Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

नयाँ वर्षमा अन्तुसहितका पर्यटकीय क्षेत्र भरिभराउ

खबरडबली संवाददाता

इलाम । नयाँ वर्षका अवसरमा शनिबार इलामको सूर्योदय नगरपालिकास्थित पर्यटकीय क्षेत्र अन्तुसहितका यहाँका पर्यटकी क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ भएका छन्।

पर्यटकीय क्षेत्र अन्तु, कन्याम, फिक्कल, पशुपतिनगरलगायत ठाउँमा दिनभरजसो आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्यो। सूर्योदय नगरपालिकाले शुक्रबारदेखि आयोजना गरेको ‘अन्तु पर्यटन महोत्सव’का कारण पनि अन्तुमा आन्तरिक र बाह्य पर्यटकलाई तानेको हो।

सूर्योदयको दृश्यावलोकन गर्नका लागि शुक्रबारदेखि नै पर्यटक अन्तुडाँडा पुगेका थिए। शनिबार बिहानसमेत त्यस क्षेत्रमा पिकनिक खान, कार्यक्रम गर्न तथा घुमघामका लागि ठूलै सङ्ख्यामा पर्यटक पुगेका छन्। विगतका वर्षहरुभन्दा यो वर्ष आन्तरिक पर्यटकको चहलपहल धेरै देखिएको अन्तु पर्यटन व्यवसायी संघका अध्यक्ष रुद्र घिमिरेले बताए।

अन्तुमा महोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिको थियो। महोत्सवमा लोपोन्मुख लाप्चा जातिको वेषभूषा प्रदर्शन, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, ‘सूर्योदय आइडल’ को विजेता घोषणा, पुरस्कार वितरण र सांगीतिक कार्यक्रम गरिएको थियो। त्यस्तै स्थानीय महिलाले उत्पादन गरेका कृषिजन्य वस्तुका उत्पादनसहित खानाका परिकार तथा हस्तकलाका सामग्री प्रदर्शन गरिएको थियो।

महोत्सवकै अवसरमा नेपाल पत्रकार महासंघ इलाम शाखाले शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण समारोह अन्तुमा नै आयोजन गर्‍यो। महासंघ इलामले १० हजार राशिको ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ बाट बिक्रम सुन्दास (तिलबिक्रम दर्जी) र सोही राशिको ‘क्रियाशील पत्रकार महिला पुरस्कार’ बाट मातृभाषी पत्रकार रीता राराहाङलाई पुरस्कृत गर्‍यो।

महोत्सवमा राखिएका प्रदर्शनी कक्षसँगै सूर्योदयको दृश्यावलोकन, अन्तुपोखरी, हरियाली चियाबारी, चियाबगान बीचमा बनाइएका कटेज तथा होमस्टे, स्थानीय स्रोतसाधनको प्रयोग गरी थुम्काथुम्कामा बनाइएका घर, विभिन्न जातजातिको कला-संस्कृतिले पर्यटकको मन तानेको थियो।

शनिबार मात्र करिब १० हजारको संख्यामा पर्टक अन्तु पुगेको बताइएको छ। यतिबेला अन्तुका प्राय सबै रिसोर्ट, होटल, कटेज र घरवासहरु पर्यटकले भरिभराउ छन्। अग्रिम बुकिङ नगरेका बाहेकलाई बस्ने ठाउँ नै पाउन मुस्किल हुने गरी पर्यटकले भरिभराउ हुने गरेको संघका अध्यक्ष घिमिरेले बताए।

“यहाँ ७० वटा होटल, रिसोर्ट र कटेज तथा ४० वटा घरवास छन्। ती सबै पर्यटकले भरिभराउ छ”, घिमिरेले भने, “सबैभन्दा धेरै शनिबार पर्यटकको घुइँचो लाग्ने गरेको छ, आज पनि बेलुका बास बस्ने व्यवस्थापन गर्न निकै मुस्किल परेको थियो ।”

अन्तुडाँडाबाट सूर्योदयसँगै कञ्चनजङ्गा र भारतीय पर्यटकीय सहर दार्जिलिङ, खसार्ङ, मिरिक देख्न सकिन्छ। यहाँ नेपाल, भारत तथा तेस्रो मुलुकबाट पर्यटक आउने गरेका छन्।

यातायातको सुविधाका कारण धेरै पर्यटक एक रात बस्नकै लागि भए पनि अन्तु पुग्ने गरेका छन्। अन्तुसम्म पुग्न मोटरसाइकल तथा चारपाङ्ग्रे सवारी सञ्चालनमा आएपछि पर्यटकलाई थप सहजता मिलेको छ। सूर्योदय नगरपालिकाको प्रशासनिक केन्द्र फिक्कल बजारबाट १३ किलोमिटर पक्की सडकको यात्रापछि अन्तु पुग्न सकिन्छ।

अन्तुमा सञ्चालित होमस्टेमा स्थानीयस्तरमा उत्पादित अर्गानिक खानाका परिकारहरु एवं सिजन अनुसारका फलफूल खान पाइने भएकाले पर्यटक आकर्षित हुने गरेका छन्। क्षणभरमै मौसम परिवर्तन हुने विशेषता रहेको अन्तुमा परिवर्तनशील मौसमले पर्यटकको मन लोभ्याने गर्दछ।

सूर्योदयको दृश्यावलोकन गर्न नगरपालिकाले प्रतिव्यक्ति ५० शुल्क तोकेको छ। पर्यटकलाई शुल्क तोकेर नगरपालिकाले अन्तुलाई आम्दानीको स्रोतको माध्यम बनाएको छ। त्यहाँबाट प्राप्त स्रोत नगरपालिकाले अन्तुकै विकासमा खर्चेको छ।

भ्यूटावर मर्मतसम्भार र पर्यटकलाई सहजताका लागि भौतिक पूर्वाधार निर्माणको काममा नगरपालिकाले खर्च गरिरहेको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अबरुद्ध बिपी राजमार्गमा बिहानदेखि यातायात सञ्चालनमा

काभ्रे । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहान ६ः०० बजेदेखि यातायात सञ्चालन भएको छ  । जिल्ला प्रहरी क...

एमालेले आज अदालत खुल्नेबित्तिकै बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्ने

काठमाडौं ।  एमालेले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी गिरफ्तार गरेको भन्दै आइतबारै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता...

ओली र लेखकमाथि ज्यान मुद्दामा अघि बढ्यो अनुसन्धान

काठमाडौं । २३ भदौको जेन–जी आन्दोलनमा लापरबाहीपूर्वक बल प्रयोग गरी युवाको ज्यान लिएको कसुरमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई ...

ओली-लेखकलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार काठमाडौं जिल्...

ओली पक्राउको विरोधमा एमालेले आज पनि प्रदर्शन गर्ने, सीडीओ कार्यालयमा विरोधपत्र पनि बुझाउँदै

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ। एमालेले आज देशभरका जिल्ला प्रशास...

यी हुन् शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठ)

काठमाडौँ । सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्...

आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, यी स्थानमा हुनसक्छ हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका क...

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था कस्तो छ ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शि...

ढोरपाटनमा दोस्रो यामको सिकार सुरु

बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको सिकार सुरु भएको छ । ढोरपाटन सिकार आरक्षमा दोस्रो याममा १४ नाउर र १० झारलको सिकार अन...

ऊर्जा निर्यातका लागि नीतिगत प्रबन्ध गरिने

काठमाडौँ । सरकारले लामो समयदेखि माग हुँदै आएको ऊर्जा निर्यातका लागि नीतिगत प्रबन्ध गर्ने भएको छ । नयाँ सरकार गठन भए लगत्तै शुक्रबार बसेको मन्त्रिपरिषद...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending