महोत्तरी । इस्लाम धर्मालम्बी आज आफ्नो मुख्य चाड इद–उल–फित्र (इद) मनाउँदै छन्भने हिन्दूको वासन्ती नवरात्र जारी छ । यस अवसरमा दुवै साम्प्रदायले एकापसमा शुभकामना आदानप्रदान गरेका छन् ।
नयाँ वर्षको प्रारम्भमा मनाइने ‘जुडशीतल’ पर्वका निम्ति सरसामानको जोहो गर्न हिन्दूहरू व्यस्त छन् । महोत्तरीसहित मधेसका मिथिला क्षेत्रमा छ्यासमिस बसोबास रहेका बस्तीमा हिन्दू÷इस्लाम अनुयायी एकापसमा शुभकामना आदानप्रदानमा व्यस्त छन् ।
“इद मुवारक (शुभकामना) छ’, महोत्तरीको भङ्गाहा–४ रामनगरको मुसलमानटोल पुगेका हिन्दू युवक मुस्लिम समवयीलाई आलिङ्गन गर्दै शुभकामना व्यक्त गर्छन्”, यसैगरी मुस्लिम युवक आफ्ना हिन्दू साथीलाई नवरात्र, जुडशीतलको शुभकामना भन्दै सद्भाव व्यक्त गरेका छन् ।
जिल्ला सदरमुकाम जलेश्वरमा इस्लाम धर्मावलम्बीलाई शुभकामना दिन हिन्दूहरु घरघरैजसो पुग्दैछन् । “हामी मुस्लिम साथीलाई भेट्न उनीहरुको घरमा पुग्दैछौँ”, जलेश्वर–२ का ३० वर्षीय विनय विश्वकर्मा भन्नुहुन्छ, “ यहाँ खुसीको वातावरण छ ।”
जलेश्वर सामाजिक र धार्मिक सद्भावका लागि उदाहरणीय भएको नगरप्रमुख सुरेश साह सोनार भन्नुहुन्छ । “ कुनै मुस्लिमलाई इदको शुभकामना दिन उनका आफन्तभन्दा पहिले हिन्दू पुग्छन्, त्यस्तै हिन्दूका पर्वमा शुभेच्छा प्रकट गर्न मुस्लिम पुग्ने गरेका छन्”, “आफ्नो माटोको सहिष्णुताबारे नगरप्रमुख साह भन्छन्”, यो मैथिल परम्परा र संस्कृतिको प्रभाव हो । जलेश्वरमा दसैँ महोत्सव र महाशिवरात्रिजस्ता पर्व र समारोहमा मुस्लिम युवा स्वयम्सेवी हुने गरेका उनी बताउछन् ।
जिल्लाका उत्तर÷दक्षिण तथा पूर्व÷पश्चिम जता पुगे पनि हिन्दू र मुस्लिम युवा सराबरी आपसमा खुसी साटासाट गरीरहेका भेटिएका जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्ण बताउछन् । “चाडपर्वमा देखिने हिन्दू÷मुस्लिमबीचको यो प्रेम र सद्भावले मलाई भावुक बनाउँछ”, उनी भन्छन्, “छुट्याउनै सकिन्न, इदमा हिन्दू खुसी व्यक्त गरिरहेका हुन्छन्, दसैँ, छठ र फागुजमा मुस्लिम युवाले त्यसै गरेको देखिन्छ”, यो मिथिला संस्कृतिमात्र नभएर बुद्ध दर्शनको समेत प्रभाव भएको उहाँको भनाइ छ ।
मैथिल हिन्दू, मुसलमान,बौद्ध र इसाइ सबै धर्म परम्पराका छन् । यहाँको आपसी सद्भाव र धार्मिक सहिष्णुता चाहिँ वैदिक सनातन, इस्लामिक सुफी सन्त र बुद्ध दर्शन परम्पराको निरन्तरता भएको पाका मैथिल बताउँछन् । यो आपसी प्रेम, धार्मिक सद्भाव र सहिष्णुताले मैथिल हुनुको गर्वानुभूति भएको रामगोपालपुर–२ महनपुरका ६० वर्षीय इस्लाम धर्मावलम्बी महम्मद कादिर हुसैन बताउछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक १७ गते, २०८१ - १५:५८
ताप्लेजुङ। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ । प्रहरीका अनुसार सिरिजङघा गाउँपालिका–४ तेल्लोकका ३० वर्षीय विवेक भण...
कार्तिक १७ गते, २०८१ - १५:४९
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज भेनेजुयला प्रस्थान गरेको छन् । भेनेजुयलाको पार्लियामेन्ट्री फोरमको ...
कार्तिक १७ गते, २०८१ - १५:३६
कपिलवस्तु । भाइटीका मनाउन भारतबाट नेपाल आउँदै गरेको कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भारतको पन्जाब राज्यबाट बढ्नी नाका हुँदै घर फर्किरहेको प...
कार्तिक १७ गते, २०८१ - १५:२२
लहान। दिपावली पर्व सकेलगतै मनाइने छठ पर्वको लागि पोखरी नदी ताल तलैयामा घाटको तयारी थालिएको छ । लहान–३ स्थित रघुनाथपुर पोखरी घाटलाई सजाउन तयारी सुरु गर...
कार्तिक १७ गते, २०८१ - १४:४६
गलेश्वर । “आहै चिप्लोमा बाटो, देउसी रे । आहै अँध्यारो रातमा, देउसी रे । आहै लड्दै र पड्दै,देउसी रे । आहै केराको थम्बा, देउसी रे...
कार्तिक १७ गते, २०८१ - १४:३९
मधेसमा ट्राफिक नियम उलंघन गरे वापत चार करोड ३९ लाख जरिवाना, ९५ को मृत्यु बारा। तीन महिनामा चार करोड ३९ लाखबढी जरिवाना असुल भएको तथा ९५ को मृत्यु भएको...
कार्तिक १७ गते, २०८१ - १४:२७
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाडपर्वहरु सामाजिक सहिष्णुता र एकता प्रवद्र्धन गर्ने माध्यम भएका बताएका छन् । नेपाल संवत् १...
कार्तिक १७ गते, २०८१ - १४:२३
महोत्तरी । मिथिलाञ्चललगायत मधेसका अधिकांश क्षेत्रमा आज दीपावली (तिहार) पर्वको चौथो दिन ‘गोधन’ पर्व मनाइँदैछ । यमपञ्चकको चौथो दिन अर्थात् कात्तिक शुक्ल...
कार्तिक १७ गते, २०८१ - १४:१७
काठमाडौं। नेपाल संवत् ११४५ को उपलक्ष्यमा वसन्तपुरमा सांस्कृतिक झाँकी र बाजागाजासहित सांस्कृतिक र्यालीको आयोजना गरी मनाइएको छ । नेपाल संवत् ११४५ को स...
कार्तिक १७ गते, २०८१ - १४:०९
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रतिष्ठा बढाउन नेपाल भाषा, सभ्यता र संस्कृतिको असाधारण योगदान रहेको बताएको छन् । नेपाल संवत् ११४५ ...
प्रतिकृया लेख्नुहोस्: