Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

पौडेलको ‘मन मूच्र्छना’ लोकार्पण

खबरडबली संवाददाता

काठमाडौं । मुक्तककार मुकुन्द पौडेलको चौथो कृति ‘मन मूच्र्छना’ मुक्तक सङ्ग्रह सार्वजनिकीकरण भएको छ । आवरण प्रकाशनद्वारा आज यहाँ आयोजित कार्यक्रममा दिव्यशताब्दी पुरुष एवं राष्ट्रिय मानअधिकार आयोगका पूर्वसदस्य डा गौरीशङ्करलाल दासलगायतले ‘मन मूच्र्छना’ को लोकार्पण गरे । 

सो अवसरमा अधिकारकर्मी दासले कृतिमा समावेश मुक्तक समसामयिक, रोचक र घोचक रहेको बताए । वरिष्ठ कवि एसपी कोइरालाले मुक्तक सिर्जना आफैँ कठिन र चुनौतीपूर्ण विषय रहेको बताउँदै दिव्य शताब्दी पुरुष प्रमुख अतिथि रहेको कार्यक्रममा सहभागी हुनु नै पनि विशिष्ट अवसर हो भने । 

सभाध्यक्ष प्राध्यापक एवं वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले ‘मन मूच्र्छना’ का स्रष्टाका शब्दमात्र नभई व्यक्तित्वसमेत सालिन र सरल रहेको बताए । उनले एक प्रसङ्गमा भने, “लेख र साहित्यलाई अहिले मुलुकमा रगतको सौन्दर्यसँग जोड्ने भन्ने विचित्रखाले सोच अघि बढेको छ, जुन विडम्बनापूर्ण छ ।”

कृतिमा केही भाषिक त्रुटि रहेकाले आगामी दिनमा सच्याउँदै लैजान सुझाव दिँदै वरिष्ठ पत्रकार दाहालले कतिपय कवितामा लेख्नेलाई जति पढ्नेलाई थाहा हुन्न, तर पढ्नेलाई थाहा हुन्न भन्ने लेखकले सोच्न नहुने विचार प्रकट गरे । 

नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले थोरै शब्द र भावमा धेरै भन्न सकिने हुनाले मुक्तकले साहित्य विधामा बेग्लै विशिष्ट पहिचान बोकेको बताए । कृतिका स्रष्टा पौडेलले आफ्नो ७० औँ जन्मोत्सवको अवसर पारेर प्रकाशन गरेको कृतिमा समावेश मुक्तक सिर्जनाका परिवेशबारे बताए । 

उनका यसअघि मझधार कविता सङ्ग्रह तथा मन सिन्धु र मनशिला मुक्तक सङ्ग्रह प्रकाशित भइसकेका छन् ।
कृतिको समालोचना गर्दै समालोचक घनेन्द्र ओझाले गाउँको परिवेश, राज्यका समसामयिक विषयमा देखेको, भोगेको, सुनेको र अनुभूति गरेका विषयलाई स्रष्टाले सरल भाषामा परिस्कृत र गुणस्तरीय ढङ्गले मुक्तक प्रस्तुत गरेकाे बताए । 

अर्का समालोचक केदारनाथ खनालले सरल भाषा र मुक्तकीय संरचनाका सबै विषयवस्तुको पालनासहितका मुक्तक मीठो भाषा र झिल्का दिने रहेको प्रतिक्रिया दिए । समालोचक गोविन्दराज विनोदीले तरल, सरल, मुक्तकीय अभिव्यक्तिद्वारा स्रष्टाले समाजमा एकता, न्याय, समता, समृद्धि र शान्तिको स्थापना होस् भन्ने चाहेकाे बताए । 

उनले भाषा, साहित्य तथा संस्कृति प्रेम, पुर्खाहरूको गैरवगाथाको सम्झना, नेपालीको कर्तव्य, देशबन्धुत्वको स्मरण मुक्तकमा पाइने बताए । अर्का समालोचक रामबाबु घिमिरेले मुक्तककार पौडेल विचारलाई पनि भावनामा रुपान्तरित गर्न सक्षम भएको उल्लेख गरे । 

अवारण प्रकाशक रही मूल्य रु तीन सय कायम गरिएको उक्त कृतिमा बेथिति, भ्रष्टाचार, रमाइला प्रेम प्रसङ्ग र सांस्कृतिक विचलनसहित दुई सय ४८ मुक्तक समावेश छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: