Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

औद्योगिक क्षेत्रको विकासबिना मुलुकले गति लिन सक्दैन: मन्त्री भण्डारी

खबरडबली संवाददाता

पर्सा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा औद्योगिक क्षेत्रको विकासबिना मुलुकले गति प्राप्त गर्न नसक्ने बताएका छन् । 

कान्तिपुर मिडिया ग्रुपले आज औद्योगिक नगरी वीरगञ्जमा ‘वीरगञ्जको वाणी’ बहसमूलक कार्यक्रमअन्र्तगतको ‘उद्योग र व्यापार खोइ पूर्वाधार’ भन्ने सत्रमा मन्त्री भण्डारीले वीरगञ्जको औद्योगिक क्षेत्रका रुपमा अपेक्षाकृत ढङ्गले विकास हुन नसकेको बताए । 

“वीरगञ्ज सहरले हिजो पनि औद्योगिक क्षेत्रका रुपमा पहिचान बनाएको थियो, जसरी वीरगञ्जको औद्योगिक क्षेत्रका रुपमा विकास हुनुपर्ने थियो, सोही अपेक्षाकृत ढङ्गले विकास हुन सकेको छैन, यद्यपी सरकारले वीरगञ्जको औद्योगिक क्षेत्रको विकासका लागि आवश्यक पहलकदमी भने गरिरहेको छ”, उनले भने । 

मन्त्री भण्डारीले सरकारले वीरगञ्जको उद्योगधन्दा र उद्यमशीलताको विकासलाई आगामी दिनमा प्राथमिकतामा राखेर अघि बढ्ने बताए । 

“कोभिड, आर्थिक मन्दी लगायतका कारणले औद्योगिक क्षेत्रको विकास जुन रुपमा हुनुपर्ने थियो, त्यो हुन सकिरहेको छैन, त्यसैले सरकारले धरासायी भएका उद्योगलाई उकास्ने खालको नयाँ नीति ल्याएर अघि बढ्ने तयारी गरिरहेको छ”, मन्त्री भण्डारीले भने, “सरकारले नेपालमा उद्योगी व्यवसायीले भोग्नुपरेको प्रक्रियागत झन्झट र अन्य कानुनी जटिलताको अन्त्य गर्नका लागि लगानी सम्मेलनको पूर्वसन्ध्यामा कानुन संशोधन गर्न खोजेको छ, त्यसले पक्कै पनि लगानीको वातावरण सिर्जना गर्ने अपेक्षा गरेका छौं ।”

उनले नेपालको अर्थतन्त्र आयातमुखी भएको बताउँदै सकेसम्म स्वदेशमा नै प्राप्त हुने कच्चापदार्थबाट उद्योगधन्दा सञ्चालन गर्नुपर्ने औंल्याए । “संघीय सरकारले सात वटै प्रदेशमा औद्योगिक क्षेत्र निर्माण गर्ने योजनालाई अघि सारिसकेको छ”, उनले भने, “औद्योगिक क्षेत्र निर्माण सबैले हातेहालो गरेर अघि बढेमात्रै सम्भव छ ।”

मन्त्री भण्डारीले उद्योग खोल्नका लागि जग्गाप्राप्ति, मुआब्जा र क्षतिपूर्ति र वनसँग सम्बन्धित विभिन्न प्रावधान बाधक रहेकाले ती बाधा अड्चनलाई पनि फुकाउने गरी काम गरिरहेको बताए । 

उनले सरकारले उद्योगधन्दा चलाउने नभएर उद्योगधन्दा सञ्चालनका लागि सहजीकरण गर्ने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: