सिरहा । सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसइई)को आज दोस्रोदिन नेपाली विषयको प्रश्नपत्र परिक्षा संचालन भएको १० मिनेट नवित्दै वाहिरिएको पाइएको छ।
जिल्लाको विभिन्न् परिक्षा केन्द्रबाट परिक्षा संचालन भएको १० मिनेट नवितिदै माध्यमिक शिक्षा परीक्षा (एसइई) को नेपाली विषयको प्रश्न पत्र बाहिरिएको पाइएको हो । परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरूकै सहयोगमा बाहिरिएको थियो।
गोलवजार नगरपालिका ८ स्थितको श्री जनता नमुना माध्यमिक चोहर्वामा मोबाइल लिएर भित्र पसेका विद्यार्थीहरुले समाजिक संजाल ह्वाटस्एप मार्फत परिक्षा सुरु भएको १० मिनेटमै नेपाली विषयको प्रश्न पत्र वाहिरिएको स्थानीयहरु बताउछन्।
यस परिक्षा केन्द्रमा ४ वटा निजि विद्यालय भिजन एजुकेश्नल एकेडेमी गोलवजार, सिरहा पब्लिक स्कुल नयाँ चौक चोहर्वा, चन्द्र ज्योती सेकेन्ड्री बोडिङ स्कुल रामनगर मिर्चैया, सिद्धान्त शिक्षा निकेतन कर्जन्हा र समुदायीक विद्यालय श्री जनता माध्यमीक विध्यालय डण्डाको परिक्षा केन्द्र रहेको छ ।
त्यसैगरी, गोलवजार नगरपालिका ४ स्थितको जनता माध्यमिक माध्यमिक विद्यालय ९प्राविधिक० परिक्षा केन्द्रबाट मोवाइल सहित एकजना छात्रालाई नियन्त्रनमा लिएको छ। सुखिपुरको श्री रजै जनक माध्यमिक विद्यालय ,बल्हीका एकजना विद्यार्थीले परिक्षाहल भित्र मोवाईलबाट प्रश्नपत्र वाहिर पठाउने क्रममा प्रहरीले पक्राउ गरेको हो।
शारदा माध्यमिक विद्यालय रामपुर विर्ताबाट एकजना जना नक्कली विद्यार्थी फेलापरेको जिल्ला प्रहरी कार्यालय प्रमुख ९एसपी ० संतोष अचार्यले जनाएको छ। उनले, ‘नक्कली परिक्षर्थी बनी परिक्षा दिइरहेको अवस्थामा स्थानिय अर्जुन महरालाई नियन्त्रनमा लिएको बताए । उनले भने, ‘माध्यमिक शिक्षा परीक्षा ९एसइई०को आज दोस्रोदिन जिल्लाका ४ वटा परिक्षा केन्द्र कल्याणपुरको रामदुलारी माध्यमिक विद्यालयबाट मोवाइल प्रयोग गरिरहेका ८ जना विद्यार्थीलाई परिक्षा केन्द्र वाहिर निकालिएको छ। भन्ने, श्री लनकौ मा।वि।नहरा रिगौलबाट परिक्षाहलमा आत्याधिक मोवाईल फेलापरेपछि दुइजना गार्ड लाई वाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय प्रमुख अचार्यले जनाएको छ।’
जिल्ला भरीमा ४३ वटा परिक्षा केन्द्रमा ७ जना नेपाल प्रहरी र ७ जना शसस्त्र प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ। ६ सय दुइजना प्रहरीलाई परिक्षा केन्द्र र १ सय जना सुरक्षाकर्मीलाई रिजर्भमा राखिएको जिल्ला प्रहरी प्रमुख एसपी अचार्यले जनाएको छ।
सयौँको संख्यामा सुरक्षाकर्मी खटाइएपनि प्रश्नपत्र वाहिरिनुले परिक्षा केन्द्रका केन्द्राअध्यक्ष लगायतका सरोकारवाला निकायको मिलोमतो रहेको पुष्टि हुन्छ।
माध्यमिक शिक्षा परीक्षा (एसइई)मा निर्भिक्ताका साथ प्रश्न पत्र वाहिर ल्याई चिठ्ठ चोरी गराउन नियामक निकायलाई १० लाख रुपैया दिएको नाम नखोल्ने शर्तमा एक निजि विद्यालयका संचालकले बताएको छ । उनले भने, ‘निजि विद्यालयहरुले पायकपर्ने ठाउँमा परिक्षा केन्द्र पार्न देखि निर्भिक चिठचोरी गर्नदिने सहमतीमा उतm रकम दिइएको बताए।’
जिल्लाका सबै निजि विद्यालयहरुले परिक्षा केन्द्रका केन्द्राध्यक्ष, प्रहरी प्रशासन, शिक्षा विकास तथा समन्वय इकाईको अधिकारी लगायतका सरोकारवाला निकायहरुलाई संग सेटिङ मिलाउन मोटो रकमको चलखेल गरेको जानकारहरु बताउछन्। निजि विद्यालयहरुले विद्यार्थीसंग सरोकारवाला निकायहरुलाई मिलाउन र परिक्षा केन्द्रमा सेटिङगर्न ३ हजार देखि पाँच हजार सम्म असुली गरेको उनीहरुको भनाई छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८२ - १३:३०
काठमाडौं । सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकलाई न्याय माग्दै काठमाडौंमा आज पनि विरोध प्रदर्शन भएको छ। काठमाडौंको माइतीघर मण्ड...
चैत्र २ गते, २०८२ - १३:१९
कालीकोट। कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको रास्कोट नगरपालिका –८ बाँखरकोटका अन्दाजी ५० वर्षे मन वरालको करेन्ट लागेर मृत्यु भएको ह...
चैत्र २ गते, २०८२ - १३:०९
इनरुवा। सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ । खुल्ला सीमाको मौका छोपी भारतीय बजारबाट तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा...
चैत्र २ गते, २०८२ - १२:५६
काठमाडौँ । पूर्वक्रिकेटर ज्ञानेन्द्र मल्लले व्यक्तिगत उपलब्धि भन्दा पनि देशको जीत नै सबैभन्दा महत्वपूर्ण भएको बताएका छन्। मल्लले क्रिकेटबाट सिकेको ...
चैत्र २ गते, २०८२ - १२:४१
काठमाडौँ । जेनजी मुभमेन्ट अलायन्सले गौरी बहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न र सरकारका पछिल्ला राजनीतिक नियुक्तिहरू खारेज गर...
चैत्र २ गते, २०८२ - १२:२६
नवलपरासी। ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीमध्ये १८० कैदी अझै फरार नै रहेका छन् । गत भ...
चैत्र २ गते, २०८२ - १२:२२
इनरुवा। सुनसरीमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले सरोकारवालाहरू र उद्योग...
चैत्र २ गते, २०८२ - १२:०४
प्युठान। जिल्लाको पहिचान भएको ‘प्युठानी रातो मुला’ को वीऊ उत्पादन सुरु भएको छ। केही वर्षअघि सम्म प्युठानलाई चिनाउने यस विशेष रातो मुलालाई संरक्षण गर्द...
चैत्र २ गते, २०८२ - ११:३०
पर्वत। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पर्वत जिल्लाबाट एक हजार ६८४ जना विद्यार्थी सहभागी हुने भएका छन्। परीक्षा चैत्र १९ गतेदेखि सुरु हुने...
चैत्र २ गते, २०८२ - ११:२१
काठमाडौं। सोमबार सुनको भाउ सामान्य बढ्दा चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार सुन प्रतितोला १०० रुपैयाँले बढेर ३ ...


प्रतिकृया लेख्नुहोस्: