काठमाडौं । नेपाल खो खो संघले २०५२ सालमा स्थापना भएदेखि पहिलो पटक उमेर समूहको महिला पुरुष दुवैतर्फको खो खो प्रतियोगिता आयोजना गर्न लागिएको छ ।
ज्यादै न्यून मात्र प्रतियोगिता हुने यस खो खो खेल नेपाल खो खो संघको आयोजना तथा सुदूरपश्मि प्रदेश खो खो संघको सहआयोजनामा यस वर्ष पहिलो पटक मोफसलमा अर्थात सुदूरपश्मि प्रदेशको धनगढीमा प्रतियोगिता हुन गइरहेको हो ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी यो प्रथम यू २१ राष्ट्रिय पुरुष तथा महिला खो खो प्रतियोगिता, २०८० चैत २४ देखि २७ गतेसम्म धनगढी उपमहानगरपालिका वडा नं. ३ बोराडाँडीस्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको खेल मैदानमा खेलाइने जनाइयो । सहआयोजक सुदूरपश्चिम प्रदेश खो खो संघका अनुसार तयारीका सम्पूर्ण कामहरु पूरा भइसको छ । प्रतियोगिताको उदघाटन कार्यक्रम चैत २४ गते दिउँसो २ बजे राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलात्त घिसिङको प्रमुख आतिथ्यमा हुनेछ ।
प्रतियोगितामा सेती, मधेश, बागमती, गण्डकी, बुम्बिनी र सुदूरपश्चिम प्रदेश गरी ६ वटा प्रदेशबाट महिला पुरुप गरी १२ टिमका १४४ खेलाडी तथा २४ प्रशिक्षक र ६ टिम व्यवस्थापक गरी कुल १७२ जनाको सहभागिता रहने छन् । प्रतियोगिता सञ्चालनशे लागि जम्मा २० जना निर्णायकहरुको व्यवस्था गरिएको छ भने प्रतियोगिता अवधिभर १० जना स्वयम्सेवकहरु परिचालित हुनेछन् ।
सो प्रतियोगितामा खेलाडी, प्रशिक्षक, टिम व्यवस्थापक, निर्णायक, स्वय्सेवक र संघका पदाधिकारीहरु गरी कुल २२५ जना परिचालित हुने छन् । यस प्रतियोगिताको लोगोको रुपमा सोही क्षेत्रमा सर्वाधिक पाइने संरक्षिक जनावर बाघले शिकारको लागि डाइभ दिइरहेको चित्रलाई लिइएको छ । प्रतियोगिता लिग कम नक आउटको आधारमा हुने जनाइएको छ ।
प्रतियोगितामा आयोजक संघका अध्यक्ष प्रदीप महर्जनले संघले अहिलेसम्म पुरुपतर्फ सात र महिला छ वटा राष्ट्रिय प्रतियोगिताहरु गरिसकेको जनाए । १२औ र १३ औ दक्षिण एशियली खेलमा लगातार काँस्य र रजत पदक दिलाउँदै आएको यस खेलले गुवाहाती, भारतमा २०२३ नोभेम्बरमा सम्पन्न चौथो एशियन खो खो च्याम्पियनशीप प्रतियोगितामा पनि महिला र पुरुष दुबैतर्फ देशको लागि रजत पदक जित्न सफल भएको उनले बताए ।
यसरी अन्तर्राष्ट्रिय जगतमा राम्रो छबि बनाएको खो खो खेललाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदमार्फत प्रथम यू २१ राष्ट्रिय पुरुष तथा महिला खो खो प्रतियोगिता २०८० आयोजना गर्न नेपाल सरकारको रातो कितावमा उल्लेख गरी १२ लाख बजेट विनियोजन गरेबाट नेपाल खो खो संघ परिवार तथा खो खो खेल प्रेमीहरु अत्यन्त हौसियको उनले बताए छ ।
सम्मेलनमा आयोजक संघका महासचिव शंकर महत, प्रमुख प्रशिक्षक लक्ष्मीनारायण बैद्य, सल्लाहकार दीपक बस्नेत, वागमति प्रदेश खो खो संघका अध्यक्ष राजेश शाक्यलगायतले खो खो खेलका विभिद् विषयहरुमा चर्चा गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: