Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

आठ रात नौ दिन मनाइने प्रसिद्ध बिस्का जात्राको तयारी

खबरडबली संवाददाता

भक्तपुर । यही चैत २७ गतेदेखि सुरु भई वैशाख ५ गते सम्पन्न हुने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सभ्य र भव्य  रुपमा सम्पन्न गर्न आयोजक र सरोकारवालाबिच छलफल भएको छ ।

भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले आज यहाँ आयोजित छलफलमा बिस्केट जात्रा भक्तपुरको मात्र नभई सिङ्गो देशको कला, संस्कृति र ऐतिहासिकताको पहिचान भएको बताए । उनले जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न/गराउन आह्वान गरे । 

नगरप्रमुख प्रजापतिले भने, “२०८० चैत २७ देखि २०८१ वैशाख ५ गतेसम्म सञ्चालन हुने आठ रात नौ दिनको बिस्का जात्रा सांस्कृतिक नगरको गौरव गर्न लायक जात्रा भएकाले निर्धारित समयमै सुरु गरी समयमै सम्पन्न गर्नुपर्छ ।”

छलफलमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेको बिस्का जात्रा इन्जिनियरिङको हिसाबले पनि महत्वपूर्ण जात्राका रुपमा रहेको व्याख्या गरिन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बिस्का जात्रा अवसर र चुनौती मिश्रित भएकाले  शान्तिपूर्ण रुपमा सम्पन्न गर्न/गराउने सबैको दायित्व भएको बताइन् । उनले गुठी संस्थानको तालिकाअनुसार समयमै जात्रा सुरु गरी समयमै सम्पन्न गर्न आग्रह गरिन । 

प्रजिअ श्रेष्ठले बिस्का जात्राको समयमा जात्रा सञ्चालन हुने स्थानमा मदिराजन्य पदार्थको बेचबिखनमा रोक लगाउने र जात्रा अवधिभर शान्तिसुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालयले संवेदनशील भएर काम गर्ने बताइन् ।

छलफलमा गुठी संस्थान भक्तपुरका प्रमुख खिमा ओलीले गुठी संस्थान कार्यालयले सार्वजनिक गरेको तालिकाअनुसार जात्रा सञ्चालन भएमा मर्यादित तथा शान्तिपूर्ण ढङ्गले जात्रा सम्पन्न गर्न सकिने बताइन् । 

बैठकमा भक्तपुर नपाका जनप्रतिनिधि, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी बल, नेपाल टेलिकम, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल विद्युत् प्राधिकरण, नेपाल रेडक्रस सोसाइटी, भैरवनाथ जात्रा सहयोग समिति, अस्पतालका प्रतिनिधि रसरोकारवालाको उपस्थिति थियो । बिस्का जात्रा व्यवस्थापनबारे सबै निकायले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । नगरपालिकाले जात्रा सञ्चालन हुने सम्पूर्ण क्षेत्रको सरसफाइ र व्यवस्थापन गर्ने भएको छ ।

जात्रा अवधिमा नगर क्षेत्रको शान्तिसुरक्षा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरले गर्ने, बिस्का जात्रासम्बन्धी सम्पूर्ण पूजाआजा र जात्रा समयमै सुरु र सम्पन्न गुठी संस्थान शाखा कार्यालयले गर्ने, जात्रासँग सम्बन्धित पूजाआजा र आवश्यक तयारी भैल नायोहरु, जात्रा व्यवस्थापन समिति र सम्बन्धित वडा कार्यालयले गर्ने निर्णय गरेको छ । 

त्यस्तै बिस्का जात्रा सञ्चालन हुने नगरका सम्पूर्ण क्षेत्रमा रहेको तार, केबुल र फाइबर नेटका केबुल सम्बन्धित सेवाप्रदायकले व्यवस्थापन गर्ने निर्णय भएको छ । जात्रा अवधिमा नगरका सम्पूर्ण अस्पतालका एम्बुलेन्स, दमकल तथा विपद् पूर्वतयारीका सामान तयारी अवस्थामा राख्न नेपाल रेडक्रस सोसाइटी, भक्तपुरले आवश्यक व्यवस्थापन गर्ने र अस्पतालको आकस्मिक कक्षमा स्वास्थ्यकर्मी सतर्क अवस्थामा राख्ने निर्णय गरिएको छ । 

जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न नगरबासी र सङ्घसंस्थाको सहभागितामा यही चैत २७ गते बिहान सद्भाव र्‍याली गर्ने निर्णय भएको छ । जात्रामा खानेपानी व्यवस्थापन काठमाडौँ खानेपानी उपत्यका लिमिटेड (केयुकेएल)लाई र विद्युत् प्रसारणमा कुनै किसिमको समस्या आउन नदिन नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्यानडा पठाइदिने भन्दै १८ लाख ५३ हजार ठग्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै रु १८ लाख ५३ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ...

माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत पश्चिम प्रवास संगठन समितिको भर्जुअल परामर्श बैठक सुरु भएको छ ।  बैठकमा पार्टी केन्द्रीय का...

उदयपुरको कटारी सोरुङ्गछविसेमा आमा-छोरा हत्याका अभियुक्त सार्वजनिक

कटारी । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा-छोराको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई सार्वजनिक गरेको छ ।  ...

रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी टेलिभिजनमा रहँदा १ करोड बढी तलब लिएको पाइएको छ ।  सहकारीको बचत अप...

नेपाली सेनाको अगुवाईमा रौतहटमा ७ हजार वृक्षारोपण

रौतहट । रौतहटमा नेपाली सेनाको अगुवाईमा बृहत रुपमा वृक्षारोपण गरिएको छ । संबिधान दिवसको अवसर पारेर नेपाली सेनाको अगुवाईमा रौतहटको चुरे क्षेत्रमा बिभिन्...

राष्ट्रपति पौडेलसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्...

चितवन कांग्रेस विद्युतीय हाजिरीमा अभ्यस्त

चितवन । नेपाली कांग्रेस पार्टी कार्यालय चितवनले पार्टीका जिल्ला नेताहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था गरेको छ । जिल्लास्तरीय नेताहरूको पार्टी कार...

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो

मुस्ताङ​ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित जनशान्ति माध्यामिक विद्यालयमा ३२ वर्षदेखि अध्यापन गराउँदै आएका पोखराका नारायण पौड...

विभिन्न चारजना सचिवहरूको सरुवा

काठमाडाैं । सरकारले विभिन्न चारजना सचिवहरूको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवाको निर्णय गरेको हो ।  निर्णयअनुसार ज...

सडक निर्धारित समयमा पूरा हुन नसक्दा स्थानीय मारमा

बाँके । बाँकेको पश्चिम सिमावर्ती क्षेत्रका जनताले दुःख पाइरहेको परसपुर–गौघाट सडक खण्ड कालोपत्रे गर्ने योजना निर्धारित समयमा पूरा हुन नसक्दा स्थानीयले ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy