काठमाडौं । भारतीय नेशनल कांग्रेस नेतृ सोनिया गान्धीले राज्यसभा सांसदको सपथ लिएकी छन् । सोनिया राजस्थानबाट राज्यसभा सांसद बनेकी हुन् ।
विहिबार भारतको नयाँ संसद भवनमा उपराष्ट्रपति जगदीप धनखरले गान्धीसहितअन्य राज्यसभा सांसदहरूलाई सपथ गराएका हुन् ।
सोनिया गान्धी पहिलो पटक राज्यसभा सांसद बनेकी हुन् । उनी राजस्थानबाट राज्यसभामा निर्विरोध निर्वाचित भएकी थिइन् । नेहरू-गान्धी परिवारका सदस्यले राज्यसभा सांसदको रूपमा सपथ लिएको यो तेस्रो पटक हो । यसअघि इन्दिरा गान्धी र उमा नेहरु राज्यसभा सांसद बनेका छन् ।
उमा नेहरू भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूका काकाकी पत्नी थिइन् । उमाको कार्यकाल सन् १९६२–६३ मा थियो । त्यही क्रममा इन्दिरा गान्धी सन् १९६४ मा राज्यसभामा पुगिन् । इन्दिरा गान्धी सन् १९६४ देखि १९६७ सम्म राज्यसभा सदस्य थिइन् । दुवै नेताले राज्यसभामा उत्तर प्रदेशको प्रतिनिधित्व गरेका थिए ।
जब इन्दिरा पहिलो पटक प्रधानमन्त्री बनिन्, उनी राज्यसभाको सदस्य थिइन् । सन् १९६७ को लोकसभा चुनावमा उनले रायबरेली सिटबाट चुनाव लडेर जितिन् । त्यसपछि उनले राज्यसभाको सदस्यता त्यागेकी थिइन् ।
सोनिया गान्धी यसअघि १९९९ देखि लगातार लोकसभा चुनाव जित्दै आएकी थिइन् । सन् १९९९ मा सोनिया उत्तर प्रदेशको अमेठी सिटबाट जितेर लोकसभामा पुगिन् । यसपछि सन् २००४ मा उनका छोरा पूर्व कांग्रेस अध्यक्ष राहुल गान्धी चुनावी राजनीतिमा प्रवेश गरे ।
राहुल अमेठी सिटबाट र सोनिया रायबरेली सिटबाट चुनाव लडेकी थिइन् । रायबरेली सोही सिट थियो जहाँबाट सोनियाकी सासु इन्दिरा गान्धीले चुनाव लडेकी थिइन् । सोनियाले २००४, २००९, २०१४ र २०१९ मा लगातार चार पटक रायबरेली सिटबाट चुनाव लडेकी थिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: