काठमाडौं । मुक्तककार मुकुन्द पौडेलको चौथो कृति ‘मन मूच्र्छना’ मुक्तक सङ्ग्रह सार्वजनिकीकरण भएको छ । आवरण प्रकाशनद्वारा आज यहाँ आयोजित कार्यक्रममा दिव्यशताब्दी पुरुष एवं राष्ट्रिय मानअधिकार आयोगका पूर्वसदस्य डा गौरीशङ्करलाल दासलगायतले ‘मन मूच्र्छना’ को लोकार्पण गरे ।
सो अवसरमा अधिकारकर्मी दासले कृतिमा समावेश मुक्तक समसामयिक, रोचक र घोचक रहेको बताए । वरिष्ठ कवि एसपी कोइरालाले मुक्तक सिर्जना आफैँ कठिन र चुनौतीपूर्ण विषय रहेको बताउँदै दिव्य शताब्दी पुरुष प्रमुख अतिथि रहेको कार्यक्रममा सहभागी हुनु नै पनि विशिष्ट अवसर हो भने ।
सभाध्यक्ष प्राध्यापक एवं वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले ‘मन मूच्र्छना’ का स्रष्टाका शब्दमात्र नभई व्यक्तित्वसमेत सालिन र सरल रहेको बताए । उनले एक प्रसङ्गमा भने, “लेख र साहित्यलाई अहिले मुलुकमा रगतको सौन्दर्यसँग जोड्ने भन्ने विचित्रखाले सोच अघि बढेको छ, जुन विडम्बनापूर्ण छ ।”
कृतिमा केही भाषिक त्रुटि रहेकाले आगामी दिनमा सच्याउँदै लैजान सुझाव दिँदै वरिष्ठ पत्रकार दाहालले कतिपय कवितामा लेख्नेलाई जति पढ्नेलाई थाहा हुन्न, तर पढ्नेलाई थाहा हुन्न भन्ने लेखकले सोच्न नहुने विचार प्रकट गरे ।
नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले थोरै शब्द र भावमा धेरै भन्न सकिने हुनाले मुक्तकले साहित्य विधामा बेग्लै विशिष्ट पहिचान बोकेको बताए । कृतिका स्रष्टा पौडेलले आफ्नो ७० औँ जन्मोत्सवको अवसर पारेर प्रकाशन गरेको कृतिमा समावेश मुक्तक सिर्जनाका परिवेशबारे बताए ।
उनका यसअघि मझधार कविता सङ्ग्रह तथा मन सिन्धु र मनशिला मुक्तक सङ्ग्रह प्रकाशित भइसकेका छन् ।
कृतिको समालोचना गर्दै समालोचक घनेन्द्र ओझाले गाउँको परिवेश, राज्यका समसामयिक विषयमा देखेको, भोगेको, सुनेको र अनुभूति गरेका विषयलाई स्रष्टाले सरल भाषामा परिस्कृत र गुणस्तरीय ढङ्गले मुक्तक प्रस्तुत गरेकाे बताए ।
अर्का समालोचक केदारनाथ खनालले सरल भाषा र मुक्तकीय संरचनाका सबै विषयवस्तुको पालनासहितका मुक्तक मीठो भाषा र झिल्का दिने रहेको प्रतिक्रिया दिए । समालोचक गोविन्दराज विनोदीले तरल, सरल, मुक्तकीय अभिव्यक्तिद्वारा स्रष्टाले समाजमा एकता, न्याय, समता, समृद्धि र शान्तिको स्थापना होस् भन्ने चाहेकाे बताए ।
उनले भाषा, साहित्य तथा संस्कृति प्रेम, पुर्खाहरूको गैरवगाथाको सम्झना, नेपालीको कर्तव्य, देशबन्धुत्वको स्मरण मुक्तकमा पाइने बताए । अर्का समालोचक रामबाबु घिमिरेले मुक्तककार पौडेल विचारलाई पनि भावनामा रुपान्तरित गर्न सक्षम भएको उल्लेख गरे ।
अवारण प्रकाशक रही मूल्य रु तीन सय कायम गरिएको उक्त कृतिमा बेथिति, भ्रष्टाचार, रमाइला प्रेम प्रसङ्ग र सांस्कृतिक विचलनसहित दुई सय ४८ मुक्तक समावेश छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: