Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

सुन्तलाखेती प्रवर्द्धनमा इच्छाकामना

खबरडबली संवाददाता

चितवन । इच्छाकामना गाउँपालिकाले सुन्तलाखेती प्रवर्द्धनमा जोड दिएको छ । सुन्तलाखेती प्रवर्द्धनका लागि कृषकलाई अनुदानलगायतका विभिन्न कामहरु गर्दै आइरहेका छन् ।

गाउँपालिकाले सुन्तलाखेती गर्न प्रोत्साहनका लागि सुन्तला उत्पादक कृषकहरुलाई अनुदानमा विरुवा, बगैँचा व्यवस्थापनका लागि कृषि सामग्री उपलब्ध गराउँदै आएको छ । साथै प्राविधिकहरु बगैँचामै पुगेर सुन्तलामा देखा परेको समस्याहरु पत्ता लगाई निराकरणको उपाय खोजी गर्ने, माटो परीक्षण गराउनेलगायतका काम गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए । 

चालु आर्थिक वर्षमा पनि सुन्तलाको विरुवा र कृषि सामग्री वितरण गरिने उनको भनाइ छ । अध्यक्ष गुरुङले भने, “हामीले सुन्तलाखेती गर्न प्रोत्साहनका लागि कृषकहरुलाई कृषि सामग्री, विरुवाहरु अनुदानमा उपलब्ध गराउँदै आइरहेका  छौँ, चालु आर्थिक वर्षमा पनि ५० प्रतिशत अनुदानमा विरुवा वितरण गर्दैछौँ ।” सुन्तला कृषकका लागि बगैँचा व्यवस्थापन गर्न आवश्यक पर्ने औजार ५० प्रतिशत अनुदानका लागि भने कृषकहरुसँग सम्झौताको चरणमा रहेको उनको भनाइ छ ।

चालु आर्थिक वर्षमा रु १५ लाख बराबरको सुन्तलाको विरुवा अनुदानमा वितरण गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिका कार्यालयले सुन्तलाको बेर्ना अनुदानमा प्राप्त गर्नका लागि निवेदन दिन आग्रह गरेको छ । सुन्तलाखेती प्रवर्द्धन तथा बजारीकरणमा सहयोग पुर्‍याउन गाउँपालिकाले गत पुसमा  तीन दिन सुन्तला महोत्सव समेत सम्पन्न गरेको थियो ।

कृषि शाखा प्रमुख आशीष त्रिपाठीका अनुसार अनुदानका कार्यक्रमहरु सञ्चालनसँगै सुन्तलाखेती गर्ने क्षेत्र बढ्दै गएको छ  । चालु आवमा ८० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ ।  गत आवमा यहाँ ७० हेक्टर क्षेत्रफल सुन्तलाखेती गरिएको थियो । सो आवमा वडा नम्बर ५ मा पाँच हजार एक सय विरुवा अनुदानमा वितरण गरिएको थियो ।  अनुदानमा विरुवा वितरणपछि सुन्तालाखेती गर्ने क्षेत्र बढेको हो । 

यस वर्ष सुन्तला खेतीबाट यहाँ रहेका चार सय ५० भन्दा बढी किसानले रु १० करोड हाराहारीमा आम्दानी गरेको कृषि शाखा प्रमुख त्रिपाठीले बताए । किसानले  प्रति केजी रु ७० देखि ८० सम्ममा सुन्तला बिक्री गरेका थिए । 

गाउँपालिकाको वडा नम्बर ३ को तोकदाङ, ढाप, माझगाउँ, सिरनागाउँ, तल्लाडुँडे, र माथिल्लो डुँडे, वडा नं ५ को तामिन, साठिमुरे, ठङरङ, पामडाँडा र वडा नं २ को तल्लो काउलेमा सुन्तला राम्रो उत्पादन हुने गरेको छ । यहाँ उत्पादन भएको सुन्तला स्थानीय स्तरमा बिक्री हुनुका साथै नारायणगढ, काठमाडौं र पोखरालगायत सहरमा समेत जाने गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: