भक्तपुर । यही चैत २७ गतेदेखि सुरु भई वैशाख ५ गते सम्पन्न हुने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सभ्य र भव्य रुपमा सम्पन्न गर्न आयोजक र सरोकारवालाबिच छलफल भएको छ ।
भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले आज यहाँ आयोजित छलफलमा बिस्केट जात्रा भक्तपुरको मात्र नभई सिङ्गो देशको कला, संस्कृति र ऐतिहासिकताको पहिचान भएको बताए । उनले जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न/गराउन आह्वान गरे ।
नगरप्रमुख प्रजापतिले भने, “२०८० चैत २७ देखि २०८१ वैशाख ५ गतेसम्म सञ्चालन हुने आठ रात नौ दिनको बिस्का जात्रा सांस्कृतिक नगरको गौरव गर्न लायक जात्रा भएकाले निर्धारित समयमै सुरु गरी समयमै सम्पन्न गर्नुपर्छ ।”
छलफलमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेको बिस्का जात्रा इन्जिनियरिङको हिसाबले पनि महत्वपूर्ण जात्राका रुपमा रहेको व्याख्या गरिन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बिस्का जात्रा अवसर र चुनौती मिश्रित भएकाले शान्तिपूर्ण रुपमा सम्पन्न गर्न/गराउने सबैको दायित्व भएको बताइन् । उनले गुठी संस्थानको तालिकाअनुसार समयमै जात्रा सुरु गरी समयमै सम्पन्न गर्न आग्रह गरिन ।
प्रजिअ श्रेष्ठले बिस्का जात्राको समयमा जात्रा सञ्चालन हुने स्थानमा मदिराजन्य पदार्थको बेचबिखनमा रोक लगाउने र जात्रा अवधिभर शान्तिसुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालयले संवेदनशील भएर काम गर्ने बताइन् ।
छलफलमा गुठी संस्थान भक्तपुरका प्रमुख खिमा ओलीले गुठी संस्थान कार्यालयले सार्वजनिक गरेको तालिकाअनुसार जात्रा सञ्चालन भएमा मर्यादित तथा शान्तिपूर्ण ढङ्गले जात्रा सम्पन्न गर्न सकिने बताइन् ।
बैठकमा भक्तपुर नपाका जनप्रतिनिधि, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी बल, नेपाल टेलिकम, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल विद्युत् प्राधिकरण, नेपाल रेडक्रस सोसाइटी, भैरवनाथ जात्रा सहयोग समिति, अस्पतालका प्रतिनिधि रसरोकारवालाको उपस्थिति थियो । बिस्का जात्रा व्यवस्थापनबारे सबै निकायले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । नगरपालिकाले जात्रा सञ्चालन हुने सम्पूर्ण क्षेत्रको सरसफाइ र व्यवस्थापन गर्ने भएको छ ।
जात्रा अवधिमा नगर क्षेत्रको शान्तिसुरक्षा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरले गर्ने, बिस्का जात्रासम्बन्धी सम्पूर्ण पूजाआजा र जात्रा समयमै सुरु र सम्पन्न गुठी संस्थान शाखा कार्यालयले गर्ने, जात्रासँग सम्बन्धित पूजाआजा र आवश्यक तयारी भैल नायोहरु, जात्रा व्यवस्थापन समिति र सम्बन्धित वडा कार्यालयले गर्ने निर्णय गरेको छ ।
त्यस्तै बिस्का जात्रा सञ्चालन हुने नगरका सम्पूर्ण क्षेत्रमा रहेको तार, केबुल र फाइबर नेटका केबुल सम्बन्धित सेवाप्रदायकले व्यवस्थापन गर्ने निर्णय भएको छ । जात्रा अवधिमा नगरका सम्पूर्ण अस्पतालका एम्बुलेन्स, दमकल तथा विपद् पूर्वतयारीका सामान तयारी अवस्थामा राख्न नेपाल रेडक्रस सोसाइटी, भक्तपुरले आवश्यक व्यवस्थापन गर्ने र अस्पतालको आकस्मिक कक्षमा स्वास्थ्यकर्मी सतर्क अवस्थामा राख्ने निर्णय गरिएको छ ।
जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न नगरबासी र सङ्घसंस्थाको सहभागितामा यही चैत २७ गते बिहान सद्भाव र्याली गर्ने निर्णय भएको छ । जात्रामा खानेपानी व्यवस्थापन काठमाडौँ खानेपानी उपत्यका लिमिटेड (केयुकेएल)लाई र विद्युत् प्रसारणमा कुनै किसिमको समस्या आउन नदिन नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: