काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निराशालाई चिर्दै नागरिकमा आशा जगाउने सरकारको उद्देश्य भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा ‘विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै उनले सो कुरा बताए ।
मन्त्री भण्डारीले भने, “यो कानुन आजको आवश्यकता हो । समय सान्दर्भिक पनि छ । उद्यमशितालाई प्राथमिकता दिँदै कारोबारलाई विश्वसनीय बनाउन, व्यवसायको वर्गीकरण गर्ने विषयमा सांसदहरुले दिनुभएको साझा मतलाई आत्मसाथ गरिनेछ ।”
युवालाई नयाँ व्यवसायमा प्रोत्साहित गर्ने मत सकारात्मक भएको उल्लेख गर्दै मन्त्री भण्डारीले नवप्रवर्तनसम्बन्धी नीति सरकारको प्राथमिकतामा रहेको बताए । नियमन गर्ने सन्दर्भमा नियन्त्रण हुन्छ कि भन्ने सुझावप्रति पनि ध्यानकर्षण भएको उनको भनाइ थियो ।
मन्त्री भण्डारीले सदनमा उठेका सुझावप्रति धन्यवाद दिदै उनले अब संसदीय समितिमा दफावार छलफल गरी विधेयकलाई समृद्ध बनाइने बताए । राष्ट्रिय सभामा उत्पत्ति भएको उक्त उक्त प्रस्ताव प्रतिनिधि सभाको बैठकले बहुमतले स्वीकृत गरेको छ ।
प्रस्तावमाथिको छलफलमा सांसदहरु प्रदीप पौडेल, रघुजी पन्त, शिशिर खनाल, महेन्द्रबहादुर शाही, सोविता गौतम, रञ्जुकमारी झा, डा स्वर्णीम वाग्ले, चन्दा कार्की, राजेन्द्रकुमार केसी, विद्या भट्टराई, गणेश पराजुली, मेटमणि चौधरी, ज्ञानु बस्नेत सुवेदी, निशा डाँगी, शेरबहादुर कुँवर, अशोककुमार चौधरी, नारायणी शर्माले आफ्नो धारणा राखेका थिए ।
साथै सांसदहरु असिम शाह, दिलेन्द्रप्रसाद बडु, मनिष झा, सरिता भुसाल, माधव सापकोटा, किरणकुमार साह, रमा कोइराला, प्रेम सुवाल, दुर्गा राई, लालप्रसाद सावा लिम्बु, नागिना यादव, बासुदेव घिमिरे, दामोदर पौडेल वैरागी, रामप्रकाश चौधरी, प्रतिमा गौतम, विमला सुवेदी, नारायणप्रसाद आचार्य, अमृतलाल राजवंशी, हितराज पाण्डेले पनि भनाइ व्यक्त गरेका थिए ।
बैठकमा आजै सभामुख देवराज घिमिरेले संसदको संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाई समितिमा पदम गिरीको स्थानमा सुनिता बरालको नाम हेरफेर गर्न सभाको सहमतिका लागि प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा बैठकले सहमति जनाएको थियो ।
बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । प्रतिनिधिसभाको अर्काे बैठक भोलि चैत २० गते विहान ११ बजे बस्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: