काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै सङ्घर्ष र आन्दोलनबाट प्राप्त दूरगामी महत्त्वका उपलब्धीको रक्षा गर्दै निराशा चिर्ने र भरोसा जगाउने कार्य सरकारको मुख्य चुनौती भएको बताएका छन् ।
सिंहदरबार आज आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनतामा भरोसा जगाउनेगरी सेवा प्रवाहमा ध्यान दिन निर्देशनसमेत दिए ।
“समाजमा विशेषतः युवाहरूमा प्रकट भइरहेको नैराश्यता र नकारात्मक सोंचमा परिवर्तन गर्नुछ,” प्रधानमन्त्री प्रचण्डले भने, “सबै सङ्घर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्त्वका उपलब्धीको रक्षा गर्दै निराशा चिर्ने र भरोसा जगाउने कार्य सरकारको मुख्य चुनौती हो, यसको सामना गर्नुछ ।”
अनुगमन तथा मूल्याङ्कनलाई थप वस्तुनिष्ठ, प्रभावकारी, नतिजामूलक बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरव तथा रूपान्तरणकारी आयोजना र पहिलो प्राथमिकता प्राप्त ठूला आयोजनाको निर्धारित लागत र समयसीमा भित्रै सम्पन्न गर्नुपर्ने बताए । उनले राष्ट्रिय योजना आयोगको संयोजकत्वमा आयोजनाहरूको संयुक्त अनुगमनमार्फत प्राप्त पृष्ठपोषणलाई तत्काल कार्यान्वयन गर्ने व्यवस्था मिलाउन निर्देशन दिए ।
स्रोत सुनिश्चितता र बजेट व्यवस्थापन गर्नका लागि आयोजनाको प्राथमिकता निर्धारण गर्न आयोजनाको बहुवर्षीय ठेक्का सहमति सम्बन्धी मापदण्ड, २०८० लाई समसामयिक संशोधन गरिएको जानकारी दिँदै प्रधानमन्त्रीले भने, “आयोजना वर्गीकरणका आधार तथा मापदण्ड, २०८० कार्यान्वयनमा ल्याइएको छ । यसको प्रभावकारी कार्यान्वयनबाट आयोजना व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास छु ।”
सीमित स्रोत साधन र असीमित आवश्यकताबीच सामञ्जस्यता कायम गर्दै विद्यमान आर्थिक शिथिलतालाई चलायमान गराउन आगामी बजेटमा राष्ट्रिय गौरवका आयोजना, रूपान्तरणकारी आयोजना र पहिलो प्राथमिकता प्राप्त आयोजनाहरूको प्रगति र प्रतिफलका आधारमा प्राथमिकीकरण गरी बजेट विनियोजन गरिने स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाधार विकासमा रहेको दोहोरोपन र भौगोलिक तथा प्रादेशिक असुन्तलन हटाउने गरी बजेट तयारी र कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २१ गते, २०८१ - १७:०१
काठमाडौँ। गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढी पहिरोबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण तीव्र गतिमा अघि बढेको बताएको छन । राष्ट्रिय विपद् ज...
पौष २१ गते, २०८१ - १६:४०
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी सशष्त्र युद्द अनावश्यक भएको पुनः टिप्पणी गरेका छन् । संघीय संसदमा ‘जनयुद्द’ कि ‘हिंसा’ भन्...
पौष २१ गते, २०८१ - १६:२०
काठमाडौं। नेकपा एमालेले सहरमा पार्टीले उल्लेखित लोकप्रियता गुमाएको स्विकार गरेका छन् । संघ, प्रदेश र स्थानिय तहका उपनिर्वाचन परिणाम प्रति सन्तुष्ट ...
पौष २१ गते, २०८१ - १६:१२
काठमाडौं। सहकारी संस्थामा देखिएका बेथीति नियन्त्रण गर्नका लागि सरकार लागि परेको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन । आज देखी काठमाडौंमा सुरू ...
पौष २१ गते, २०८१ - १५:४९
काठमाडौं। सहकारी संस्थामा देखिएका बेथीति नियन्त्रण गर्नका लागि सरकार लागि परेको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन । आज देखी काठमाडौंमा सुरू ...
पौष २१ गते, २०८१ - १५:४२
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकार बने पछि अर्थतन्त्रमा सुधार आएको दाबी गरेका छन । केन्द्रिय समिति बैठकमा पेश गरेको राजनी...
पौष २१ गते, २०८१ - १५:१७
काठमाडौं। नेकपा एमालेको जारी केन्द्रिय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो लामो राजनीतिक प्रतिबेदन पेश गरेका छन् । आज देखी च्यासल, ललितपुर...
पौष २१ गते, २०८१ - १५:०२
सुर्खेत। दैलेखमा ग्यास रहेको पत्ता लागेको छ । जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ स्थित जलजलेमा चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गर्दा ग्यास भण्ड...
पौष २१ गते, २०८१ - १४:५२
काठमाडौं। नेकपा एमालेको केन्द्रिय समिति बैठक सुरू भएको छ । आजवाट सुरू भएको केन्द्रिय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ४३ पृष्ठ लामो राजनीतिक प...
पौष २१ गते, २०८१ - १४:३५
काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आजबाट सुरू भएकाे छ । स्मार्ट दरबार ब्याङ्केट, धुम्बाराहीमा सुरू भएकाे केन्द्रिय समिति बैठकमा...
प्रतिकृया लेख्नुहोस्: