Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

छाब्दी बाराहीमा भक्तजनको भीड, आँटेको मनोकांक्षा पूरा हुने जनविश्वास

खबरडबली संवाददाता

तनहुँ । व्यास १४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही मन्दिरमा आज बिहानैदेखि भक्तजनको बाक्लो भीड लागेको छ । आँटेको काम र मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ पूजाअर्चना र भाकल बुझाउन भक्तजनको बाक्लो भीड लागेको हो ।

व्यास ३ निवासी त्रिभुवन श्रेष्ठले मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ मन्दिरमा पूजा गर्न परिवार नै आएको बताए । त्यस्तै चितवनबाट आउनुभएका मुक्तिनाथ पौडेलले बिहान ८ बजेदेखि लाइनमा बस्नुपरेको बताए । 

भक्तजनको लामो लाइन रहेकाले पालो पाउनै मुस्किल भएको गुनासो उनले पोखे। तनहुँको व्यास–११ रानीगाउँबाट आएका प्रकाश कुँवरले बिहान ९ बजेदेखि लाइनमा बसेर दिउँसो करिब २ बजे पूजाअर्चना गर्न पाएको बताए । 

छाब्दी प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक गणेशबहादुर ऐरले जिल्ला प्रहरी कार्यालयबाट पठाइएको १०, छाब्दी चौकीका सात र ट्राफिक प्रहरी तीनसहित २० प्रहरी सुरक्षामा खटिएको बताए । 

“नेपाल प्रहरी र स्थानीय छाब्दी युवा क्लबका करिब १५ जना युवाको संयुक्त प्रयासमा भक्तजनका लागि लाइनको व्यवस्था गरिएको छ”, उनले भने, “अपाङ्गता, वृद्ववृद्वा, बालबालिका र अशक्तलाई सहज रूपमा मन्दिर प्रवेश गरी पूजाअर्चना गर्ने व्यवस्था मिलाइएको छ ।”

मन्दिरका मूल पुजारी चोकबहादुर आलेले मन्दिरमा भक्तजनको बिहानैदेखि भीड रहेकाले पुजारीलाई भ्याइनभ्याइ हुने गरेको बताए । मूल मन्दिरमा तीन, बलि दिने स्थानमा दुई र टीका लगाएर आशीर्वाद दिन एक गरी छजना पुजारी खटाइएको छ । मन्दिरमा बोका, कुखुरा, भेडा, हाँस, परेवालगायतका पशुपक्षीलाई बलि दिने प्रचलन रहिआएको पाइन्छ ।

नयाँ वर्ष र शनिबार बिदाका दिन परेकाले आजमात्रै २० हजारभन्दा बढी आन्तरिक भक्तजनले दर्शन गरेको छाब्दी बाराही विकास कोषका अध्यक्ष थानबहादुर थापाले दाबी गरे।  मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ पछिल्ला समय भक्तजनको चहलपहल बढ्दै गएको उहाँले जानकारी दिए । 

धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न आकर्षण छाब्दी देवीको मूर्ति र मन्दिर निर्माण गरिएको बताए । यसअघि उक्त मन्दिरमा वार्षिक करिब छ लाख भक्तजनले पूजाअर्चना गरेको तथ्याङ्क रहेको छाब्दी बाराही विकास कोषले जनाएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अबरुद्ध बिपी राजमार्गमा बिहानदेखि यातायात सञ्चालनमा

काभ्रे । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहान ६ः०० बजेदेखि यातायात सञ्चालन भएको छ  । जिल्ला प्रहरी क...

एमालेले आज अदालत खुल्नेबित्तिकै बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्ने

काठमाडौं ।  एमालेले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी गिरफ्तार गरेको भन्दै आइतबारै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता...

ओली र लेखकमाथि ज्यान मुद्दामा अघि बढ्यो अनुसन्धान

काठमाडौं । २३ भदौको जेन–जी आन्दोलनमा लापरबाहीपूर्वक बल प्रयोग गरी युवाको ज्यान लिएको कसुरमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई ...

ओली-लेखकलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार काठमाडौं जिल्...

ओली पक्राउको विरोधमा एमालेले आज पनि प्रदर्शन गर्ने, सीडीओ कार्यालयमा विरोधपत्र पनि बुझाउँदै

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ। एमालेले आज देशभरका जिल्ला प्रशास...

यी हुन् शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठ)

काठमाडौँ । सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्...

आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, यी स्थानमा हुनसक्छ हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका क...

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था कस्तो छ ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शि...

ढोरपाटनमा दोस्रो यामको सिकार सुरु

बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको सिकार सुरु भएको छ । ढोरपाटन सिकार आरक्षमा दोस्रो याममा १४ नाउर र १० झारलको सिकार अन...

ऊर्जा निर्यातका लागि नीतिगत प्रबन्ध गरिने

काठमाडौँ । सरकारले लामो समयदेखि माग हुँदै आएको ऊर्जा निर्यातका लागि नीतिगत प्रबन्ध गर्ने भएको छ । नयाँ सरकार गठन भए लगत्तै शुक्रबार बसेको मन्त्रिपरिषद...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending