एजेन्सी । इजराइलले रातभर गाजामा दर्जनौँ हवाई आक्रमण गरेको हमासले सोमबार बताएको छ । इजराइली सेनाले भने इरानको अभूतपूर्व आक्रमणपछि आफू युद्धबाट विचलित नहुने बताएको छ । यसबाट यस क्षेत्रमा द्वन्द्वको आशङ्का बढेको छ ।
इरानले शनिबार राति इजराइलमाथि तीन सयभन्दा धेरै ड्रोन र मिसाइल आक्रमण गरेपछि विश्व शक्तिहरूले संयमता अपनाउन आग्रह गरेका छन् । यद्यपि इजराइली सेनाले इरानको अधिकांश आक्रमणलाई विफल पारेको बताएको छ ।
यसै महिनाको प्रारम्भमा दमास्कसमा एउटा घातक आक्रमणको प्रतिशोधमा तेहरानले इजराइलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमण सम्पूर्ण क्षेत्रमा महिनौँसम्म भएको हिंसापछि भएको हो । उक्त हिंसामा इरानी ‘प्रोक्सी’ सहभागी थिए । इजराइलले युद्धग्रस्त गाजा क्षेत्रमा प्यालेस्टिनीहरूको समर्थनमा इरानले काम गरेको बताएको छ ।
इजराइली सैन्य प्रवक्ता रियर एडमिरल डेनियल हगारीले आइतबार राति भने, “इरानको आक्रमणमा पनि हामीले गाजामा आफ्ना बन्धकहरूलाई इरानका प्रोक्सी हमासबाट छुटाउन हाम्रो महत्त्वपूर्ण मिसनलाई एक पल पनि छाडेका छैनौँ ।”
मध्यस्थकर्ताहरूले अक्टोबर ७ मा हमासको आक्रमणबाट सुरु भएको युद्धलाई रोक्नका लागि एउटा सम्झौतामा ध्यान दिएका बेला सुदूर दक्षिणी सहर रफाहमा सेना पठाउने इजराइली योजनामाथि आशङ्काहरू बढेको बताएका छन् । रफाहमा गाजाका २४ लाख मानिसमध्ये अधिकांशले शरण लिएका छन् ।
“हमासले अझै पनि गाजामा हाम्रा बन्धकलाई राखेको छ”, हगारीले करिब एक सय ३० बन्धकका बारेमा भने । बन्धक बनाइएकामध्ये ३४ जनाको मृत्यु भएको अनुमान गरिएको छ । हमासको आक्रमणपछि उनीहरूले ती बन्धकलाई आफ्नो कब्जामा लिएको इजराइलले बताएको छ ।
सैन्य प्रवक्ता हगारीले एक ब्रिफिङमा भने, “रफाहमा हाम्रा बन्धक छन् र उनीहरूलाई घर फर्काउन हरसम्भव प्रयास गर्नेछौँ ।” यस क्षेत्रबाट अधिकांश स्थल सैनिकलाई फिर्ता बोलाएको करिब एक सातापछि सेनाले भनेको छ, “गाजा मोर्चामा परिचालन गतिविधिहरूका लागि करिब दुई वटा रिजर्भ ब्रिगेडलाई बोलाइँदै छ ।”
हमास सरकारको मिडिया कार्यालयले इजराइली विमानहरूले मध्य गाजामा रातभरमा ‘दर्जनौँ’ आक्रमण गरेको बताएको छ । घेरिएको क्षेत्रको दक्षिणदेखि गाजा क्षेत्रसम्म तटीय सडकमा इजराइली चेकपोइन्ट पुनः खोलिएको हल्लाले आइतबार हजारौँ प्यालेस्टिनीलाई उत्तरतिर जान प्रेरित गर्यो । यद्यपि इजराइलले चेकपोइन्ट खुला भएको भन्ने हल्लालाई अस्वीकार गरेको छ ।
इरानी आक्रमणपछि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को आइतबार आपत्कालीन बैठक बसेको छ । बैठकमा इजराइलले तेहरानविरुछ नयाँ प्रतिबन्धका लागि दबाब दिएको छ । महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्व क्षेत्र ‘युद्ध’ को सङ्घारमा रहेको चेतावनी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: