Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

नयाँ वर्षमा अन्तुसहितका पर्यटकीय क्षेत्र भरिभराउ

खबरडबली संवाददाता

इलाम । नयाँ वर्षका अवसरमा शनिबार इलामको सूर्योदय नगरपालिकास्थित पर्यटकीय क्षेत्र अन्तुसहितका यहाँका पर्यटकी क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ भएका छन्।

पर्यटकीय क्षेत्र अन्तु, कन्याम, फिक्कल, पशुपतिनगरलगायत ठाउँमा दिनभरजसो आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्यो। सूर्योदय नगरपालिकाले शुक्रबारदेखि आयोजना गरेको ‘अन्तु पर्यटन महोत्सव’का कारण पनि अन्तुमा आन्तरिक र बाह्य पर्यटकलाई तानेको हो।

सूर्योदयको दृश्यावलोकन गर्नका लागि शुक्रबारदेखि नै पर्यटक अन्तुडाँडा पुगेका थिए। शनिबार बिहानसमेत त्यस क्षेत्रमा पिकनिक खान, कार्यक्रम गर्न तथा घुमघामका लागि ठूलै सङ्ख्यामा पर्यटक पुगेका छन्। विगतका वर्षहरुभन्दा यो वर्ष आन्तरिक पर्यटकको चहलपहल धेरै देखिएको अन्तु पर्यटन व्यवसायी संघका अध्यक्ष रुद्र घिमिरेले बताए।

अन्तुमा महोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिको थियो। महोत्सवमा लोपोन्मुख लाप्चा जातिको वेषभूषा प्रदर्शन, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, ‘सूर्योदय आइडल’ को विजेता घोषणा, पुरस्कार वितरण र सांगीतिक कार्यक्रम गरिएको थियो। त्यस्तै स्थानीय महिलाले उत्पादन गरेका कृषिजन्य वस्तुका उत्पादनसहित खानाका परिकार तथा हस्तकलाका सामग्री प्रदर्शन गरिएको थियो।

महोत्सवकै अवसरमा नेपाल पत्रकार महासंघ इलाम शाखाले शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण समारोह अन्तुमा नै आयोजन गर्‍यो। महासंघ इलामले १० हजार राशिको ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ बाट बिक्रम सुन्दास (तिलबिक्रम दर्जी) र सोही राशिको ‘क्रियाशील पत्रकार महिला पुरस्कार’ बाट मातृभाषी पत्रकार रीता राराहाङलाई पुरस्कृत गर्‍यो।

महोत्सवमा राखिएका प्रदर्शनी कक्षसँगै सूर्योदयको दृश्यावलोकन, अन्तुपोखरी, हरियाली चियाबारी, चियाबगान बीचमा बनाइएका कटेज तथा होमस्टे, स्थानीय स्रोतसाधनको प्रयोग गरी थुम्काथुम्कामा बनाइएका घर, विभिन्न जातजातिको कला-संस्कृतिले पर्यटकको मन तानेको थियो।

शनिबार मात्र करिब १० हजारको संख्यामा पर्टक अन्तु पुगेको बताइएको छ। यतिबेला अन्तुका प्राय सबै रिसोर्ट, होटल, कटेज र घरवासहरु पर्यटकले भरिभराउ छन्। अग्रिम बुकिङ नगरेका बाहेकलाई बस्ने ठाउँ नै पाउन मुस्किल हुने गरी पर्यटकले भरिभराउ हुने गरेको संघका अध्यक्ष घिमिरेले बताए।

“यहाँ ७० वटा होटल, रिसोर्ट र कटेज तथा ४० वटा घरवास छन्। ती सबै पर्यटकले भरिभराउ छ”, घिमिरेले भने, “सबैभन्दा धेरै शनिबार पर्यटकको घुइँचो लाग्ने गरेको छ, आज पनि बेलुका बास बस्ने व्यवस्थापन गर्न निकै मुस्किल परेको थियो ।”

अन्तुडाँडाबाट सूर्योदयसँगै कञ्चनजङ्गा र भारतीय पर्यटकीय सहर दार्जिलिङ, खसार्ङ, मिरिक देख्न सकिन्छ। यहाँ नेपाल, भारत तथा तेस्रो मुलुकबाट पर्यटक आउने गरेका छन्।

यातायातको सुविधाका कारण धेरै पर्यटक एक रात बस्नकै लागि भए पनि अन्तु पुग्ने गरेका छन्। अन्तुसम्म पुग्न मोटरसाइकल तथा चारपाङ्ग्रे सवारी सञ्चालनमा आएपछि पर्यटकलाई थप सहजता मिलेको छ। सूर्योदय नगरपालिकाको प्रशासनिक केन्द्र फिक्कल बजारबाट १३ किलोमिटर पक्की सडकको यात्रापछि अन्तु पुग्न सकिन्छ।

अन्तुमा सञ्चालित होमस्टेमा स्थानीयस्तरमा उत्पादित अर्गानिक खानाका परिकारहरु एवं सिजन अनुसारका फलफूल खान पाइने भएकाले पर्यटक आकर्षित हुने गरेका छन्। क्षणभरमै मौसम परिवर्तन हुने विशेषता रहेको अन्तुमा परिवर्तनशील मौसमले पर्यटकको मन लोभ्याने गर्दछ।

सूर्योदयको दृश्यावलोकन गर्न नगरपालिकाले प्रतिव्यक्ति ५० शुल्क तोकेको छ। पर्यटकलाई शुल्क तोकेर नगरपालिकाले अन्तुलाई आम्दानीको स्रोतको माध्यम बनाएको छ। त्यहाँबाट प्राप्त स्रोत नगरपालिकाले अन्तुकै विकासमा खर्चेको छ।

भ्यूटावर मर्मतसम्भार र पर्यटकलाई सहजताका लागि भौतिक पूर्वाधार निर्माणको काममा नगरपालिकाले खर्च गरिरहेको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending