाल्गुन २०८२ आईतवार | 1st March, 2026 Sun
Investment bank

सूर्य नेपाल च्याम्पियनसीप:दोश्रो दिन भुवन र सदभाव शीर्षस्थानमा

खबरडबली संवाददाता

काठमाडौं । एमेच्योर सदभाव आचार्य र प्रो भुवन नगरकोटी सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको दोस्रो दिन समग्रमा ९-अन्डर १ सय ३५ को स्कोरमा संयुक्तरुपमा शीर्षस्थानमा रहन सफल भएका छन् ।

उनीहरूले एमेच्योर विजय श्रेष्ठ आइन्हाउसलाई ५ स्ट्रोकले पछि पारे । नेपाल नम्बर एक एमेच्योर गल्फर सदभावले दिनको उत्कृष्ट नतिजा निकाल्ने क्रममा ८-अन्डर ६४ को स्कोर दर्ज गरे। यो स्कोरमा उनी सातौं स्थानबाट संयुक्तरुपमा शीर्षस्थानमा उक्लिए। पहिलो दिनका संयुक्त लिडर भुवनले आज ६-अन्डर ६६ को स्कोर तयार पारे र शीर्षस्थानमा कायमै रहे ।

आज २-अन्डर ७० खेल्दै समग्रमा ४-अन्डर १ सय ४० सहित विजय तेस्रो स्थानमा रहेका छन । समग्रमा १-अन्डर १ सय ४३ को स्कोर बनाएका युवराज भुजेल, रवि खड्का र निरज तामाङले संयुक्तरुपमा चौथो स्थान बाँडे । युवराजले १-अन्डर ७१ को स्कोर बनाउँदा रवि र निरजले १-ओभर ७३ मा खेल सकाए ।

भुवन कुमार रोक्का र बलभद्र राई इभन-पार १ सय ४४ को स्कोरमा संयुक्तरुपमा सातौं स्थानमा छन् । भुवनले २-अन्डर ७० र बलभद्रले इभन-पार ७२ को स्कोर निकाले । आज १-अन्डर ७१ सहित समग्रमा १-ओभर १ सय ४५ को नतिजामा दिनेश प्रजापति नवौं स्थानमा र समग्रमा २-ओभर १ सय ४६ सहित सञ्जय लामा दशौं स्थानमा रहे । सञ्जयले आज २-ओभर ७४ मा खेल सकाए ।

३६ होलको समाप्तीमा १३-ओभर १ सय ५७ सम्म स्कोर गर्ने २३ प्रो र ६ एमेच्योर गरी कुल २९ गल्फरले कट बनाएका छन् । जयराम श्रेष्ठ, विष्णु प्रसाद शर्मा, रामे मगर, धन बहादुर थापा, दीपक मगर, टंक बहादुर कार्की, रमेश अधिकारी, सूर्य प्रसाद शर्मा, पशुपति शर्मा, प्रदीप कुमार लामा, सबिन सापकोटा, राम कृष्ण श्रेष्ठ, टासी घले, शिवराम पौडेल र कृष्ण मान राजबाहकले तेस्रो र चौथो दिनको खेलको लागि स्थान सुरक्षित गरेका छन् । यस्तै एमेच्योर गल्फरहरू टासी छिरिङ, राहुल विश्वकर्मा,भरत थापा मगर र सुरेश तामाङले पनि कट बनाएका छन् ।

राष्ट्रिय टिमका सशक्त खेलाडी सदभावले यो पटक पनि प्रो गल्फरलाई कडा चुनौती दिने क्रममा बोगी रहित प्रदर्शन गरे । फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाउने क्रममा तेस्रो र सातौं होलमा बर्डी प्रहार गरे । ब्याक नाइनमा उनले लोभलाग्दो प्रदर्शन गरे । १०औं, ११औं, १४औं र १६औं होलमा चार बर्डीको सफलता प्राप्त गरे । र ५-पारको १२औं होलमा ईगल प्रहार गर्दै ब्याक नाइन ६-अन्डर ३० मा पुरा गरे ।

भुवनले सानदार सुरूवात गरे र फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए । उनले पहिलो, दोस्रो, तेस्रो, चौथो र सातौं होलमा  पाँच बर्डी प्रहार गरे । आठौं होलमा भने एक सट खेर फाले । यसपछि ११औं र १५औं होलमा एक-एक सट बचाए र ब्याक नाइन २-अन्डर ३४ मा पुरा गरे ।

अर्का एमेच्योर विजयले फ्रन्ट र ब्याक नाइन दुवै १-अन्डर ३५ मा सकाए । उनले तेस्रो, सातौं, नवौं, १०औं, १५औं र १८औं होलमा बर्डी प्रहार गरे । तर चौथो, आठौं, १४औं र १७औं होलमा एक-एक सट खेर फाले ।

कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछन । दोस्रो र तेस्रो हुने गल्फरले क्रमश ९६ हजार र ७२ हजार नगद हात पार्नेछन । कट बनाएका २३ प्रो गल्फर मध्ये उत्कृष्ट २१ गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE