जुम्ला । पछिल्लो समयमा जुम्लाका स्थानीय भेडा पालनमा आकर्षण हुन थालेका छन् । बजारमा भेडाको माग बढ्न थालेपछि स्थानीय भेडा पालनमा आकर्षित भएका हुन् ।
जिल्लास्थित पशु अस्पताल तथा पशुसेवा कार्यालयको तथ्याङ्कअनुसार जिल्लाभर अहिले ८४ हजार तीन सय ८८ भेडा छन् । बाख्राको सङ्ख्या ४६ हजार तीन सय छ रहेका कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले जानकारी दिए ।
पाँच वर्षअघि भेडापालनको सङ्ख्या घटेको भन्दै अहिले उक्त सङ्ख्या बढ्दै गएको उनको भनाइ छ । “भेडापालनमा प्रमुख समस्या भनेको विभिन्न तहले चरन क्षेत्रमा कर लगाउन थालेपछि किसानलाई सास्ती भएसँगै सङ्ख्या घट्दै गएको थियो”, प्रमुख बुढ्थापाले भने, “पहिले यहाँका भेडालाई अछाम, जाजरकोट, कालीकोट, दैलेख, सुर्खेत र दाङसम्म लैजान्थे तर कर लिने गरेका थिएनन् ।” अहिले सङ्घीय, प्रदेश र स्थानीय सरकार भएकाले विभिन्न तहले चरन क्षेत्रमा कर लगाउन थालेपछि भेडा पालक किसान मारमा परेका उनको भनाइ छ ।
कार्यालय प्रमुख बुढ्थापाले यहाँ चरन क्षेत्रको कुनै समस्या नभएको भन्दै जिल्लामा ६९ हजार हेक्टर चरन क्षेत्र रहेको जानकारी दिए । कार्यालयबाट भेडा पालक किसानलाई विभिन्न किसिमका सीपमूलक तथा प्राविधित तालिम दिँदै आइएको उनले बताए ।
अहिले किसानसँग पशुपालनका नाममा तथा एक पालिबाट अर्को पालिकामा लैजाँदा कर उठाउने गरेकाले समस्या भएको भन्दै किसानको उक्त समस्या समाधान भए भेडापालन अझ फस्टाउँदै जाने कार्यालय प्रमुख बुढ्थापाले बताए ।
केही वर्षपहिला यहाँका स्थानीयले घरमा चामल र नुन ल्याउन सुर्खेतबाट जुम्लासम्म भेडाबाट ल्याउने गरेका तिला गाउँपालिका–१ का भेडा पालक किसान लालबहादुर रावतले बताए । “अहिले समय परिवर्तन भएको छ । उहीँले एक महिना लगाएर तराईबाट भेडामार्फत खाद्यन्न सामग्रीको दुवानी हुन्थ्यो”, उनले भने, “अहिले विकासका पूर्वाधार विस्तार भएसँगै ग्रामीण भेगसम्म सडक निर्माण भएका छन् । यातायातका साधन पुगेका छन् । यसले भेडाको माग बढ्नुका साथै ढुवानीमा सहज बनाएको छ ।”
अहिले भेडामार्फत खाद्यन्न तथा उपभाग्य सामग्री ढुवानी हुन छोडेको स्थानीय बताउँछन् । भेडाको ऊन राडी, पाखी, कोट, कपडा बुन्न प्रयोग हुँदै आएको पशु अस्पताल तथा पशुसेवा कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: