दोलखा । ‘सरकार हामी चौँरी गोठाला हौँ तर गोठालो जान पाएनौँ पास बनाइदिनुुपर्यो’ बिगु गाउँपालिका– १ लप्चि सीमाका स्थानीय फुर्वाथार्के शेर्पाले आज दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई अनुरोध गरे ।
सुरुमा शेर्पाको अनुरोध सुन्दा सबै छक्क परे पनि यो समस्या नेपाल र चीन सीमामा लप्चिका स्थानीयको वास्तविक समस्या थियो । लप्ची नाकाका स्थानीयवासी तीन दिन लगाएर सदरमुकाम चरिकोटस्थित जिल्ला प्रशासन कार्यालय आइपुगेर प्रजिअ समक्ष सीमा पास मिलाइदिन अनुरोध गरेका छन् ।
आफूहरुले गोठमा पालेको चौँरी चरनमा समस्या भएपछि सीमा पास माग्न उनीहरु सदरमुकाम आएका हुन् । प्रजिअ पोखरेललाई भेटेर उनीहरुले चीनतर्फ चौँरी चरनका लागि लैजाँदा चिनियाँ प्रतिनिधिले सरकारी पास खोजेपछि गोठालो जान नपाएको गुनासो सुनाए ।
चौँरी चरनका लागि गोठालो लैजाने ठाउँमा चिनियाँ पक्षले आर्मी क्याम्प बनाएर बसेको र सीमा पास मागेपछि गोठालो जान, चौँरीको घ्यू, छुर्पी, चौँरीका बाच्छा किनबेच गरी नुन चामल किन्न नपाएको उनीहरुको गुनासो छ ।
कोरोना महामारीपछि बन्द रहेको लप्ची–रामुदिङ नाका खुला नहुँदा लप्चीका स्थानीयवासी आर्थिक मारमा परेका छन् । गएको दसैँमा केही समय सीमा खुला हुँदा राहत भएको थियो । तर अहिले पास चाहिने भएपछि स्थानीयले सीमा वारपार गर्न सकेका छैनन् ।
लप्चीका स्थानीयवासीले हाइड्रोपावरले पैदल हिँड्ने बाटो पनि बिगारेपछि सदरमुकाम आउने बाटोमा डोरी टाँगेर हिँड्नुपर्ने अवस्था भएको प्रजिअलाई गुनासो पोखे । “हामी हिँड्ने पुरानो बाटो हाइड्रोपावरको संरचना निर्माणका क्रममा भत्किएको छ त्यो पनि निर्माण भएन”, स्थानीय वाङचुक शेर्पाले भने, “हामी पहिले नाकामा नागरिकताको प्रमाणपत्र देखाएर सीमा वारपार गथ्र्यौँ, अहिले सीमाबाट सुन तस्करी हुने आशङ्कामा कडाइ गरेपछि पास माग्न थाल्यो ।”
बिगु गाउँपालिका–१ लामा बगरमा प्रतिकिलो रु ३० पर्ने नुन लप्ची पुुग्दा प्रतिकिलो रु एक सय ६० पर्ने स्थानीयको भनाइ छ । चीनतर्फ वारपार गर्न पास भएमा दुई रुपैयाँ घोर्मु (युआन) मा नुन पाउने शेर्पाको भनाइ छ ।
सीमा पासका लागि कागजात राज्यले नदिँदा स्थानीयले दैनिक उपभोग्य सामग्री हेलिकप्टरबाट ढुवानी गर्नु परेको छ । एक बोरा चामलकै मूल्य रु नौ हजार पर्ने गरेकोले दैनिकी चलाउनै गाह्रो भएका लप्चीका स्थानीय रेछेन शेर्पाले बताए ।
दोर्जे गुम्बा तथा ध्यानकेन्द्रका लामा खेप्पुङुटुप शेर्पाले लप्चीमा मोबाइल फोन नचल्ने र टेलिकमलाई पटकपटक टावर निर्माण गरिदिन आग्रह गरे पनि बेवास्ता गरेको बताए । उनले स्थानीय सरकारलेसमेत लप्चीको समस्या समाधानमा पहल नगरेको आरोप लगाए ।
लप्चीका स्थानीयको गुनासो सुनेपछि प्रमुख जिल्ला अधिकारी पोखरेलले पासका लागि माथिल्लो निकायमा पहल गरिरहेको र हप्ता दिनभित्रै सीमा पासको परिचयपत्र उपलब्ध गराउने आश्वासन दिए । उनले सकेसम्म लप्चीमा नागरिकलाई राज्यको प्रतिनिधिको उपस्थितिमा पास उपलब्ध गराउने बताए ।
बिगु गाउँपालिका–१ लप्चीमा ४६ घरधुरी र एक सय ५० जनसङ्ख्या छ । लप्चीमा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मानिने लामा गुफा र लप्चीगुम्बासमेत रहेको छ । लप्ची गुम्बामा एक सय २० जना लामाले बौद्ध धर्मको अध्ययन गरिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: