Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

गोठालो जान सीमा पास माग्दै लप्चीका स्थानीय

खबरडबली संवाददाता

दोलखा । ‘सरकार हामी चौँरी गोठाला हौँ तर गोठालो जान पाएनौँ पास बनाइदिनुुपर्‍यो’ बिगु गाउँपालिका– १ लप्चि सीमाका स्थानीय फुर्वाथार्के शेर्पाले आज दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई अनुरोध गरे ।

सुरुमा शेर्पाको अनुरोध सुन्दा सबै छक्क परे पनि यो समस्या नेपाल र चीन सीमामा लप्चिका स्थानीयको वास्तविक समस्या थियो । लप्ची नाकाका स्थानीयवासी तीन दिन लगाएर सदरमुकाम चरिकोटस्थित जिल्ला प्रशासन कार्यालय आइपुगेर प्रजिअ समक्ष सीमा पास मिलाइदिन अनुरोध गरेका छन् ।

आफूहरुले गोठमा पालेको चौँरी चरनमा समस्या भएपछि सीमा पास माग्न उनीहरु सदरमुकाम आएका हुन् । प्रजिअ पोखरेललाई भेटेर उनीहरुले चीनतर्फ चौँरी चरनका लागि लैजाँदा चिनियाँ प्रतिनिधिले सरकारी पास खोजेपछि गोठालो जान नपाएको गुनासो सुनाए । 

चौँरी चरनका लागि गोठालो लैजाने ठाउँमा चिनियाँ पक्षले आर्मी क्याम्प बनाएर बसेको र सीमा पास मागेपछि गोठालो जान, चौँरीको घ्यू, छुर्पी, चौँरीका बाच्छा किनबेच गरी नुन चामल किन्न नपाएको उनीहरुको गुनासो छ ।

कोरोना महामारीपछि बन्द रहेको लप्ची–रामुदिङ नाका खुला नहुँदा लप्चीका स्थानीयवासी आर्थिक मारमा परेका छन् । गएको दसैँमा केही समय सीमा खुला हुँदा राहत भएको थियो । तर अहिले पास चाहिने भएपछि स्थानीयले सीमा वारपार गर्न सकेका छैनन् ।

लप्चीका स्थानीयवासीले हाइड्रोपावरले पैदल हिँड्ने बाटो पनि बिगारेपछि सदरमुकाम आउने बाटोमा डोरी टाँगेर हिँड्नुपर्ने अवस्था भएको प्रजिअलाई गुनासो पोखे । “हामी हिँड्ने पुरानो बाटो हाइड्रोपावरको संरचना निर्माणका क्रममा भत्किएको छ त्यो पनि निर्माण भएन”, स्थानीय वाङचुक शेर्पाले भने, “हामी पहिले नाकामा नागरिकताको प्रमाणपत्र देखाएर सीमा वारपार गथ्र्यौँ, अहिले सीमाबाट सुन तस्करी हुने आशङ्कामा कडाइ गरेपछि पास माग्न थाल्यो ।” 

बिगु गाउँपालिका–१ लामा बगरमा प्रतिकिलो रु ३० पर्ने नुन लप्ची पुुग्दा प्रतिकिलो रु एक सय ६० पर्ने स्थानीयको भनाइ छ । चीनतर्फ वारपार गर्न पास भएमा दुई रुपैयाँ घोर्मु (युआन) मा नुन पाउने शेर्पाको भनाइ छ । 

सीमा पासका लागि कागजात राज्यले नदिँदा स्थानीयले दैनिक उपभोग्य सामग्री हेलिकप्टरबाट ढुवानी गर्नु परेको छ । एक बोरा चामलकै मूल्य रु नौ हजार पर्ने गरेकोले दैनिकी चलाउनै गाह्रो भएका लप्चीका स्थानीय रेछेन शेर्पाले बताए । 

दोर्जे गुम्बा तथा ध्यानकेन्द्रका लामा खेप्पुङुटुप शेर्पाले लप्चीमा मोबाइल फोन नचल्ने र टेलिकमलाई पटकपटक टावर निर्माण गरिदिन आग्रह गरे पनि बेवास्ता गरेको बताए । उनले स्थानीय सरकारलेसमेत लप्चीको समस्या समाधानमा पहल नगरेको आरोप लगाए । 

लप्चीका स्थानीयको गुनासो सुनेपछि प्रमुख जिल्ला अधिकारी पोखरेलले पासका लागि माथिल्लो निकायमा पहल गरिरहेको र हप्ता दिनभित्रै सीमा पासको परिचयपत्र उपलब्ध गराउने आश्वासन दिए । उनले सकेसम्म लप्चीमा नागरिकलाई राज्यको प्रतिनिधिको उपस्थितिमा पास उपलब्ध गराउने बताए । 

बिगु गाउँपालिका–१ लप्चीमा ४६ घरधुरी र एक सय ५० जनसङ्ख्या छ । लप्चीमा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मानिने लामा गुफा र लप्चीगुम्बासमेत रहेको छ । लप्ची गुम्बामा एक सय २० जना लामाले बौद्ध धर्मको अध्ययन गरिरहेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इजरायकाे हवाई आक्रमणमा परी कैयाैँ प्यालेस्टिनीहरू नागरिकको मृत्यु

गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहिबार राति इजरायले गरेको हवाई आक्रमणमा परी कैयाैँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् ।  इजर...

तामाको तरकारीकाे माग बढेपनि उत्पादन घट्दो

बर्दिवास । नेपाली स्वाद र संस्कृतिको पहिचान बनेको तामाको माग बढ्दो क्रममा छ । बजारमा तामा किन्नेको भीडभाड थेग्ननसक्नु छ । शुभ कार्यदेखि पितृ कार्यसम्म...

प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित

सिरहा । सिरहाको एक आधारभुत विद्यालयका प्रधानाध्यापकको लापरबाहीले पठनपाठन प्रभावित भएको छ । जिल्लाको गोलबजार नगरपालिका–६ डोहटियास्थित श्री जनहित आधारभ...

नारायणी नदीमा एक शव फेला

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– ७ मा नारायणी नदीको गण्डक ब्यारेज पुलमा एकजना पुरुषको शव फेला परेको छ ।  इलाका प्रहरी कार्यालय त्रिवेणी...

लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ गरेको छ ।  जसमा कञ्चनपुर, भिमदत्त नगरपालिका-११ गड्डाचौकीस्थित नेपाल भारत सिमा...

प्रधानमन्त्री ओली कतारको दोहामा

दोहा । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युय...

प्रधानसेनापति र भारतका राजदूतबीच भेटवार्ता

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल र नेपालका लागि भारतका महामहिम राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । शुक्रबार जङ्गी अड्डामा भएको शिष...

मनपरी ढङ्गले चल्ने र पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनीय छ: अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम्  पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनीय रहेको बताएक...

कोभिड विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउन सुरु

बाँके । बाँकेमा कोभिड–१९ विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत नरेश श्रेष...

अल्जाइमरको नयाँ औषधीको आविस्कार सफलता कि मृगतृष्णा ?

पेरिस । अल्जाइमर रोगको कमजोर प्रगतिलाई कम गर्न सक्षम दुई नयाँ औषधीहरू हालैका वर्षहरूमा सबैभन्दा ठूलो चिकित्सा विवादहरूमा फसेका छन् । दशकौंको अनुसन्धान...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy