Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

कर्मचारीलाई राजनीतिक दलको सदस्यता नलिन शिक्षामन्त्री श्रेष्ठको आह्वान

खबरडबली संवाददाता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षण सिकाइ क्रियाकलापमा संलग्न शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता नलिन आग्रह गरेकी छन् । 

उनले राजनीतिक दलको सदस्य हुन नहुने व्यवस्था प्रचलित कानुनमा रहेको स्मरण गराउँदै कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीलाई शिक्षा क्षेत्र दलीय राजनीतिबाट मुक्त हुनुपर्ने बताइन् । 

मन्त्री श्रेष्ठले आफ्नो सामाजिक सञ्जालमा आज जारी गरेकाे सन्देशमा शिक्षा क्षेत्रको सुधार र गुणस्तर वृद्धिका लागि राजनीतिक सदस्यता लिएका बहालवाला शिक्षक एवं प्राध्यापक र कर्मचारीलाई कारबाही गर्न समेत सम्बन्धित निकायलाई आह्वान गरेकी छन् । 

शिक्षा ऐन २०२८ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा भएको कानुनी प्रावधान उल्लेख गर्दै कार्यान्वयनमा मन्त्रालयको प्रतिबद्धतासमेत सन्देशमा उनले व्यक्त गरिन । उनले भनेकी छन्, “म आह्वान गर्न चाहन्छु सबै जनालाई कानुनमा स्पष्ट भनिएको छ प्राध्यापक, शिक्षकहरुले राजनीतिक सदस्यता लिएमा पदबाट हटाइने व्यवस्था रहेछ । अब यो कार्यान्वयनको पाटोमा जानुपर्छ ।” उनले शिक्षकले राजनीतिक क्षेत्रमा आबद्ध हुँदा विद्यार्थीको भविष्यसँग खेलबाड भइरहेको बताइन् । 

“त्यसकारण कसैले पनि राजनीतिक दलको सदस्यता शिक्षक, प्राध्यापक बहालवाला शिक्षक एवं प्राध्यापकहरुले राजनीतिक सदस्यता नलिनूहोला र राजनीतिक दलको कुनै पनि समितिमा नबसिदिनूहुन म सचेत गराउछु,” मन्त्री श्रेष्ठले भनिन्, “अब शिक्षा क्षेत्र दलीय राजनीतिकबाट मुक्त हुनैपर्छ ।” उनले सरकारी तथा सामुदायिक संस्थामा कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीले राजनीतिक दलको सदस्यता लिएको प्रमाणसहित सम्बन्धित निकायमा उजुरी दिनका लागि सरोकारवाला सबैलाई आग्रह गरेकी छन् । 

यस्ता उजुरी र गुनासोउपर काम एवं कारबाही  प्रक्रिया अघि बढाउनका लागि सम्बन्धित निकायलाई मन्त्री  श्रेष्ठले सन्देशमा  आह्वान गरेकी छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इजरायकाे हवाई आक्रमणमा परी कैयाैँ प्यालेस्टिनीहरू नागरिकको मृत्यु

गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहिबार राति इजरायले गरेको हवाई आक्रमणमा परी कैयाैँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् ।  इजर...

तामाको तरकारीकाे माग बढेपनि उत्पादन घट्दो

बर्दिवास । नेपाली स्वाद र संस्कृतिको पहिचान बनेको तामाको माग बढ्दो क्रममा छ । बजारमा तामा किन्नेको भीडभाड थेग्ननसक्नु छ । शुभ कार्यदेखि पितृ कार्यसम्म...

प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित

सिरहा । सिरहाको एक आधारभुत विद्यालयका प्रधानाध्यापकको लापरबाहीले पठनपाठन प्रभावित भएको छ । जिल्लाको गोलबजार नगरपालिका–६ डोहटियास्थित श्री जनहित आधारभ...

नारायणी नदीमा एक शव फेला

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– ७ मा नारायणी नदीको गण्डक ब्यारेज पुलमा एकजना पुरुषको शव फेला परेको छ ।  इलाका प्रहरी कार्यालय त्रिवेणी...

लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ गरेको छ ।  जसमा कञ्चनपुर, भिमदत्त नगरपालिका-११ गड्डाचौकीस्थित नेपाल भारत सिमा...

प्रधानमन्त्री ओली कतारको दोहामा

दोहा । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युय...

प्रधानसेनापति र भारतका राजदूतबीच भेटवार्ता

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल र नेपालका लागि भारतका महामहिम राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । शुक्रबार जङ्गी अड्डामा भएको शिष...

मनपरी ढङ्गले चल्ने र पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनीय छ: अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम्  पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनीय रहेको बताएक...

कोभिड विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउन सुरु

बाँके । बाँकेमा कोभिड–१९ विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत नरेश श्रेष...

अल्जाइमरको नयाँ औषधीको आविस्कार सफलता कि मृगतृष्णा ?

पेरिस । अल्जाइमर रोगको कमजोर प्रगतिलाई कम गर्न सक्षम दुई नयाँ औषधीहरू हालैका वर्षहरूमा सबैभन्दा ठूलो चिकित्सा विवादहरूमा फसेका छन् । दशकौंको अनुसन्धान...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy