Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

वर्षमा दुईपटक भर्नाको नीति ल्याउँदै शिक्षा मन्त्रालयको तयारी

खबरडबली संवाददाता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले माध्यमिक शिक्षा परीक्षा (एसइई) र विश्वविद्यालयको शिक्षामा वर्षमा दुईपटक भर्ना गराउने गरी नीतिगत प्रबन्ध गरिने बताएका छन् । 

अनुगमन शैक्षिक फाउन्डेसनले आज आयोजना गरेको ‘नेपाल शिक्षा सम्मेलन २०२४’ को उद्घाटन सत्रमा उनले वार्षिक परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थीको समय क्षति भई पढाइ छाड्ने वा उनीहरु अवसरको खोजीमा विदेश जाने प्रवृत्ति देखिएकाले त्यस्तो नीतिका लागि बहस भइरहेको छ भने । 

कक्षा ९ देखि १२ मा ४३ प्रतिशत विद्यार्थी विद्यालयबाहिर हुन पुगेको, उच्चशिक्षामा १५ देखि २० प्रतिशत मात्रै विद्यार्थी भर्ना भएको र सवा लाख विद्यार्थी वार्षिक विदेश जाने स्थितिप्रति आफूहरु चिन्तित भएकाले नीतिगत पुनरावलोकन र संस्थागत सुधार आवश्यक भएको उनको भनाइ थियो ।

“राम्रो पठनपाठन हुने उच्च शिक्षाका कलेजहरु पनि नेपालमा नभएका होइनन् तर  नेपालबाट बाहिर जाने विद्यार्थी पढ्नकै  लागिभन्दा आफ्नो भविष्य र स्मार्ट जबका लागि विदेश गएका छन्,” सचिव अधिकारीले भने, “यस सवाललाई हाम्रो नीतिले सम्बोधन गर्नुपर्छ । विश्वविद्यालयहरु पढ्ने, पढाउने संस्था मात्र नभई अनुसन्धान र उत्पादन गर्ने संस्थाका रुपमा विकसित हुनुपर्छ । विश्वविद्यालयलाई सरकारले सधैँ पैसा दिँदैन । उनीहरु आत्मनिर्भर हुनुपर्छ ।”

नेपाल खुल्ला विश्वविद्यालयका पूर्वउपकुलपति प्रा लेखनाथ शर्माले पुस्तान्तरणबीचको खाडललाई मेट्न सक्ने गरी सूचना र प्रविधिसापेक्ष शिक्षा नीति र प्रयोगितक अभ्यासमा ध्यान दिन आग्रह गरे । 

कार्यक्रममा दिगो विकासका लक्ष्य र शिक्षा नीति, प्राविधि शिक्षा, कृषि, शिक्षा स्वास्थ्य र वातावरण शिक्षा, वित्तीय क्षेत्र र शिक्षा आदि विषयमा सम्बन्धित विज्ञ र सरोकार भएका व्यक्तिबीच समूह छलफल भएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इजरायकाे हवाई आक्रमणमा परी कैयाैँ प्यालेस्टिनीहरू नागरिकको मृत्यु

गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहिबार राति इजरायले गरेको हवाई आक्रमणमा परी कैयाैँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् ।  इजर...

तामाको तरकारीकाे माग बढेपनि उत्पादन घट्दो

बर्दिवास । नेपाली स्वाद र संस्कृतिको पहिचान बनेको तामाको माग बढ्दो क्रममा छ । बजारमा तामा किन्नेको भीडभाड थेग्ननसक्नु छ । शुभ कार्यदेखि पितृ कार्यसम्म...

प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित

सिरहा । सिरहाको एक आधारभुत विद्यालयका प्रधानाध्यापकको लापरबाहीले पठनपाठन प्रभावित भएको छ । जिल्लाको गोलबजार नगरपालिका–६ डोहटियास्थित श्री जनहित आधारभ...

नारायणी नदीमा एक शव फेला

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– ७ मा नारायणी नदीको गण्डक ब्यारेज पुलमा एकजना पुरुषको शव फेला परेको छ ।  इलाका प्रहरी कार्यालय त्रिवेणी...

लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ गरेको छ ।  जसमा कञ्चनपुर, भिमदत्त नगरपालिका-११ गड्डाचौकीस्थित नेपाल भारत सिमा...

प्रधानमन्त्री ओली कतारको दोहामा

दोहा । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युय...

प्रधानसेनापति र भारतका राजदूतबीच भेटवार्ता

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल र नेपालका लागि भारतका महामहिम राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । शुक्रबार जङ्गी अड्डामा भएको शिष...

मनपरी ढङ्गले चल्ने र पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनीय छ: अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम्  पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनीय रहेको बताएक...

कोभिड विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउन सुरु

बाँके । बाँकेमा कोभिड–१९ विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत नरेश श्रेष...

अल्जाइमरको नयाँ औषधीको आविस्कार सफलता कि मृगतृष्णा ?

पेरिस । अल्जाइमर रोगको कमजोर प्रगतिलाई कम गर्न सक्षम दुई नयाँ औषधीहरू हालैका वर्षहरूमा सबैभन्दा ठूलो चिकित्सा विवादहरूमा फसेका छन् । दशकौंको अनुसन्धान...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy