Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

पाकिस्तानी विद्रोहीको आक्रमणमा ११ जनाको मृत्यु

खबरडबली संवाददाता

एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले ११ जनाको हत्या गरेको अधिकारीहरूले शनिबार बताएका छन् ।

स्थानीय समयअनुसार शुक्रबार राति ८ बजेतिर बलुचिस्तान प्रान्तको नौस्की शहरनजिकै छ जना बन्दुकधारीले एउटा बस रोकेरे परिचयपत्र जाँच गरी पञ्जाबको पूर्वी क्षेत्रका नौ जना कामदारलाई अपहरण गरेको प्रहरीले जनाएको छ ।

स्थानीय प्रहरीका वरिष्ठ अधिकारी अल्लाह बख्शले एएफपीसँग भने, “राजमार्गबाट दुई किलोमिटर टाढा गोली लागेको अवस्थामा उनीहरूको शव फेला परेको थियो ।”

आक्रमणकारीले पछि प्रान्तीय सांसदको कारलाई लक्षित गरी गोली चलाएको बख्शले बताए । गोली चल्दा गाडीमा सांसद नरहेको बुझिएको छ । आक्रमणपछि कार सडक नजिकैको खाल्डोमा खस्दा दुई जनाको मृत्यु भएको हो ।”

नौश्की जिल्ला प्रशासनका वरिष्ठ अधिकारी हबिबुल्लाह मुसाखाइलले एएफपीसँग भने, “प्रहरी र अर्धसैनिक बलले आक्रमणकारीलाई पक्राउ गर्न त्यस क्षेत्रमा खोजी कार्य सुरु गरेका छन् तर आक्रमणकारीहरू यस पटक त्यस क्षेत्रबाट भाग्न सफल भएका छन् ।”

बख्शले बन्दुकधारीहरूले ‘बलोच पृथकतावादीहरूको कार्यप्रणाली स्पष्ट रूपमा प्रयोग गरेको’ र आक्रमणको पछाडि कसको हात थियो भन्ने पुष्टि गर्न अनुसन्धान सुरु गरिएको बताए । 

पाकिस्तानको सबैभन्दा ठूलो तर गरिब प्रान्त बलुचिस्तानमा जातीय पृथकतावादीहरूले दशकौं लामो विद्रोह गर्दै आएका छन् । लडाकूहरूले विगतमा पाकिस्तानका अन्य स्थानका जातीय पञ्जाबी र सिन्धीहरूलाई लक्षित गरेका थिए, साथै विदेशी ऊर्जा फर्महरूले यस क्षेत्रको धनको साझेदारी नगरी यस क्षेत्रको दोहन गरिरहेको उनीहरूको भनाइ छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले शुक्रबार राति भएको आक्रमणलाई ‘आतङ्कवादको घटना’ को संज्ञा दिँदै ‘सहजकर्तालाई दण्डित गरिने’ बताए । गत वर्ष अक्टोबरमा बन्दुकधारीले निजी आवास निर्माण गरिरहेका छ जना पञ्जाबी मजदूरको हत्या गरेका थिए । गत महिनाको अन्त्यतिर यस क्षेत्रमा चीनको लगानीको आधारशिला मानिएको बन्दरगाहको कार्यालयमा आक्रमण गर्ने क्रममा आठ जना बलोच लडाकू मारिएका थिए ।

आक्रमणको क्रममा दुई जना पाकिस्तानी सैनिकको मृत्यु भएको सेनाको जनसम्पर्क शाखाले जनाएको छ । पाकिस्तानी सुरक्षा बल पृथकतावादीहरूको सबैभन्दा बढी निशानामा परेको छ । बलोच लडाकूले आफ्नो समुदायलाई उनीहरूको प्रतिरोधको बदलाको रूपमा गैरन्यायिक हत्या र बेपत्ता पार्ने गरेको दाबी गर्छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

सिरहाबाट खैरो हेरोइनसहित दुईजना पक्राउ

सिरहा । सिरहाको लहान नगरपालिका– २३ गढिया चोकबाट प्रहरीले कडा खालको मानिने प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रह...

केपी ओली निकट एमाले नेता पुरीद्वारा पार्टी परित्याग

विराटनगर । नेकपा (एमाले) का नेता टीकाराम पुरीले पार्टी परित्यागको घोषणा गरेका छन्। एमाले कोशी प्रदेश कमिटीका सल्लाहकार तथा केपी शर्मा ओली निकट मानि...

इयुको ९० अर्ब युरो सहयोग सम्झौता

ब्रसेल्स । युरोपेली सङ्घ (इयु) का नेताहरूले युक्रेनलाई आगामी दुई वर्षसम्म सैन्य तथा आर्थिक आवश्यकताहरू पूरा गर्न ९० अर्ब युरो बराबरको ब्याज–मुक्त ऋण उ...

बोन्डी समुन्द्रीतटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउ

सिड्नी । हिंसात्मक कार्य गर्ने योजना बनाएको आरोपमा बिहीबार दक्षिणपश्चिम सिड्नीमा पक्राउ परेका सात जना पुरुषहरूको अस्ट्रेलियाको बोन्डी समुन्द्र तटमा सा...

टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता

वासिङ्टन । अमेरिकी प्रतिबन्धको सम्भावित खतरा टार्न सामाजिक सञ्जाल कम्पनी टिकटकले लगानीकर्ताहरूसँग संयुक्त उद्यम (ज्वाइन्ट भेन्चर) सम्झौतामा हस्ताक्षर ...

सन् २०२६ मा श्रीलङ्काको विदेशी लगानी एक अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान

कोलम्बो । सन् २०२६ मा श्रीलङ्काको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रवाह एक अर्व ५० करोड देखि २ अर्ब अमेरिकी डलरको बीचमा हुने अपेक्षा गरेको लगानी बोर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending