एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले ११ जनाको हत्या गरेको अधिकारीहरूले शनिबार बताएका छन् ।
स्थानीय समयअनुसार शुक्रबार राति ८ बजेतिर बलुचिस्तान प्रान्तको नौस्की शहरनजिकै छ जना बन्दुकधारीले एउटा बस रोकेरे परिचयपत्र जाँच गरी पञ्जाबको पूर्वी क्षेत्रका नौ जना कामदारलाई अपहरण गरेको प्रहरीले जनाएको छ ।
स्थानीय प्रहरीका वरिष्ठ अधिकारी अल्लाह बख्शले एएफपीसँग भने, “राजमार्गबाट दुई किलोमिटर टाढा गोली लागेको अवस्थामा उनीहरूको शव फेला परेको थियो ।”
आक्रमणकारीले पछि प्रान्तीय सांसदको कारलाई लक्षित गरी गोली चलाएको बख्शले बताए । गोली चल्दा गाडीमा सांसद नरहेको बुझिएको छ । आक्रमणपछि कार सडक नजिकैको खाल्डोमा खस्दा दुई जनाको मृत्यु भएको हो ।”
नौश्की जिल्ला प्रशासनका वरिष्ठ अधिकारी हबिबुल्लाह मुसाखाइलले एएफपीसँग भने, “प्रहरी र अर्धसैनिक बलले आक्रमणकारीलाई पक्राउ गर्न त्यस क्षेत्रमा खोजी कार्य सुरु गरेका छन् तर आक्रमणकारीहरू यस पटक त्यस क्षेत्रबाट भाग्न सफल भएका छन् ।”
बख्शले बन्दुकधारीहरूले ‘बलोच पृथकतावादीहरूको कार्यप्रणाली स्पष्ट रूपमा प्रयोग गरेको’ र आक्रमणको पछाडि कसको हात थियो भन्ने पुष्टि गर्न अनुसन्धान सुरु गरिएको बताए ।
पाकिस्तानको सबैभन्दा ठूलो तर गरिब प्रान्त बलुचिस्तानमा जातीय पृथकतावादीहरूले दशकौं लामो विद्रोह गर्दै आएका छन् । लडाकूहरूले विगतमा पाकिस्तानका अन्य स्थानका जातीय पञ्जाबी र सिन्धीहरूलाई लक्षित गरेका थिए, साथै विदेशी ऊर्जा फर्महरूले यस क्षेत्रको धनको साझेदारी नगरी यस क्षेत्रको दोहन गरिरहेको उनीहरूको भनाइ छ ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले शुक्रबार राति भएको आक्रमणलाई ‘आतङ्कवादको घटना’ को संज्ञा दिँदै ‘सहजकर्तालाई दण्डित गरिने’ बताए । गत वर्ष अक्टोबरमा बन्दुकधारीले निजी आवास निर्माण गरिरहेका छ जना पञ्जाबी मजदूरको हत्या गरेका थिए । गत महिनाको अन्त्यतिर यस क्षेत्रमा चीनको लगानीको आधारशिला मानिएको बन्दरगाहको कार्यालयमा आक्रमण गर्ने क्रममा आठ जना बलोच लडाकू मारिएका थिए ।
आक्रमणको क्रममा दुई जना पाकिस्तानी सैनिकको मृत्यु भएको सेनाको जनसम्पर्क शाखाले जनाएको छ । पाकिस्तानी सुरक्षा बल पृथकतावादीहरूको सबैभन्दा बढी निशानामा परेको छ । बलोच लडाकूले आफ्नो समुदायलाई उनीहरूको प्रतिरोधको बदलाको रूपमा गैरन्यायिक हत्या र बेपत्ता पार्ने गरेको दाबी गर्छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: